काठमाडौं उपत्यकामा बाढी : २३ को मृत्यु, ९१८ को उद्धार

काठमाडौँ — अविरल वर्षका कारण बिहीबार रातिदेखि आएको बाढी, पहिरो र डुबानका कारण २३ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शनिबार १२ बजेसम्म २३ जनाको मृत्यु भएको छ । ११ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अरू केही बेपत्ता छन् । प्रहरीका अनुसार काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ५ … Read more

चितवनका १ सय ५० भन्दा बढी घर डुबानमा (यस्तो छ जिल्लामा बाढी पहिरोको क्षती)

चितवन बिहिबार देखि आएको अविरल वर्षका कारण चितवनका १ सय भन्दा बढी घरमा बाढी पसेको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, नारायणी नदी र माडीको रिउ खोलामा आएको बढीका कारण विभिन्न संघ संस्था सहित १ सय ५० भन्दा बढी सर्वसाधारका घरमा बाढी पसेको हो।आज बिहान साढे ८ बजे आएको नारायणीको बढी भरतपुर महानगरपालिका-१६का गुम्बाचौर, रामघाट, … Read more

अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महांकालमा प्रहरी चौकी बग्यो

ललितपुर। अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छभने गोदावरी नगरपालिका-३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका-१० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्युु भएको छ। गोदावरी-३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी-३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको … Read more

बाढी-पहिरोमा उद्धारको लागि १६ सय ३० सशस्त्र प्रहरी परिचालित

काठमाडौँ । अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६३० जना जनशक्ति परिचालन भएको छ । बर्षासँगै आएको बाढि, पहिरो र डुवानमा परी हालसम्म ११ जना वेपत्ता, १० जनाको मृत्यु, १ सय ६२ स्थानहरुमा भौतिक क्षति भएको छ भने सुरक्षा फौजले ७ सय ६० … Read more

पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा

काठमाडौँ पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखको विवरणमा सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ ।महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै … Read more

नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने

चितवन नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन नपाइने भएको छ ।बिहिबार रातिदेखि परिरहेको बर्षाले रातीको समयमा पहिरोक‍ो जोखिम आंकलन गरि जिल्ला सुरक्षा समितिले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउ नदिने भएको हो ।चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए । विपद् प्राधिकरणका … Read more

नौबीसेको सुरुङमार्गनजिकै लेदोसहितको पहिरो, राजधानी छिर्ने सडक ठप्प

काठमाडौं,  नागढुंगा-नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी प्रवेश गर्ने सडक पूरै ठप्प भएको छ। शुक्रबार दिउँसो लेदोसहितको पहिरो खसेपछि नौबीसेतर्फको सुरूङमार्गको प्रवेशद्वारनजिकै सडक पूरै बन्द भएको हो । पहिरो खसेपछि करिब एक घण्टादेखि राजमार्ग बन्द छ । जसकारकाण राजधानी पस्ने र बाहिरिने सयौँ सवारीसाधनको जाम लागेको छ । अझैसम्म पहिरो … Read more

वर्षका कारण भरतपुर विमानस्थलका उडान प्रभावित

चितवन, प्रतिकूल मौसमका कारण भरतपुर विमानस्थलका उडान प्रभावित भएका छन् । शुक्रबार बिहानदेखि परेको अविरल वर्षाका कारण कम भिजिविलिटी हुँदा भरतपुर विमानस्थलका उडान प्रभावित भएको हो । विमानस्थलका[…]

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ। देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छभने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली … Read more

मंगलबारको मौसम: मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं। आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दाअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ। महाशाखाका … Read more