इच्छाकामना गाउँपालिकावासीलाई सिएमसीमा २० प्रतिशत छुट

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल र चितवनकै इच्छाकामना गाउँपालिकाबीच अस्पतालका सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार गाउँपालिकावासीलाई उपचारमा २० प्रतिशत छुट हुने भएको हो । गाउँपालिकाका चेपाङ समुदायलाई भने २५ प्रतिशत छुट दिने सहमति भएको छ । सम्झौतामा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र गाउँपालिकाका अध्यक्ष दानबहादुर … Read more

सेवा प्रवाहमा तत्काल सुधार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकमा व्यावहारिक अनुभूति गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न गृहका कर्मचारीलाई निर्देशन दिएका छन्। सरुवा भई विभिन्न जिल्ला तथा निकायमा जान लागेका गृहका अधिकारीलाई आज सिंहदरबारमा आयोजित कार्यक्रममा निर्देशन दिँदै गृहमन्त्री लामिछानेले सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्ने भएकाले आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्वको सञ्जाल तोड्न पनि … Read more

चितवनमा भारतीय केरा, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित

चितवन – चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् । हाल जिल्लामा जी ९ केरा बजारमा ल्याउने तयारी भएको छ भने माल्बोगको पनि तयारी अवस्थामा छ । भरतपुर महानगरपालिका वडा नम्बर २३ … Read more

छ गैँडा स्थानान्तरण गर्ने तयारीमा रहेको चितवन निकुञ्जले तीन वटाको गर्‍यो स्थानान्तरण

चितवन – चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । पश्चिममा गैँडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुई वटा गैँडालाई पूर्व ल्याइएको छ । अन्दाजी आठ र १७ वर्षका गैँडालाई नियन्त्रणमा लिएर पूर्वी चितवनको खैरहनी नगरपालिका … Read more

चितवनको नारायणी किनारमा ११ जातिका घर अवलोकन गर्न पाइने

चितवन:   चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा विभिन्न जातजातिका घर अवलोकन गर्न पाइने भएको छ । यही चैत ९ देखि १८ गतेसम्म हुने प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारी महोत्सवमा विभिन्न ११ जातजातिका घरहरुको अवलोकन गर्न पाइने भएको हो । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले आयोजना गर्न लागेको महोत्सव स्थलमा यतिखेर धमाधम अस्थायी … Read more

शालिन मृत्यु प्रकरण: विद्यालयका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा

चितवन:  रत्ननगरको एकता शिशु निकेतनको होस्टलमा मृत भेटिएकी शालिन पोखरेलको घटनामा पक्राउ परेका प्रिन्सिपलसहित तीन जना धरौटीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । आत्महत्या दुरूत्साहनको मुद्दामा सोमबार नसकिएको थुनछेक बहस आज सकिएर सो आदेश आएको छ ।  एकता शिशु … Read more

निसीखोला बस दुर्घटना अपडेट : नौ जनाको मृत्यु, २८ घाइते, मृतक सबैको सनाखत

ढोरपाटन (बागलुङ)। बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ। पूर्वीरुकुमबाट काठमाडौंतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१-००६ख३८७९ नम्बरको बस मंगलबार बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो। दुर्घटनामा २८ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय … Read more

बागलुङको निसीखोलामा बस दुर्घटनाः सातको मृत्यु, २० जना घाइते

ढोरपाटन। बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो। बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका … Read more

चितवनको मुग्लिन बजारमा ट्रक र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

मुग्लिन:  चितवनमा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारस्थित एक होटलबाट खाना खाई निस्कदै गरेको जेएच ०५ डिके २८२९ नम्बरको भारतीय नम्वर प्लेटको ट्रकमा नारायणगढतर्फबाट कुरिनटारतर्फ जाँदै गरेको ग १३ प ४१६३ नम्बरको मोटरसाइकल आइतबार साँझ ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ईच्छाकामना गाउँपालिका ५ … Read more

शालिन मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहन मुद्दा चितवन अदालतमा दर्ता

चितवन: शालिन पोखरेल मृत्यु प्रकरणमा जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ । शिशु निकेतन स्कुलका प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्ति प्रसाद लुइँटेलले जानकारी दिनुभयो । पीडित परिवारले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएपनि सो कसुरमा प्रमाण नजुटेपछि मुद्दा परिवर्तन गरिएको हो । शालिन … Read more