न्यूरोडमा महानगर र सडक बिभाग आमने सामने

काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक बिभागले हस्तक्षेप गरेको छ। सडक बिभागले सोमबार बिहानदेखि महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न शुरु गरेको थियो। सडक बिभागले पिच शुरु गरेपछि महानगर प्रहरी सो क्षेत्रमा गएर काम रोक्न प्रयास गरेको छ। अहिले केही स्थानीयहरु महानगरको योजनाको विरुद्ध देखिएका छन् भने महानगरले काम रोक्न प्रयास गरिरहेको … Read more

गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेललाई कारण देखाउ आदेश

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई कारण देखाउ आदेशसहित अन्तरिम आदेशको सन्दर्भमा छलपलका लागि बोलाएको छ । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेशका लागि दुवैजनालाई उपस्थित हुन भनेको हो । न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाउ आदेशसहित दुवैजनालाई छलफलका लागि उपस्थित हुन भनेको अधिवक्ता भट्टराईले नेपाल … Read more

प्रतिपक्ष दलका नेताहरुलाई भेट्दा आत्तिन आवश्यकता छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षी दलका नेतासँगको भेटलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एकीकृत समाजवादी पनि नेपाली राजनीतिको प्रमुख घटक भएकाले सबै नेतासँग छलफल चल्नु सामान्य भएको बताए । नेपाल बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरुका बैठकमा सहभागी … Read more

अनुदान कटौतीको निर्णय ७ दिनभित्र सच्याउन स्थानीय तहको अल्टिमेटम

स्थानीय तहका जनप्रतिनिधिले अनुदान कटौती सच्याउन ७ दिनको अल्टिमेटम दिएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्तामा पाउनुपर्ने वित्तीय समानीकरण अनुदान २५ प्रतिशत कटौती भएको भन्दै उनीहरुले सच्याउन माग गरेका हुन् । अर्थ मन्त्रालयले भने राजस्व कम उठेको र स्रोतको दबाबका कारण वित्तीय समानीकरण अनुदान कटौती गरेको तर्क गरेको छ । तोकिएको अनुदान … Read more

विश्वविद्यालय र पतञ्जलीबीच परीक्षा खर्चको विवाद, मारमा विद्यार्थी

नेपाल संस्कृत विश्वविद्यालय र पतञ्जली आयुर्वेद मेडिकल एण्ड रिसर्च सेन्टरबीच परीक्षा खर्चको विवाद हुँदा ३७ जना विद्यार्थी परीक्षाबाट वञ्चित भएका छन् । काभ्रेको धुलिखेलस्थित पतञ्जली रिसर्च सेन्टरमा ब्याचलर अफ आयुर्वेद मेडिसिनमा अध्ययनरत ३७ जना विद्यार्थीको अन्तिम वर्षको प्रयोगात्मक परीक्षा १६ जेठदेखि हुनुपर्ने थियो । विश्वविद्यालयले अन्तिम समयमा आएर परीक्षा रोकिदिँदा विद्यार्थीहरु अन्यौलमा परेका छन् । … Read more

बाग्लुङको बुर्तिबाङ बजारलाई नयाँ शहर बनाउने योजना अलपत्र

बाग्लुङको बुर्तिबाङ बजारलाई नमूना बनाउने गरी काम शुरु भएको नौ वर्ष भइसके पनि लक्ष्य पूरा हुन सकेकाे छैन । २०७२ सालमा देशभर १० वटा नमूना शहर बनाउने सरकारको योजनाअनुसार बुर्तिवाङमा पनि बजेट विनियोजन गरेर काम शुरु भएको थियो । बुर्तिबाङ बजारमा नयाँ शहर आयोजना कार्यालय स्थापना गरी काम हुँदै आए पनि काम अपेक्षाअनुसार हुन नसकेको … Read more

डेङ्गी सङ्क्रमणबाट जोगिन महानगरको आग्रह, हरेक वडामा नियमित सरसफाइको काम चल्दै

गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाण्डाै महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो । ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण हुन सक्ने भन्दै अहिलेसम्म सङ्क्रमित नभेटिए पनि आउँदा दिनका लागि थप सचेत रहन … Read more

स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित काठमाण्डौबाट २ जना पक्राउ

स्रोत नखुलेको ७२ लाख रुपैयाँसहित काठमाण्डौबाट २ जना पक्राउ परेका छन् । हिजो बेलुका काठमाण्डौ महानगरपालिका वडा नम्बर ७ को लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट भोजपुर घर भएका भीमसेन विश्वकर्मा र खेमराज विश्वकर्मालाई जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले पक्राउ गरेको हो । हुन्डीसम्बन्धि कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा गेस्ट हाउसमा छापा मार्दा … Read more

‘एक्टर’ खेल्न काठमाडौं आइपुगे राजबल्लभ, ९ वर्षपछि कमब्याक गर्दै

कुनै बेला रोमान्टिक हिरोको छवि बनाएका अभिनेता राजबल्लभ कोइराला अब ९ वर्षपछि फिल्ममा फर्किँदैछ । फिल्म ‘एक्टर’बाट उनको कमब्याक हुन लागेको हो । करिब १० वर्षदेखि अमेरिकामा बस्दै आएका उनी यो फिल्ममा अभिनय गर्न आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनलाई फिल्मका निर्देशक राजन भुषाल र निर्माता थमनकुमार भण्डारीसहितले स्वागत गरेका थिए । राजबल्लभले फिल्मका … Read more

सांसद विकास कोष बजेट शहरी विकास मन्त्रालयमै समाहित : पूर्वअर्थमन्त्री महत

सांसद विकास कोषको रुपमा चिनिने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट शहरी विकास मन्त्रालयमा राखेर अगाडि बढाइएको पाइएको छ । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले दाबी गरेका अनुसार सांसद विकास कोषको बजेट जोडिएकाले शहरी विकास मन्त्रालयको बजेट ६६ अर्बबाट बढेर ९२ अर्ब पुगेको हो । आइतबार बजेटमाथि प्रतिनिधि सभामा बोल्दै डा.महतले विपक्षी सांसदहरुको लागि थोरै बजेट … Read more