राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई

राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो विश्व सम्मेलन’का लागि कतार प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट हुने कामको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई तोकिएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सो अवधिमा राष्ट्रपतिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको … Read more

Divine Hub को तीन दिने Facilitator’s Skills Training काठमाडौंमा सम्पन्न

काठमाडौं, कार्तिक १६ । Divine Hub काठमाडौं को आयोजनामा र Quest Nepal को प्राविधिक सहयोगमा तीन दिने Facilitator’s Skills Training कार्यक्रम Brain Land Academy, सुकेधारा मा सफलतापूर्वक सम्पन्न भएको छ। “Good and Smart Citizens बनाउने अभियान” अन्तर्गत आयोजित उक्त प्रशिक्षण कार्तिक १४, १५ र १६ गतेका दिन सम्पन्न भएको हो। प्रशिक्षणमा काठमाडौंका ६ वटा विद्यालय … Read more

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा उपकुलपतिका लागि आवेदन माग

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाकाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि आवेदन आह्वान गरेको छ । सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ बमोजिम उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि मन्त्रालयले आवेदन मागेको हो । उम्मेदवारलाई आवेदनका साथ अवधारण र रणनीतिकपत्रसमेत पेस गर्न मन्त्रालयले आज १५ दिने सूचना जारी गरेको छ … Read more

ढाका बीटीटीएफ–२०२५ः नेपालद्वारा पर्यटकीय गन्तव्यबारे विशेष प्रस्तुति

नेपालले बङ्गलादेशको ढाकामा हालै सम्पन्न तीनदिने तेह्रौँ बङ्गलादेश ट्राभल एण्ड टुरिज्म फेयर (बीटीटीएफ) मा पर्यटकीय गन्तव्यबारे विस्तृत विशेष प्रस्तुती गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय गन्तव्यबारे विस्तृत प्रस्तुति दिँदै नेपाल अनुभवमा आधारित जीवनभर सम्झनलायक गन्तव्य भएको जानकारी गराउनुभयो । त्यसैगरी, बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले नेपाल–बङ्गलादेशबीचका ऐतिहासिक, … Read more

बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पु¥याएको क्षति विवरण सङ्कलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली तेताङ पुगेको … Read more

महानगरले शुरु गर्‍यो सामुदायिक कुकुरको वन्ध्याकरण

काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको वन्ध्याकरण कार्यक्रम शुरु गरेको छ । महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि पाँचवटा संघसंस्थासँग सम्झौता भइसकेको छ । छनोट भएका ती संघसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइसकिएको बताइएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई वन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक … Read more

धोबिखोला करिडोरदेखि वागमती आसपासका अवैध संरचना निर्धारित समयमै नहटाए बल प्रयोग गरिने

धोबिखोला करिडोरदेखि वागमती आसपासका अवैध संरचना हटाइने भएको छ । काठमाडौं उपत्यका प्राधिकरणकाअनुसार धोविखोला, वागमती नदि आसपासमा सार्वजनिक जग्गामा संरचना बनाएर अवैध रुपमा बसेकाहरुलाई हटाउन लागिएको हो । लामो समयदेखि मौखिक रुपमा त्यस्ता संरचना बनाएर बसेकाहरुलाई हट्न भनिएपनि सुनुवाई नभएपछि ७ दिने अल्टिमेटम दिइएको प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बताउनु भयो । उहाँकाअनुसार त्यसरी सार्वजनिक … Read more

आज रातिदेखि भारी वर्षाको सम्भावना

दिनभरी मध्यम वर्षा भएपछि आज रातिदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार २४ घण्टा अवधिभर ४० मिलिमिटर वर्षा भएको छ । “यसलाई मध्यम वर्षा भनिन्छ, ५० मिलिमिटर वर्षा पुगेपछि मात्रै भारी वर्षा भन्न मिल्छ”, मौसमविद् अधिकारीले भन्नुभयो, “आज रातिबाट भने भारी वर्षा हुने सम्भावना छ ।” … Read more

ट्रेड युनियनका उपाध्यक्ष कमल गौतमको भाषण गर्दागर्दै मृत्यु

राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्षको निधन भएको छ । केन्द्रीय उपाध्यक्ष ६५ वर्षीय कमल गौतमको आज (बिहीबार) भाषण गर्दागर्दै आकस्मिक निधन भएको हो। भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला उपाध्यक्ष गौतम अचानक ढलेका थिए। उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई … Read more

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले … Read more