आज सोनाम ल्होसार हर्षाेल्लासका साथ मनाइँदै

काठमाडौं। आज माघ शुक्ल प्रतिपदा-तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन्। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई … Read more

कृत्रिम हातखुट्टा उपलब्ध गराउन भरतपुरमा रोटरी क्लबको १५ दिने शिविर

चितवन। यहाँका रोटरी क्लबहरुले हात खुट्टा नभएकाहरुलाई कृत्रिम हातखुट्टा उपलब्ध गराउने भएका छन् । चितवन, गैंडाकोट र वीरगञ्जका रोटरी क्लबहरुले चितवनमा १५ दिनसम्म शिविर सञ्चालन गरेर हातखुट्टा उपलब्ध गराउन लागेका हुन् । भरतपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी यस सम्बन्धी जानकारी दिईएको छ । रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ नारायणगढ, रोटरी … Read more

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय

काठमाडौं। सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, … Read more

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता

काठमाडौं। नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ। परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ। अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले … Read more

चितवनमा एस डि टेक कम्पनीले एक महिने डिजिटल उद्यमी तालिम गर्ने

चितवन – चितवनमा एस डी टेक कम्पनीले एक महिने डिजिटल उद्यमी तालिम गर्ने भएको छ । डिजिटल मार्केटिङ तथा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको एस कम्पनीले फागुन १ गतेदेखि १ महिने ‘डिजिटल उद्यमी तालिम गर्ने भएको हो । आज (विहिबार) भरतपुरमा पत्रकार सम्मेलन गर्दै स्वदेशमै उद्यम गर्दै आएका जनशक्तिलाई लक्षित गरी कम्पनीले ‘डिजिटल उद्यमी’ … Read more

नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँचजना पक्राउ

बारा। नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, जिल्ला बारा परवानीपुर गाउँपालिका–५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, जिल्ला … Read more

चितवनमा लागुऔषध सहित एक जना पक्राऊ

चितवन: चितवनमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । कालिका नगरपालिका वडा नम्बर ४ पिपरिया टोल पदमपुरका २६ बर्षिय सोनु महतो पक्राऊ परेका हुन् । उनको साथबाट प्रतिवन्धित आगूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ चार दमलव ८७ ग्राम र एक सय ७२ ग्राम गाँजा र निटरभेन्ट २४ ट्यावलेट बरामद भएको चितवन प्रहरीले जानकारी … Read more

भरतपुर महानगर र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम

भरतपुर । चितवनका दुई स्थानिय तह बीचमा भगिनी सम्बन्ध कायम गरिएको छ । बिहिबार माडीमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो बीचमा समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । दुई स्थानिय तहका प्रमुखले १० बुँदे समझदारी … Read more

नारायणी किनारमा भोलिदेखि राष्ट्रिय चिया प्रदर्शनी हुने

चितवन । चितवनमा पहिलोपटक नेपाली चियाको वृहत राष्ट्रिय प्रदर्शनी तथा टि–टेस्टिङ कार्यक्रम हुने भएको छ । यही माघ २६ र २७ गते नारायणी नदी किनार प्रदर्शनी मैदानमा नेपाली चिया प्रदर्शनी हुन लागेको हो ।राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, काठमाडौँले ‘स्वदेशमा उत्पादित चिया चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ प्रदर्शनी … Read more

जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी

काठमाडौं। नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासंघ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ। बुधबार यहाँ आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै ती दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन्। नेपालजस्ता विकासोन्मुख देशहरुमा … Read more