गएको जुलाई अहिलेसम्मकै दोस्रो तातो महिनाको रूपमा रेकर्ड

सन् २०२४ को जुलाई महिना विश्वको दोस्रो सबैभन्दा तातो महिनाको रूपमा रेकर्ड भएको छ । युरोपियन युनियनको जलवायु परिवर्तनसम्बन्धी निगरानी राख्ने निकाय कोपर्निकस जलवायु परिवर्तन सेवाले यस वर्षको जुलाईको तापक्रम गएको वर्षको तुलनामा थोरै कम हुँदै अहिलेसम्मको दोस्रो तातो महिनाको रूपमा रेकर्ड भएको जनाएको हो । यस वर्ष जुलाईको औसत सतहको हावाको तापक्रम १६ दशमलव … Read more

बडिगाड पहिरो : एकको शव फेला, तीन जना अझै बेपत्ता

गलकोट– बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटामा मंगलबारको पहिरोले घर भत्किँदा पुरिएर बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । बडिगाड गाउँपालिका–१० स्थित तीन वर्षीय आरुष थापाको आज दिउँसो शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।  बरालका अनुसार पहिरोले भत्किएको घर खोतल्ने क्रममा थापाको शव भेटिएको हो । उनीसँगै एउटै घरमा पहिरोले पुर्दा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ … Read more

आज यी प्रदेशमा मुसलधारे पानी पर्ने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ । कोशी, मधेस, बागमती, कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको … Read more

गुल्मीमा पहिरोमा परी ४ जनाको मृत्यु, २ घाइते

काठमाडौं- गुल्मीमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका- १ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय गुल्मी अनुसार रातिदेखि आएको भारी वर्षासँगैको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका हुन्।मृत्यु हुनेमा ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक, ४८ वर्षीय … Read more

निरन्तरको वर्षाले भरतपुर विमानस्थलका उडान प्रभावित

चितवन,प्रतिकूल मौसमका कारण भरतपुर विमानस्थलका उडान प्रभावित भएका छन् । मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाका कारण मौसम प्रतिकूल हुँदा विमानस्थलका उडान प्रभावित भएको हो ।विमानस्थलका अनुसार उडान प्रभावित भएसँगै हवाइ यात्रुहरु समस्यामा परेका छन् । निरन्तरको वर्षाका कारण भरतपुरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा गरी … Read more

अविरल वर्षाका कारण कान्तिलोकपथ अवरुद्ध

पाटन (ललितपुर), । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ ।भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको छ । बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एकजना मोटरसाइकल चालक घाइते भएका छन् ।

भोलिदेखि पुनः मनसुन सक्रिय हुँदै, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज मनसुन विशेष तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली … Read more

आज यी छ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानहरूमा मेघगर्जन … Read more

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी समेत चल्ने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरू साथै कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि … Read more

मौसम पूर्वानुमानः यी चार प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ। बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली … Read more