रवीन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रवीन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ। अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन्। ‘हिजो विहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा … Read more

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै दायर गरेको निवेदन न्यायाधीश राउतको इजलासमा

काठमाडौं। रास्वपाकी नेतृ ज्वाला संग्रौलाको चरित्र हत्या गरेपछि पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज सुनुवाइ हुँदैछ । सो निवेदन सर्वोच्चका न्यायाधीश प्रकाशमासिंह राउतको एकल इजलासमा पेशीपरेको छ। सोमबार प्रसाईलाई रिहा गर्न माग गर्दै उनका छोरा निराजनले सर्वोच्चमा रिट हालेका थिए। प्रसाईं आइतबार भक्तपुरबाट पक्राउ परेका थिए। … Read more

दुर्गा प्रसाईंका समर्थकले झापामा जलाए तीन वटा ट्रक

झापा। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि झापामा उनका समर्थकले गएराति ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन्। प्रसाईंका समर्थकले गए राति ११ बजे बिरिङ पुल नजिकै युपी-५७ एटी-४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए। चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन्। बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको … Read more

प्रधानमन्त्री ओलीसँग मानवअधिकार उच्चायुक्तको शिष्टाचार भेट

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेलीसँग राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले शिष्टाचार … Read more

कृषि क्याम्पस रामपुरमा आफ्ना कार्यकर्ता कुटिएको बिरोधमा नेबिसंघ चितवनले जलायो प्रधानमन्त्रीकने पुत्ला

चितवन: कृषि क्याम्पस रामपुरमा एमाले सम्वद्ध अखिलबाट आफ्ना कार्यकर्ता कुटिएको बिरोधमा नेबिसंघ चितवनले आइतबार साँझ चितवनमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । कांग्रेस संवद्ध नेबिसंघका बिद्यार्थीहरुले नारायणगढको लायन्सचोकमा प्रधानमन्त्री केपि ओलीको पुत्ला दहन गरेका हुन । सोहि क्रममा उनिहरुले रामपुर क्याम्पसका उपकुलपति पुण्य प्रसाद रेग्मी र रजिष्टार शारदा थपलीयाको पनि पुत्ला दहन गरेका छन । … Read more

युटेक कलेजमा “दिगो निर्माण प्रबिधि र व्यवस्थापनः चुनौती र अवसर बिषयक सम्मेलन सम्पन्न

चितवन । भरतपुर–११ चितवनमा अवस्थित युनाईटेड टेक्निकल कलेजमा आज आइतबार ’दिगो निर्माण प्रबिधि र व्यवस्थापनः चुनौती र अवसर बिषयमा एक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन मुख्य अतिथि पोखरा बिश्वबिधालय, बिज्ञान तथा प्रबिधि संकायका डीन प्राध्यापक, राजेश कुमार ठकुराठीले गर्नुभयो । उहांँले दिगो निर्माण र व्यवस्थापनको महत्व र यसका अवसरहरूको चर्चा गर्दै, युवा … Read more

दुई महिनामै थपियो ९४ अर्ब ५२ करोड सरकारी ऋण

काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर रु २५ खर्ब २८ अर्ब ६२ करोड बराबर पुगेको छ । हालसम्मको कूल सार्वजनिक … Read more

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो । प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए। उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ … Read more

संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं। गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन दिएका छन् । मन्त्रीपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको विषय गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप गृहमन्त्री लेखकले प्रहरी प्रधान कार्यालयलाई तत्कालन … Read more

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ, रवि निगरानीमा

काठमाडौं। सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन … Read more