अदालतको आदेशविरुद्ध निवेदन लिएर उच्च अदालत पोखरामा रवि

काठमाडौं, माघ १४- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् । हिजो राति नै रुपन्देहीबाट पोखरा गएका रवीले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध आज पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने भएका हुन । रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तत्कालै बैंक ग्यारेन्टीमार्फत … Read more

चितवनमा बहुउद्देश्यीद्वारा सञ्चालित १० कम्पनीको रू २० करोड राजस्व उठ्न बाँकी

चितवन, माघ १४- भारतीय र चिनियाँ नागरिकले जिल्लामा लगानी गरेका १० वटा कम्पनीले झन्डै रू २० करोड राजस्व नतिरेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले असुलीका लागि ताकेता सुरू गरेको छ । राजदूतावासको सिफारिसमा राजस्व कार्यालयमा दर्ता भएका ती कम्पनीमध्ये एउटा चिनियाँ नागरिकको र नौवटा भारतीय नागरिकले सञ्चालन गरेका कम्पनी हुन् । ती कम्पनीको रू १९ करोड … Read more

मलेसियाले किन निष्काशन गर्‍यो १६ जना नेपालीलाई ?

काठमाडौं मलेसिया सरकारले गैह्रकानुनीरुपमा बसेका १६ जना नेपालीलाई निष्काशन (डिपोर्ट) गरेको छ। वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् त्यहाँ पुगेका नेपालीहरूले मलेसियाको अध्यागमन कानुन उल्लंघन गरेपछि सरकारले निष्काशन गरेको हो। अध्यागमन प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई मालिन्दो एयरलाइन्स र बाटिका एयरको जहाजबाट नेपाल पठाएको स्रोतले बतायो। उनीहरू गत साता काठमाडौं आइपुगेका छन् । उच्च स्रोतका अनुसार मलेसियाबाट … Read more

अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति वित्तीय प्रणालीमा प्रवेश हुन दिनुहुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन्। सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आवद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिएका हुन्। ‘अपराधजन्य कार्यबाट … Read more

संसद् सुरु भएकै दिन अध्यादेश पेस गरिने, तयार भयो माघ महिनाको क्यालेन्डर

१४ माघ, काठमाडौं । संघीय संसद् सचिवालयले आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार पारेको छ ।सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार १८ गतेदेखि ३० गतेसम्म बस्ने बैठकका लागि संसद्को क्यालेन्डर तयार पारिएको हो । क्यालेन्डर निर्माणको तयारीका लागि सभामुख देवराज घिमिरेले पाँच प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग … Read more

सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि रोकियो बसाइँसराइ, फेरियो गाउँको मुहार

१४ माघ, म्याग्दी । रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताएका अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तला खेतीमा रमाइरहेका छन् । उनी यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउँछन् । १२ वर्षअघि करिब तीन रोपनी बारीमा सुन्तला रोपेका मगरको सुन्तला बगैँचामा ९० वटा बोटले फल दिन्छन् । यस वर्ष बगैँचाबाटै १० लाखको सुन्तला बिक्री भएको … Read more

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा चोत्लुङ पार्क अवलोकन

तेह्रथुम, माघ १४- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गर्नुभएको छ । रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले आज अवलोकन गर्नुभएको हो । पार्कको अवलोकनपछि उहाँले कङ्क्रिटको प्रयोग नगरी परम्परागत शैलीमा निर्माण गरिएको चोत्लुङ पार्कको प्रशंसा गर्नुभयो । … Read more

एचआईभी सङ्क्रमित बालबालिकाले मासिक भत्ता पाउने

तनहुँ, माघ १४ गते ।  तनहुँमा एचआईभीबाट सङ्क्रमित बालबालिकालाई मासिक भत्ता दिने भएको छ । व्यास नगरपालिकाले एचआईभी सङ्क्रमित बालबालिकालाई जीवनयापन र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक दुई हजार भत्ता दिने निर्णय गरेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । न्यौपानेले भन्नुभयो, ‘‘एचआईभी सङ्क्रमित बालबालिकाका लागि संरक्षण तथा स्याहार गर्न र उनीहरुको क्षमता विकासका … Read more

विधेयकबारे छलफल होटेलमा राखिएकोप्रति माओवादीको आपत्ति

१४ माघ, काठमाडौं । संसदमा विचाराधीन विधेयकबारे होटेलमा छलफल राखिएकोप्रति प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ । सभामुख देवराज घिमिरेसँगको भेटमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा विचाराधीन विधेयकबारे होटलमा छलफल राख्न नदिनेप्रति सजग हुन आवश्यक रहेको बताएका हुन् । ‘सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु–कि समितिका बैठक आफ्नै कार्यकक्षमा गर्नुपर्छ । तर, बाहिर … Read more

काठमाडौंको इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ

१४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन् । उनलाई लाई आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले उक्त नगद सहित … Read more