कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो

कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडकमाथि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको स्थानीयले बताएका छन् । यस्तै आठबीस नगरपालिका–१ मा पनि पहिरोले सडक अवरुद्ध हुँदा कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने तयारी … Read more

यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुमपश्चिमकी विष्टको लेक लागेर ज्यान गयो

यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुमपश्चिम आठविसकोट नगरपालिका–४ गोतामकोेट विष्ट गाउँकी २२ वर्षकी जमुना विष्टको लेक लागेर ज्यान गएको छ । डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेका बेला विष्टको ज्यान गएको वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिनुभयो । डोल्पाको नाउरेमा पुगेको बेला विष्ट लेक लागेर बिरामी हुनुभएको थियो । उहाँको साथमा रहेकी कान्छी बहिनी सरस्वतीसहित … Read more

सन्दीप भन्छन्– मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन्। उनले लेखेका छन्– ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ।’ … Read more

७० ग्राम सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकी छन् । उनलाई शनिबार दिउँसो विमानस्थलस्थित प्रहरीले पक्राउ गरेको हो । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुनको औठी उनीबाट बरामद भएको हो । उनले बाह्‍य मुलुकबाट नेपाल आउने … Read more

ओलीले रविको पक्ष लिएर गिरिबन्धुमा साथ खोज्दैछन् : विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरिरहेको टिप्पणी गरेका छन् । आइतबार सरकारविरुद्ध कांग्रेसले गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै उनले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडान एमाले अध्यक्ष ओलीको भएको बताए । गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आशय रहेको महामन्त्री शर्माले आरोप लगाए … Read more

सहमतिका लागि कांग्रेसले अडान छोड्नुपर्छ : महेश बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा गृहमन्त्रीको नाम राख्न नसकिने बताएका छन् । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने कार्यदलको सदस्यसमेत रहेका उनले आफूहरू वचत रकम अपचलन भएका सहकारी र गोर्खा मिडिया प्रालिको नाम कार्यादेशमा राख्न सहमत भएको तर कांग्रेसले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको नाम … Read more

बन्दिपूरमा १७ तलाको पाँचतारे होटलसहित धमाधम ठूला पर्यटकीय पूर्वाधार बन्दै

तनहुँको पर्यटकीय स्थल बन्दिपूरमा धमाधम ठूला पर्यटकीय पूर्वाधार बनिरहेका छन् । स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकसित भइरहेको बन्दिपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले चासो दिँदै आएको छ । कूल छ अर्ब २९ करोड रुपैयाँ लागतमध्ये विभिन्न संरचना निर्माणमा अहिलेसम्म चार अर्ब ५५ करोड रुपैयाँ लगानी भइसकेको बन्दिपुर केबलकार एण्ड टुरिजम कम्पनीले जनाएको … Read more

पहिचान नखुलेको रोगबाट मौरी मर्न थालेपछि बाग्लुङको जैमिनीका किसान चिन्तित

पहिचान नखुलेको रोगबाट मौरी मर्न थालेपछि बाग्लुङको जैमिनीका किसान चिन्तित भएका छन् । मौरीपालनबाट राम्रो आम्दानी गर्दै आउनुभएका जैमिनी नगरपालिका–१० व्याडथलाका याम थापा अहिले चिन्तित हुनुहुन्छ । २०७४ सालदेखि मौरीपालन गर्दै आउनुभएका उहाँको मौरीका घार रित्तिन थालेपछि व्यवसाय नै सङ्कटमा परेको छ । थापासँग ४२ घार मौरी थिए । राम्रो मह उत्पादन गरिरहेका मौरी अज्ञात … Read more

ठूला होटल खुलेसँगै चितवनमा विदेशी पर्यटकको सङ्ख्या बढ्यो

ठूला होटल खुलेसँगै चितवनका पर्यटकीयस्थलमा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल बन्द भएपछि विदेशी पर्यटकको सङ्ख्या घटेको थियो । भर्खरै सञ्चालनमा आएका ठूला होटलले निकुञ्जभित्रकै अनुभूति हुने गरी पर्यटकलाई सेवा दिन थालेपछि पर्यटकको सङ्ख्या वृद्धि भएको हो । निकुञ्ज स्थापना हुनुअघि खुलेको टाईगर टप्स होटलसमेत बन्द छ । पछिल्लो समय सौराहा … Read more

शेयर बजार २२ अङ्कले घट्यो, चार अर्ब ४४ करोड रुपैयाँको कारोबार

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव ३४ विन्दुमा झरेको छ । आज होटल र म्युचुअल फण्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयर झण्डै … Read more