कर्णाली नदीले खतरा तह नाघ्यो, ३ नदी सतर्कता तहमाथि

काठमाडौं– देशकै लामो नदी कर्णालीले डोटीको ठूलीगाढमा खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले ठूलोगाढ जलमापन केन्द्रमा कर्णाली नदी खतराको तहमाथि पुगेको जानकारी दिएको हो । सो जलमापन केन्द्रमा निर्धारित खतराको तह ६.५ मिटर निर्धारण गरिएको छ । तर, दिउँसो १२ बजेर ५० मिनेट जाँदा कर्णालीको जल सतह ८.७६ मिटर पुगेको … Read more

पहिरोमा पुरिएर सात जनाको मृत्यु

काठमाडौं पर्वत, फलेवास नगरपालिका-१ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र स्याङ्जा आँधीखोला गाउँपालिका-३ पाखरीगोर ढुङ्गा बस्ने ३२ वर्षीय तुलसी प्रसाद शर्माको मृत्यु भएको छ । पहिरो जाँदा उनीहरू पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कार्कीनेटा र जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले … Read more

सप्तकोशी बहाव अपडेट : ५६ वटै ढोका खोलिए

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै (५६) ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको जानकारी दिए । आज बिहान १० बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिघण्टा ३ लाख ७० हजार १५० क्यूसेक रहेको छ । यो बहाव यस वर्षकै उच्च रहेको  बताइएको छ । पानीको … Read more

नारायणी नदीको बाढीले भरतपुर–३ को झोलुङ्गे पुल बगायो, १ सय ७१ जनालाई सुरक्षित ठाउँमा सारियो

चितवन – नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ मा रहेको झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गएराति साढे ११ बजे बाढीले दुवैतर्फको पिल्लर भत्काएर पुल बगाएको हो । नारायणीमा पानीको बहाव नघटेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सावधानी … Read more

आजको मौसम देशभर वर्षा

काठमाडौँ  मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानामा समेत वर्षा भइरहेको छ । आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान … Read more

नारायणी नदीमा आएको बाढीले देवघाटमा नाघ्यो चेतावनी तह

चितवन । नारायणी नदीमा आएको बाढीले देवघाटमा चेतावनी तह नाघेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलसतह मापन केन्द्रमा नारायणीले चेतावनीको तह नाघेको हो । यहाँ जलसतह ७.३४ मिटर पुगेको छ । ७.३ मिटरदेखि ९ मिटरसम्मको जलसतहलाई चेतावनीको तह मानिन्छ । ९ मिटर भन्दा माथि पुगे खतराको तह मानिन्छ ।  नारायणी नदीको … Read more

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

काठमाडौँ ।   अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् । सिद्धार्थ राजमार्ग अवरुद्ध  वालिङ ९स्याङ्जा० स् अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर … Read more

हनुमन्तेको बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह

विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ ।भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ … Read more

राप्ती नदीको बाढीमा फसेका मध्ये एक जना बेपत्ता, २ जनाको उद्धार

बुटवल,दाङको राप्ती नदीमा आएको बाढीमा फसेका मध्ये एक जना बेपत्ता भएका छन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ ।लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ भने एक जना बेपत्ता भएका छन । दूध बिक्री गर्न लमही गएका तीनजना मध्ये राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने … Read more

मनसुनजन्य विपद् : २८ जनाको मृत्यु​, चट्याङबाट ३२ जिल्ला प्रभावित​

मनसुनजन्य विपद्‌मा परी २८ जनाले ज्यान गुमाएका छन् । साथै एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्‌बाट ४६ घर पूर्ण … Read more