जग्गा वर्गीकरण निर्णयको विरोधमा व्यवसायी, भन्छन, यो निर्णय वैज्ञानिक र व्यवहारिक छैन

 चितवन । गत भाद्र १२ गते भरतपुर महानगरपालिकाको भु उपयोग कार्यान्वयन समिति र भुउपयोग परिषदको निर्णयको विरोधमा चितवनका घरजग्गा व्यवसायीले भरतपुरका विभिन्न वडाहरुमा ज्ञापन पत्र बुझाएका छन । उक्त समितिले आवासीय जग्गालाई समेत कृषियोग्य जमीनमा वर्गीकरण गरी जग्गाको मुल्यांकन कम बनाएको भन्दै व्यवसायीहरुले वडा अध्यक्षहरु समक्ष ज्ञापन पत्र बुझाएका हुन् । भरतपुर महानगरपालिकाको परिषद र … Read more

पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँ

म्याग्दी। दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ। गाउँ रित्तिँदै जानुको कारण हो, पानीको अभाव। जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरू बस्ती छाड्न बाध्य भए। पानी खोज्दै हिँडेका उनीका लागि कालान्तरमा आफ्नै थातथलो बिरानो भयो। उनीहरुले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति … Read more

सोह्र श्राद्ध आजदेखि सुरु, कारणवश श्राद्ध रोकिए शास्त्रमा अनेक विकल्प

काठमाडौं। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई … Read more

रवि, छवि, कुमार र जीबीलाई कारबाही गर्न सिफारिस

काठमाडौं-  विभिन्न सहकारी संस्थाको ८५ करोड रुपैयाँ हिनामिना गरेको विषयमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालकमध्ये सांसद रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीसहित कुमार रम्तेल र जीवी राईलाई कारवाही गर्न संसदीय छानविन समितिले सरकारलाई निर्देशन दिएको छ । कारवाहीका लागि सिफारिस गरिएकामध्ये कुमार रम्तेल हाल कारगारमै छन् भने जीबी राई फरार रहेका छन् । राष्ट्रिय स्वतन्त्र … Read more

सहकारी ठगी प्रकरणमा मेरो संलग्नता नरहेको पुष्टि भयोः रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन्। सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले प्रतिवेदनको पूर्ण स्वरुप हेर्न नपाएपनि सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको छानबिन समितिले स्पष्ट पारेको बताए। गोर्खा मिडियामा लगानीकर्ताले ल्याएको स्रोत हेर्ने काम आफ्नो नभएको भन्दै उनले संस्थामा रहेको … Read more

चितवनमा पाँचसय मेट्रिक टन मह बिक्री भएन

चितवन। यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो । पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिए । उनले वार्षिक छ टन मह उत्पादन गर्दै आएका … Read more

सहकारी छानबिन समितिको प्रतिवेदनमा सर्वसम्मत

काठमाडाैं। सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको अन्तिम प्रतिवेदनमा सवै सदस्यहरुले हस्ताक्षर गरेका छन्। सिंहदरबारमा सोमबार बसेको समितिको अन्तिम बैठकमा प्रतिवेदनमा रहेका भाषालाई मिलाएसँगै सवै सदस्यहरुले हस्ताक्षर गरेका हुन्। समिति संयोजक सूर्य थापाले निष्पक्ष रुपमा अनुसन्धान गरेर प्रतिवेदन तयार गरेको उल्लेख गरे। पार्टीगत स्वार्थभन्दा मागि उठेर सहकारी प्रकरणमा छानविन गर्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन … Read more

कास्कीमा डेंगीबाट तीनको मृत्यु, ३७ सयबढी संक्रमित

गण्डकी। कास्कीमा डेंगी संक्रणबाट तीनजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत जनवरियता जिल्लाका तीन हजार सात सय ६८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। आइतबारसम्ममा सबैभन्दा बढी पोखरा महानगरपालिकामा … Read more

सहकारी ठगीमा धनराजमाथि छानविन गर्न रास्वपा उपसभापति अर्यालको माग

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई लिएर आफूहरुविरुद्ध मिडिया ट्रायल गरिएको बताएका छन्। आज प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले सदनमा भएका सांसदहरु र सम्बन्धित निकायलाई केही थाहा नभएको अवस्थामा रास्वपाविरुद्ध मिडिया ट्रायल गरिएको बताएका हुन्। उनले समितिले … Read more

सहकारीको पैसाको कारोबारमा रवि लामिछानेको संलग्नता देखिएपछि कारवाहीको सिफारिस

काठमाडौं। सहकारीबाट गोरखा मिडियामा ल्याइएको बचतकर्ताको रकमको कारोबारमा पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको संलग्नतउ देखिएपछि यस सम्बन्धी छानबिन गर्न गठित समितिले उनलाई पनि कारवाहीको सिफारिस गरेको छ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सहकारीबाट सोझै रकम निकालेको नभए पनि सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ल्याइएको रकमको … Read more