भाद्र शुक्ल द्वितीयाः तीजको व्रत बस्ने शक्तिका लागि दरको तयारी

नेपाली नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाँदै छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिकाअर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतका विभिन्न स्थानमा पनि मनाउन थालिएको छ । तीजको गीत … Read more

पाँच कलाकारका कला : काठमा बालुवा भरेको थाङ्कादेखि धार्मिक र मिथिला कलासम्म

प्रायःक्यानभास वा आर्ट पेपरमा चित्र सिर्जना हुन्छ । तर काठमा पनि क्यानभासमा झै महसुस हुने कला कोर्ने अभ्यास निक्कै नौलो हो । यसमाथि रङ पोतेर होइन, बालुवा चालेर । त्यो पनि थाङ्का कला सिर्जना गर्न दृष्यचित्र उतार्नभन्दा निक्कै कठिन काम हो । नयाँनयाँ कलाको अभ्यास गर्न रुचनाउने कलाकार छेपाल दोर्जे शेर्पाले यसपाली ठमेलमा भइरहेको कला … Read more

सुपादेउराली पुग्ने गोरुसिङ्गे(सन्धिखर्क स्तरोन्नतिपछि धार्मिक पर्यटक लाभान्वित

पूर्व(पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे(सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपादेउराली पुग्ने पर्यटक लाभान्वित भएका छन् । साँघुरो खाल्टाखुल्टीसहितको पुरानो र जीर्ण बनेको गोरुसिङ्गे(सन्धिखर्क खण्डलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्ने काम गरेपछि आजभोलि यात्रा सहज भएको हो । गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म करिब ६८ किलोमिटर सडक स्तरोन्नति गरिएको हो । केही … Read more

झापामा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’पुस्तक ३० हजार थान बिक्री

राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक झापामा ३० हजार थान बिक्री भएको छ । आविष्कार केन्द्रको सहयोगार्थ पुस्तक बिक्री अभियान लिएर उहाँ गत एक महिना झापामा रहनुभएको थियो । यस अवधिमा उहाँको पुस्तक बिक्रीबाट रु दुई करोड २५ लाख सङ्कलन भएको छ । महाकालीबाट पुस्तक … Read more

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

नारायणगढ: आई स्टडी ग्लोबल चितवनले नयाँ व्यवस्थापनसहित औपचारिक रुपमा सेवा सुरु गरेको छ । नारायणगढको सहिदचोकस्थित आई स्टडी ग्लोबल चितवनको हिजोबाट औपचारिक रुपमा नयाँ व्यवस्थापनसहित सेवा सुरु भएको हो । युवा व्यवसायी तथा प्रवन्ध निर्देशक महेश लामिछानेको जन्मदिनको अवसर पारेर सेवा प्रारम्भ गरिएको हो । नयाँ व्यवस्थापनले यस अघि देखि सेवा सुरु गरेको भए पनि … Read more

स्थानीय सरकारको पहलः रामप्रसादराईमा वृद्धवृद्धाको घरदैलोमा भत्ता

नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू गरेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेको हो । भौगोलिक विकटताका कारण गाउँपालिकासम्म आउन कठिन भएपछि गाउँपालिकाले घुम्ती शिविरमार्फत सेवा प्रदान गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो । एकीकृत घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्र … Read more

एक महिनामा वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु ३० करोड ५१ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको छ दशमलव ८५ प्रतिशत हो । कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवं कर … Read more

कन्या गुरुकुलमा लायन्स क्लब अफ चितवन राईजको खाना खुवाउने कार्यक्रम

चितवन, भाद्र ४ –लायन्स क्लब अफ चितवन राइजले तीजको अवसरमा देवघाटको कन्या गुरुकुलमा खाना खुवाएको छ । क्लबले देवघाटको गार्गी कन्या गुरुकुलमा तीजको अवसरमा खाना खुवाएको हो ।  अधिकारीले क्लबको नयाँ नेतृत्वको पदस्थापनको अवसर पारेर खाना खुवाएको क्लबका अध्यक्ष शिरिष पन्तले बताउनुभयो । आफ्नो कार्यकालमा सामाजिक कामलाई अघि बढाएर जनहितमा केन्द्रीत गर्ने अध्यक्ष  पन्तले बताउनुभयो … Read more

पूर्ण स्तनपानको अधिकारमा आमाहरू नै बाधक

तानसेन नगरपालिका–३ भगवती टोलकी शर्मिला केसीले आफ्नो छोरालाई पाँच महिना पनि पूरै दूध खुवाउनुभएन । निजामती सेवामा कार्यरत उहाँ कार्यालय जानुपर्ने भएकाले छोरा जन्मिएको चार महिनापछि एक जना हेरालुको साथमा छोडेर हिँड्नुपर्यो । “कार्यालयबाट घर आउने समयको टुङ्गो नहुँदा छोरालाई पूरा समय आफ्नो दूध खुवाउन पाइनन् । चाहेजति दूध खान नपाएपछि छोराले आफैँ खान छोड्यो … Read more

सामुदायिक वनमा झाडी फाँडेर वृक्षरोपण सुरू

यहाँको लहान नगरपालिका–१५ स्थित चुरे क्षेत्रमा पर्ने झोवाई खोल्सी सामुदायिक वनमा स्थानीय समुदायको सक्रिय सहभागितामा झाडी फाँडेर व्यवस्थित वृक्षरोपण अभियान सुरू गरिएको छ । वातावरणीय संरक्षण, जैविक विविधता विस्तार र वन उपजको उत्पादन वृद्धि गर्ने उद्देश्यले थालिएको यस अभियानले चुरे क्षेत्रको हरियाली पुनःस्थापना गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष … Read more