उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्ने छन् । साथै, भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र … Read more

प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरे उद्घाटन

नारायणगढ । नारायणी नदी किनारमा प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव सुरू भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले महोत्सवको उद्घाटन गरेका हुन् । आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख शेरचनले यो महोत्सवले व्यापार व्यवसायको प्रवद्र्धनसँगै आदिवासी जनजातिलाई एकैठाउँमा … Read more

भरतपुरमा सय भन्दाबढी महिलाहरुको निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण

चितवन । आदर्श नारी विकास केन्द्रले आयोजना र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सय भन्दा बढी महिलाको निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । ‘क्यान्सरबारे जानकारी राखौ, सर्तक होऔं, क्यान्सरलाई परास्त गरौं’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो । स्वास्थ्य परीक्षण कार्यक्रमलाई संस्थाले प्रत्येक वर्ष नियमित रुपमा आयोजना गर्ने योजना बनाएको … Read more

जलसंकट समाधान गर्न जलाधार क्षेत्रको संरक्षण गरौं: राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउनसक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। विश्व पानी दिवस, २०२४ का अवसरमा आज शुभकामना दिँदै उनले ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको सम्वर्द्धन गर्नुपर्ने बताए। सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत पुनःभरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले … Read more

डढेलोमा परी घाइते नन्दरामको उपचारको क्रममा मृत्यु

जुम्ला:  कालिकोटको खाडाचक्र–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका नन्दराम चौलागाईंको पनि मृत्यु भएको छ। गत चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परी घाइते भएका ५० वर्षीय चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनको ४ दिनदेखि आईसीयूमा राखेर उपचार हुँदै थियो। उपचारका लागि सबै … Read more

इच्छाकामना गाउँपालिकावासीलाई सिएमसीमा २० प्रतिशत छुट

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल र चितवनकै इच्छाकामना गाउँपालिकाबीच अस्पतालका सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार गाउँपालिकावासीलाई उपचारमा २० प्रतिशत छुट हुने भएको हो । गाउँपालिकाका चेपाङ समुदायलाई भने २५ प्रतिशत छुट दिने सहमति भएको छ । सम्झौतामा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र गाउँपालिकाका अध्यक्ष दानबहादुर … Read more

इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट भरतपुरमा भोलिदेखि हुँदै, सोल्टी होटेलमा गरियो ट्रफी अनावरण

चितवन । चितवनमा भोलि (बिहीबार)देखि इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता सुरु हुनुअघि आज (बुधबार) प्रतियोगिताको विजेताले पाउने ट्रफी अनावरण गरिएको छ । पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टमा एक कार्यक्रमकाबीच आयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पिया र प्रतियोगिताको मुख्य माउण्टेन ड्युको नेपालका लागि वरुण वेभरेजका कन्ट्री हेड विशाल सिंह ठाकुरले ट्रफी … Read more

सेवा प्रवाहमा तत्काल सुधार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकमा व्यावहारिक अनुभूति गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न गृहका कर्मचारीलाई निर्देशन दिएका छन्। सरुवा भई विभिन्न जिल्ला तथा निकायमा जान लागेका गृहका अधिकारीलाई आज सिंहदरबारमा आयोजित कार्यक्रममा निर्देशन दिँदै गृहमन्त्री लामिछानेले सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्ने भएकाले आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्वको सञ्जाल तोड्न पनि … Read more

चितवनमा भारतीय केरा, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित

चितवन – चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् । हाल जिल्लामा जी ९ केरा बजारमा ल्याउने तयारी भएको छ भने माल्बोगको पनि तयारी अवस्थामा छ । भरतपुर महानगरपालिका वडा नम्बर २३ … Read more

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं। राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यब्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र मध्यबर्ती क्षेत्रमा मानव र बन्यजन्तु बीचको दन्दको … Read more