चितवनमा मोटरसाइकल चालकलाई प्रहरीले ‘शुभयात्रा’ भन्ने

चितवन,माघ ५- सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सुरु गरेको छ। भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले संयुक्त रुपमा अभियानको शुभारम्भ गरेका हुन्। जिल्लामा भएका दुर्घटनामा अत्यधिक सङ्ख्यामा मोटरसाइकल पर्ने गरेकाले मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न उत्तप्रेरित … Read more

चितवनमा करको बक्यौता उठाउन घरघरमा पत्र

चितवन, माघ ५- आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार गर्न थालेको छ । लामो समयदेखि मूल्य अभिवृद्धि कर (भ्याट) र आय कर नबुझाएका करदाताको घरमा नै पत्र पठाउन थालेको हो । कार्यालयमा ७० हजार करदाता छन् । तीमध्ये १० हजार भ्याटका हुन् । कूल करदातामध्ये ४० प्रतिशतले आय विवरण बुझाएका छैनन् । … Read more

ललितपुरको मन्त्री निवासमा खानेपानी आपूर्तिको प्रक्रिया सुरु

काठमाडौं– ललितपुर जिल्लाको भैँसेपाटीस्थित संघीय सरकारका मन्त्री आवास लगायतका ठाउँमा शुद्ध अनि स्वच्छ खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु भएको छ । संघीय सरकार खानेपानी मन्त्रालय अन्तर्गत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि बोलपत्र सहितको प्रक्रिया सुरु गरेको हो । यस अघि मन्त्री निवास भैँसी पाटी लगायतका ठाउँमा खानेपानीको आपूर्ति भएको … Read more

दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव

काठमाडौँ, माघ ५- काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल दोलालघाट क्षेत्रलाई दुई नदीबाट सुरक्षित राख्न तटबन्ध निर्माणको प्रस्ताव गरिएको छ । यसका लागि जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालु आर्थिक वर्षमै निर्माणार्थ प्रक्रिया अघि बढाएको जनाएको छ । कार्यालयलाई गत वर्षमै बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत दुई नदी सुनकोशी र इन्द्रावतीको सङ्गलस्थल दोलालघाट क्षेत्रमा … Read more

यु-१९ महिला विश्वकप: बंगलादेशविरुद्ध ब्याटिङमा नेपाल

काठमाडौँ, माघ ५- आइसिसी यु-१९ महिला विश्वकप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ। मलेसियामा जारी खेलमा टस जितेर बंगलादेशले बलिङ रोजेको बंगलादेशले नेपाललाई ब्याटिङो निम्ता दिएको हो। यो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपालले बङ्गलादेशविरुद्ध जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा छ। गत वर्षको नोभेम्बरमा युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको विश्वकपका लागि … Read more

हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

विराटनगर, माघ ५- मोरङको सुन्दरहरैँचा नगरपालिका ८ भृकुटी टोलमा हात्ती आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब १२ बजे जंगलबाट निस्किएको हात्तीको आक्रमणबाट भृकुटी टोलका ७३ वर्षीय हरिप्रसाद घिमिरेको मृत्यु भएको हो । बच्चासहित आएको माउ हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयलाई उद्दत गर्दै प्रहरीले जनाएको छ । राति घरबाट निस्किएको … Read more

गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा सरकारले ध्यान देओस् : प्रचण्ड

विराटनगर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाइएको जानकारी दिँदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन् । शनिबार रंगशालाको अनुगमन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ता … Read more

उत्तर–दक्षिण कोशी राजमार्ग खुल्यो

सङ्खुवासभा । सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथाङ्का सडकखण्ड एक दिनपछि पुनःसञ्चालनमा आएको छ । भोटखोला–३ सेम्बुङ डाँडास्थित खाँदबारी–किमाथाङ्का सडक एक दिनपछि खुलेको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए । शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो । सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा … Read more

प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

पाँचथर– बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि पाँचथरका दुई वटा खोलाको किनारामा प्रकृतिसँग माफी माग्ने कार्यक्रम आजदेखि सञ्चालन भएको छ । आध्यात्मिक मान्यता तथा किम्वदन्तीहरूलाई आधार मान्दै यहाँ बग्ने हेंवा खोला र फेमे खोलाको किनारा फिदिम नगरपालिका वडा नम्बर ४ र ११ को सीमा क्षेत्रमा लक्ष्य हवन र प्रकृति पूजा गर्न लागिएको हो । … Read more

मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु

काठमाडौं– ललितपुरको भैँसेपाटीस्थित सङ्घीय सरकारका मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीको आवासलगायत क्षेत्रमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरु भएको छ । सङ्घीय सरकार खानेपानी मन्त्रालयअन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्‍याउनका लागि बोलपत्रसहितको प्रक्रिया सुरु गरेको हो । यसअघि मन्त्री निवास भैँसेपाटीलगायत ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा काठमाडौं … Read more