जाडो छल्न आगन्तुक चरा चितवनमा

चितवन । जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन् । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन् । … Read more

डिजल र मट्टीतेलको मुल्य बढ्यो

काठमाडौं। नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मूल्य बढाएको छ। निगमको शुक्रबार  बसेको सञ्चालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो। निगमले बढेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ। नयाँ मूल्य अनुसार अब काठमाडौंमा डिजल तथा मट्टीतेलको प्रतिलिटर १५३ रुपैयाँ पर्ने भएको छ। निगमले भारतको इण्डियन आयल कर्पोरेसनबाट … Read more

कोप–२९ सम्मेलन: नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी

बाकु। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले प्रभावकारी सहभागिताका लागि विभिन्न सात विषयगत समूहमा जिम्मेवारी बाँडबाँट गरी विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेको छ। सम्मेलन यही कात्तिक २६ गतेदेखि अजरबैजानको बाकुमा जारी छ। वन तथा वातावरण मन्त्रालयले कोप–२९ मा प्रभावकारी सहभागिताका लागि सम्मेलनसँग सम्बन्धित सात विषयमा सहसचिव र उपसचिवहरूको नेतृत्वमा … Read more

रवि लामिछानेलाई आज पोखरा लगिँदै

काठमाडौं, कात्तिक ३०- बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपन्देही पुर्‍याइएका रवि लामिछानेलाई आज पुनः पोखरा लगिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा हिजो (बिहीबार) साँझ बयान सकिएको थियो । बयान सकिए पनि त्यसलाई क्रमवद्ध रुपमा लेखेर … Read more

प्रकाश भुजेलको लाइसेन्स यातायातको रेकर्डमा भेटियो

काठमाडौं, कात्तिक २९- यातायात कार्यालयमा झाँक्री प्रकाश भुजेलको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को रेकर्ड भेटिएको छ । प्रहरीमा उपस्थित भएका भुजेलले लाइसेन्स पेश नगरेपनि यातायात कार्यालयको रेकर्ड भेटिएको स्रोतले बताएको हो । ‘उहाँले आत्मसमर्पण गर्नेबित्तिकै हामीले लाइसेन्स माग्यौं, तर यतिबेलासम्म पनि दिनुभएको छैन’, अनुसन्धानरत एक प्रहरीले बताए । भुजेलले खोज्दैछु, हेर्दैछु भन्दै आत्मसमर्पण गरेको २४ … Read more

आजबाट नागढुङगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने

काठमाडौँ, कात्तिक २९- नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने भएको छ । नागढुङ्गा सुरुङ मार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।सो आयोजनाले एक सूचना प्रकाशित गरी आजदेखि उक्त सडक आउँदो मङ्सिर ५ गतेसम्म … Read more

बक्यौता नतिरे १५ दिनपछि फेरि बिजुलीको लाइन काट्ने प्राधिकरणको चेतावनी

काठमाडौं, कात्तिक २९- नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका उद्योगहरूले बक्यौता महसुल १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी उक्त चेतावनी दिएको हो । मन्त्रिपरिषद् बैठक र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएकोले … Read more

रास्वपा सभापति रवि लामिछानेसँग आज विहानैदेखि बयान लिइने

रूपन्देही। सहकारीको रकम ठगीको कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधवार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा करिब दश घण्टा बयान लिइएको छ। सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगीको आरोपमा रुपन्देही प्रहरीले कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई रूपन्देही ल्याएर बयान लिएको हो। सभापति लामिछानेसँग जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता, प्रहरी … Read more

अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्म बन्यो पूर्णबहादुरको सारङ्गी,कति कमायो ?

काठमाडौं,कात्तिक २८- ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३ औं दिन मंगलबारसम्म फिल्मले देशव्यापी २५ करोड ४ लाख रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले १२ कात्तिकसम्मको कलेक्सन सार्वजनिक गरेको छ । फिल्मले मंगलबार मात्रै २ करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मले बुधबार २ करोडभन्दा … Read more

६ करोड बढीको अकबरे खुर्सानी बिक्री

तानसेन, कात्तिक २४ गते ।  रिव्दीकोटका किसानले ६ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका किसानले यस वर्ष ६ करोड बढी मूल्यको अकबरे खुर्सानी बिक्री गरेका हुन् । अकबरे खुर्सानीबाट यहाँका प्रतिकिसान एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएका छन् । चार वर्ष अघिदेखि रिव्दीकोटको पालुङ्मैनादी, भैरवस्थान, खस्यौली, देउराली लगायतका … Read more