गणतन्त्रवादीको नारा: ओली सरकार राजीनामा दे, कुलमान हटाउन पाइँदैन

गणतन्त्रवादीले आज (चैत १५) काठमाडौंमा जुलुस निकालेका छन् । काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित आमसभाअघि विभिन्न ठाउँबाट जुलुस निकालिएको हो । त्यस्तै एउटा जुलुस बानेश्वरतर्फ अघि बढ्दा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरिएको छ । उनीहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको तस्बिरअंकित प्लेकार्ड समेत प्रदर्शन गरेका छन् । गणतन्त्रका पक्षमा नाराबाजी गरेका छन् । … Read more

दाङमा पूर्वप्रधानमन्त्री भट्टराईलाई राजावादीले देखाए कालोझण्डा

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएको छ। भट्टराई बसेको होटल नजिक पुगेर राजावादी समर्थकहरुले कालोझण्डा देखाउँदै प्रदर्शन गरेका हुन् । राजावादी युवा समर्थक सन्देश भण्डारी क्षेत्री नेतृत्वको टोलीले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका थिए । उनीहरुले ‘संघीयता खारेज गर, धर्मनिरपेक्ष खारेज गर’ लगायतका नारा लगाएका थिए । … Read more

सङ्घीय संसद्को दुवै सदनका बैठक आज पनि

बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार)’ पेस गर्नुहुने छ । बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनुहुने छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार ‘बैंकिङ कसुर … Read more

लोकतान्त्रिक अपांग महासंघको अध्यक्षमा गगन थापानिकट चम्लागाईं विजयी

नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्। गत शुक्रबार केन्द्रीय कार्यालय सानेपामा अधिवेशन भएको थियो। शुक्रबार नै मतदान भए पनि मतगणना ढिलाइ भएको थियो। सभापति शेरबहादुर देउवाको निर्देशनपछि सोमबार मतगणना गरिएको थियो। चम्लागाईं ३५१ मत ल्याएर अध्यक्ष निर्वाचित भएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए। अध्यक्ष पदका अर्का उम्मेदवार … Read more

कांग्रेसका प्रमुख सचेतकले मागे माफी

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा माफी मागेका छन्। केही दिन अघि संसदमा नै नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका घिमिरेले ब्यापक आलोचनापछि आज संसदमा क्षमा याचना गरेका हुन्। जारी प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना गरेको जनाएका हुन्। उनलाइ सामाजिक सञ्जाल देखी हिजो पार्टी पदाधिकारीको बैठकमा … Read more

काठमाडौं उपत्यकाका यी ११ क्याम्पसमा भइरहेको छ स्ववियु नेतृत्वका लागि मतदान

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसअन्तर्गत काठमाडौं उपत्यकाको ११ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ । क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान जारी छ । सम्बन्धित क्याम्पसका प्रमुखका अनुसार चुनाव शान्तिपूर्णरुपमा भइरहेको छ । महाराजगञ्ज चिकित्सा क्याम्पसमा ४०० मत खसेको छ । क्याम्पस प्रमुख डा। सुरेश उप्रेका अनुसार १०:४५ सम्म ४ मत … Read more

जब आरआर क्याम्पस बाहिर विद्यार्थीले विरोध स्वरुप मतदान गरे …

आरआर क्याम्पस अगाडि विद्यार्थीहरूले विरोध स्वरुप मतदान गरेका छन् । एमाले निकट विद्यार्थी संगठनले अन्तिम समयमा ताला लगाएपछि चुनाव स्थगित भएको थियो । चुनाव गराउन माग राखेर सांकेतिक विरोध स्वरुप सडकमा नै मतपेटिका राखेर मतदान गरेको स्ववियुका उम्मेदवार समेत रहेका संगम राईले बताए । ‘हामीले क्याम्पस अगाडि सडकमा नमूना मत मेटिका बनाएर मत हाल्यौं । … Read more

आरआर क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस ९आरआर०मा स्ववियु निर्वाचन स्थगित भएको छ । सम्पूर्ण तयारी सम्पन्न भएको अवस्थामा क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृजना भएकोले निर्वाचन स्थगित गरिएको क्याम्पस प्रमुख पदमकुमार अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने बताइएको छ । सत्तारुढ एमाले निटक विद्यार्थी … Read more

जनताले चाहे राजतन्त्र फर्कन पनि सक्छ: डा कोइराला

जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् । सोमबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताएका हुन् जनताले नै चाहेको अवस्थामा कसैको केही नलाग्ने कोइरालाले स्पष्ट पारे । ‘जनताले चाहे राजतन्त्र फर्कन पनि सक्छ’ उनले भने ‘जनताले नै चाहेको … Read more

सांसद सिंहले सोधे : यौन व्यवसाय र कोठी चलाउन सरकारले अनुमति दिन लागेको हो?

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सरकारले यौन व्यवसायलाई अनुमति दिन लागेको हो? भन्दै प्रश्न गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पर्यटक धेरै भित्र्याउने नाममा सरकारले वेश्यालय सञ्चालन गर्न लागेको हो? भन्दै प्रश्न गरेका हुन्। आइतबार सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय र गाँजा खेतीलाई खुला गरेर पर्यटन भित्र्याउनुपर्ने बताएका … Read more