मैवाखोलामा पहिरोले ११ घर विस्थापित

अविरल वर्षाका कारण यहाँको मैवाखोला गाउँपालिकाका विभिन्न वडाका ११ घर विस्थापित भएका छन्भने १२ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीय विपद् व्यवस्थापन समितिको स्थलगत निरीक्षण अनुसार वडा नम्बर २, ४, ५ र ६ सबैभन्दा बढी प्रभावित भएका छन् । वडा नम्बर २ मा २ घर विस्थापित भएका छन्भने वडा नम्बर ४ मा … Read more

सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार केन्द्र ९आइसियु०मा खनाल–पत्नी चित्रकारको उपचार भइरहेको छ । घाइते चित्रकारको उपचारका क्रममा नेतृत्व गरिरहनुभएका जलनविज्ञ डा कीरण नकर्मीले भन्नुभयो, … Read more

संविधान दिवस मनाउँदै राष्ट्रपति पौडेल, विशिष्ट पदाधिकारीलाई निमन्त्रणा

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा संविधान दिवस मनाउने भएका छन्। यही असोज ३ गते शुक्रबार शीतल निवासमा संविधान दिवस मनाउने कार्यक्रम तय भएको हो। ् संविधान दिवसको कार्यक्रमका लागि राष्ट्रपति कार्यालयका सचिव डा। दिपक काफ्लेले निमन्त्रण बाँड्न थालिसकेका छन्। ‘बाँड्न थालिएको निमन्त्रणापत्रमा ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको समुपस्थितिमा संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ … Read more

सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने

सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिए । ‘संविधान दिवस सामान्य रुपमा मनाउने तयारी छ’, उनले भने । संविधान दिवस यही असोज ३ गते हो । २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान सभाबाट बनेको … Read more

चुनावी तयारीमा लाग्न माओवादीको निर्देशन

माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको तयारीमा लाग्न तल्लो समितिलाई निर्देशन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन २१ मा निर्वाचनको घोषणा गरेपछि माओवादीले चुनावी तयारीमा लाग्न निर्देशन दिएको हो । उसले चुनावमा जान औपचारिक निर्णय नगरे पनि अध्यक्ष दाहालले सातै प्रदेशका इन्चार्ज, प्रदेश अध्यक्षहरूलाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन् । ‘चुनाव घोषणा … Read more

‘केपी बा’लाई ३ दिनभित्र शानदार ढंगले गृहप्रवेश गराउँछौँः महेश बस्नेत

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ३ दिनभित्र घर भित्र्याउने तयारी भइरहेको एमालेले जनाएको छ । एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमार्फत ओलीलाई शानदार ढंगले गृह प्रवेश गराउने तयारी भएको दाबी गरेका हुन् । बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी ३ दिनभित्र प्रधानमन्त्री केपी बालाई हजारौँ जनसमुदायको उपस्थितिमा भव्य र शानदार ढंगले गृहप्रवेश … Read more

मन्त्री घिसिङद्वारा जलेका सवारीसाधन व्यवस्थापन गर्न निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उहाँले आज निर्देशन दिनुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । “कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, … Read more

धादिङमा बस र टिपर ठोकिँदा ६ जना घाइते

धादिङमा बस र टिपर ठोकिँदा ६ जना घाइते भएका छन् । धादिङको थाक्रे गाउँपालिका २ बाह्र किलो भन्ने ठाउँमा आज बिहान बस र टिपर आपसमा ठोकिँदा ६ जना घाइते भएका हुन्। भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपरआपसमा ठोक्किएका … Read more

२ दिनभित्र काठमाडौंमा १० हजारको जुलुस गर्छौं, एमाले पुरानै अवस्थामा फर्कियोः महेश बस्नेत

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एक/दुई दिन भित्र काठमाडौंमा १० हजार युवाको जुलुस गर्ने बताएका छन् । उनले एमाले पुरानै अवस्थाका फर्किएको पनि उद्‌घोष गरे । जेनजी आन्दोलनपछि जलेको पार्टी कार्यालयमा मंगलबार युवा संघले आयोजना गरेको कार्यक्रममा बस्नेतले दुई दिन भित्र राजधानीमा १० हजार युवाको जुलुस गर्न लागेको बताएका हुन् । ‘भोलि या पर्सीमा … Read more

‘एनपीएल तोकिएकै समयमा हुन्छ’

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण तोकिएकै मितिमा आयोजना गर्ने तयारी भएको छ । क्यान प्रवक्ता छुम्बी लामाले एनपीएल तोकिएकै समयमा हुने जानकारी दिए । ‘पछिल्लो अवस्था पछि क्यानले फ्रेन्चाइजहरुसँग पनि एक चरण छलफल गरिसकेको छ । त्यसमा यसअघि तोकिएकै मितिमा एनपीएल गर्ने सहमति भएको छ’ उनले भने । … Read more