‘भ्रष्टाचारविरुद्ध सरकार कठोर छ, शून्य सहनशीलताको नीति अपनाउँछ’

काठमाडौं- गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति अप्नाउने कुरामा सरकार प्रष्ट रहेको बताएका छन् । सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण-नियन्त्रणबारे शून्य सहनशीलताको नीति अप्नाउने कुरामा प्रष्ट रहेको बताए ।त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेकहरू प्रस्तुत भएको धारणा … Read more

रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान अगाडि बढाउँः रास्वपा सांसद कार्की

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा. चन्दा कार्कीले रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान अगाडि बढाउन गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेकी छन्। संसदको राज्य व्यवस्था समितिको सोमबारको बैठकमा रास्वपा सांसद कार्कीले गृहमन्त्री लेखकसँग त्यस्तो माग राखेकी हुन्। उनले गृहमन्त्रीसमेत भइसकेका लामिछाने भागेर कतै जाने अवस्था नरहेको भन्दै हिरासत बाहिर राख्न अनुरोध गरिन्। उनले भनिन्, … Read more

एमाले नेता सागर थापामाथिको कारबाही फुकुवा, ३१ वटा विभागलाई पूर्णता (अपानिसहित)

विराटनगर । नेकपा एमालेका युवा नेता तथा विराटनगरका निवर्तमान अध्यक्ष सागर थापामाथिको कारबाही फुकुवा भएको छ । नेकपा (एमाले) कोशी प्रदेश कार्यालयले गत असोज १० गते जारी गरेको अन्तर पार्टी निर्देशन–५ (अपानि) मा थापालाई सहरी विकास विभागको सचिवको जिम्मेवारी दिइएको छ । विराटनगरको पुष्पलाल चोकमा रहेको मानगढ खानेपानी आयोजनाको निर्वाचनबाट विवाद सुरु भएपछि थापालाई एमालेले … Read more

सयपत्री र मखमली मालाको मूल्य एक सय रुपैयाँ र्निधारण

काठमाडौँ – नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकै आइपुगेको छ । भरतपुरमा तिहारलाई आवश्यक पर्ने सयपत्री तथा मखमली फुल प्रर्याप्त उत्पादन भएको फ्लोरिकल्चर एशोसिएसन चितवनले जनाएको छ । चितवनमा यस वर्ष ४० विघा क्षेत्रफलमा करिब ३ लाख गोटा सयपत्री माला हुने फुल खेती भएको तथ्याङक एशोसियसनले सार्वजनिक गरेको छ । त्यसै गरी अहिलेको उत्पादनले विदेशबाट आयत … Read more

नेपालगञ्जबाट ७ क्विन्टल गाईको मासुसहित पाँच जना पक्राउ, प्रहरी भन्छ- ‘मिडियाबाजी नगरौं’

काठमाडौँ- बाँके प्रहरीले गाईको मासुसहित ५ जनालाई पक्राउ गरेको छ।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २०, नयाँबस्तीबाट प्रहरीले सोमबार बिहान ७ सय किलो गाईको मासुसहित ५ जनालाई पक्राउ गरेको  हो। जानकी गाउँपालिका वडा नम्बर ५, बुढियागाउँमा गाई काटेको आशंका गरिएको छ। भे १ ज ३८९ नम्बरको म्याजिक भ्यानमा राखेर ल्याउँदै गर्दा प्रहरीले मासु बरामद गरेको थियो।    … Read more

कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक महिला मृत फेला

१२ कात्तिक, काठमाडौं कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् ।कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

१६ लाखको पटाका बरामद

बर्दिबास, कात्तिक ११ गते । चाडवाड नजिकिने क्रमसँगै सीमा क्षेत्रबाट भारी मात्रामा पटाका बरामद हुन थालेको छ । सशस्त्रको बर्दिबासस्थित छिन्नमस्ता वाहिनी मूख्यालयले शुक्रवारसम्म ८ वटै जिल्लाको सीमा नाकाबाट करिव १३ लाख मूल्य बराबरका पटाका नियन्त्रणमा लिएको छ । यसैबिच महोत्तरी प्रहरीले पनि ३ लाखबढीको पटाका बरामद गरेको जनाएको छ । नजिकिँदै गएको तिहार, छठ … Read more

काठमाडौंमा पेस्तोलसहित १ जना पक्राउ

११ कात्तिक, काठमाडौं काठमाडौंमा एक जना पेस्तोलसहित पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दैलेख घर भई हाल काठमाडौं महानगरपालिका–१६, बस्दै आएका २५ वर्षीय अनिल खड्का छन् । पेस्तोल देखाएर डरत्रास फैलाउँदै हिँडेको सूचनाका आधारमा खड्कालाई शनिबार राति करिब ९ बजे रानीवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । उनको साथबाट अटो पेस्तोल यूएसए ६५ … Read more

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालबाट भ्रम छरेको जनाएको छ । अनुसन्धानका लागि हिरासत रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमै प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोप लगाइएको भन्दै प्रहरीले आपत्ति जनाएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका … Read more

एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताएका छन्। गैह्रआवासीय नेपाल संघ (एआरएन) द्वारा आज आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताएका हुन्। “नेपालमा विकासका लागि बाटाघाटा … Read more