संस्कृति र विकास बीचको द्वन्द्व : मुक्कुम्लुङ

काठमाडौं । थापा गाउँस्थित मण्डला नाटक घरमा यो पटकको नाटक हेराइ तपाईंलाई फरक लाग्न सक्छ। मण्डलाको गेटबाट भित्र छिर्ने बित्तिकै देब्रेपट्टि एउटा घर थियो। घरको आँगनमा बाँस (याग्राङ्गसिङ) गाडिएको थियो। तीन जना झाँक्रीको टोली तङसिङको तयारी गर्दैथिए। घरमा अन्य थुप्रै मानिस थिए। कोही पाहुनाहरूलाई स्वागत/सत्कार गर्दैथिए त कोही तासको खालमा व्यस्त। नाटक हेर्न गएका दर्शक … Read more

भारतले दियो किर्गिज सेनालाई प्रशिक्षण

काठमाडौं– भारतले मध्य एशियाली मुलुक किर्गिजस्तानका सेनालाई संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी प्रशिक्षण दिएको छ ।राजधानी नयाँ दिल्लीमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना केन्द्रले अनलाइनका माध्यमबाट किर्गिज सेनालाई प्रशिक्षण दिएको हो । दुई दिने प्रशिक्षण कार्यक्रममा किर्गिज सेनालाई संयुक्तराष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी वृहत जानकारी प्रदान गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छअन्तर्राष्ट्रिय शान्ति स्थापनाको क्षेत्रमा भारतीय प्रतिबद्धताअनुसार … Read more

घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान

गोरखा– गोरखाको शहीद लखन गाउँपालिकामा घरघरमा पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान सुरु गरिएको छ ।गाउँपालिकाको वडा नम्बर ७ ले वडाभित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र शुक्रबारदेखि घरमै पुगेर उपलब्ध गराउन सुरू गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । ‘वडा कार्यालयले निर्णय नै गरेर शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना र भेटघाटका लागि पुग्दासँगै घरमै मृत्यु … Read more

अमेरिकाको मिसिगनले चिनियाँ विश्वविद्यालयसँगको प्राज्ञिक साझेदारी तोड्ने

काठमाडौं– अमेरिकाको मिसिगन विश्वविद्यालयले चीनको एउटा विश्वविद्यालयसँग प्राज्ञिक साझेदारी रद्द गरेको छ ।राष्ट्रिय सुरक्षाको कारण देखाउँदै मिसिगन विश्वविद्यालयले चीनको सांघाइमा रहेको सांघाइ जियाओ टोङ विश्वविद्यालयसँग प्राज्ञिक साझेदारी रद्द गरेको हो । केही महिनाअघि चिनियाँ विश्वविद्यालयबाट आएका ५ जना विद्यार्थी अमेरिकी सैन्य आधार क्षेत्र नजिकै शङ्कास्पद अवस्थामा फेला परेका थिए । उनीहरु अमेरिकी सेनाकोक्याम्प ग्रेलिङमा सैन्य … Read more

अष्ट्रेलियामा २४ सय नेपालीले लिए मोबाइल पासपोर्ट सेवाबाट लाभ

अष्ट्रेलिया– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरता र अष्ट्रेलियास्थित नेपाली दूतावाससँगको सहकार्यमा पछिल्लो एक वर्षमा दुई हजार चार सय नेपालीले मोबाइल पासपोर्ट सेवा लिएका छन् ।अष्ट्रेलियाका पाँचवटा प्रमुख सहरमा सञ्चालन भएको मोबाइल पासपोर्ट सेवाबाट त्यहाँ रहेका नेपालीहरू लाभान्वित भएको जनाइएको छ । राजधानी क्यानबेरास्थित नेपाली दूतावासबाट टाढा रहेका स्थानहरूमा पासपोर्ट नवीकरणको समस्या समाधान गर्न एनआरएनए अष्ट्रेलियाले … Read more

३७ डीएसपीको एसपीमा बढुवा सिफारिस

काठमाडौं– प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस गरेको छ।प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शुक्रबार राति एसपी बढुवा सिफारिस गरेको हो । हालसालै बढुवा भएपछि र रिक्त रहेको ३७ एसपी दरबन्दीमा प्रधान कार्यालयले बढुवा सिफारिस गरेको हो। बढुवाको पहिलो नम्बरमा कुलदीप चन्द परेका छन्। दोस्रो नम्बरमा … Read more

अमेरिकामा इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान, एकैदिन झण्डै साढे पाँच सय जना पक्राउ

अमेरिका, माघ १२- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान शुरू गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगेको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीवार मात्रै पाँच सय ३८ जना अवैध आप्रवासीलाई पक्राउ गरेको र सयौँलाई सैनिक विमानमार्फत देश निकाला गरिएको … Read more

मन्त्री यादवलाई हर्कको जवाफः म फर्किएपछि बर्बराएको सुहाएन, काम गरेर देखाऊ, बधाइ दिनेछु

काठमाडौँ, माघ १२- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवलाई काम गरेर देखाउन सुझाव दिएका छन्। शनिबार सामाजिक सञ्जालमा उनले आफू फर्केपछि मन्त्री यादवले नानाथरी आरोप लगाएको भन्दै यस्तो बताएका हुन्। उनले लेखेका छन्, ‘खानेपानी मन्त्रीले मैले थोत्रे गाग्री लिएर आएकोमा गुनासो पोख्दै हिजो (शुक्रबार) दिनभरि बर्बराएछ। नहुने आरोप नि लाइराखेको देखेँ। मेरो … Read more

हमासले शनिबार रिहा गर्ने चार जनाको नाम सार्वजनिक

काठमाडौं, माघ १२- हमासले शनिबार रिहा गर्ने चार बन्दीको नाम सार्वजनिक गरेको छ। हमासका अनुसार सेनाहरू करिना, अरिभ, डानियला गिल्बोआ, नामा लेभी र लिरी अल्बाड रिहा हुने भएका छन्। इजरायलले पनि यसको बदलामा प्यालेस्टाइनी जेलमा रहेका १८० जनालाई छाड्ने छ। आइतबार इजरायलमा युद्ध विराम लागु भए यता यो दोस्रो पटक बन्दी रिहा हुन लागेका हुन्। … Read more

अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध निर्वाचित

काठमाडौं, माघ १२- नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) २३औँ राष्ट्रिय सम्मेलनअन्तर्गत आज शनिबार मतदानको कार्यक्रम चलिरहेको छ । आज सम्पन्न हुन गइरहेको निर्वाचनमा केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यलगायत पदमा १३५ जना उमेदवार निर्विरोध निर्वाचित भएका छन् । अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले … Read more