नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह

काठमाडौँ, माघ ११- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गर्नुभएको छ । मन्त्रालयमा मन्त्री भण्डारी र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीबीच आज भएको शिष्टाचार भेटका क्रममा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई बढावा दिन चाहेकाले पाकिस्तान सरकारलाई पनि उहाँले सो आग्रह गर्नुभएको हो । नेपालको सङ्घीय संसदले … Read more

जस्टिन बिबरले श्रीमती हेलीलाई इन्स्टामा ‘अनफलो’ गरेपछि भयो डिभोर्सको चर्चा

काठमाडौं, माघ ११- पपस्टार जस्टिन बिबर र सुपरमोडल हेली बिबरको सम्बन्ध विश्वभर चासोको विषय बन्ने गर्छ । नेपालमा समेत यो जोडीलाई पछ्याउने जेन(जीको संख्या उच्च छ । यी दुईबीच अफवाह बेला(बेलामा आउँछन् र यो नौलो होइन । केही दिनदेखि यो जोडीलाई लिएर नयाँ हल्ला फैलिएको छ र इन्टरनेटमा आँधीको रुप लिएको छ । त्यो हो( … Read more

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

चितवन  भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गरेकी हुन् । ताररहित महानगर बनाउने योजनाअनुरुप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको उनले बताए । यसले महानगरपालिकालाई स्मार्टसिटी बनाउन सहयोग पुग्ने … Read more

हतियारसहित चार जना भारतीय पक्राउ

महेन्द्रनगर कञ्चनपुर प्रहरीले चार जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सीमावर्ती भारतीय सहर खटिमाका चार युवकलाई एक थान पेस्तोलसहित पक्राउ गरेको हो । कञ्चनपुर प्रहरीको प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले म्यागेजिन र पेस्तोलसहित खटिमाका जीवनसिंह जिमेवाल, कोमल बिष्ट, उमेदसिंह अधिकारी र सञ्जय जेठीलाई पक्राउ गरिएको जानकारी दिए । उनले … Read more

अस्ट्रेलियाली प्रधानमन्त्रीद्वारा निर्माण प्रशिक्षार्थीलाई नगद प्रोत्साहन दिने प्रतिबद्धता

क्यानबेरा, माघ ११ गते ।  अस्ट्रेलियाका प्रधानमन्त्रीले आवास निर्माण क्षेत्रमा काम गर्ने प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गर्नुभएको छ । नेसनल प्रेस क्लबमा सन् २०२५ को पहिलो प्रमुख सम्बोधनमा चुनावी नीतिको घोषणा गर्दै प्रधानमन्त्री एन्थोनी अल्बानीसले शुक्रबार प्रशिक्षार्थीलाई थप नगद प्रोत्साहन दिने घोषणा गर्नुभएको हो । यसले अस्ट्रेलियामा ’ट्राडिज’ भनेर चिनिने अर्को पुस्ताका दक्ष … Read more

कांग्रेस संसदीय दलको बैठक माघ १३ गते

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ । सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।  

चिनियाँ राजदूतले सुनाए ‘तीन ठाउँमा तीन ब्रान्ड’को कन्सेप्ट

काठमाडौं- बिहीबार साँझ काठमाडौंमा आयोजित चिनियाँहरूको परम्परागत नयाँ वर्ष वसन्त चाडको अवसरमा राजदूत छन सोङले लामो भाषण दिए । सभामुख देवराज घिमिरेलाई प्रमुख अतिथि बनाएर गरिएको नयाँ वर्षको उक्त विशेष कार्यक्रममा नेपालका राजनीतिककर्मी, मन्त्री, उच्च पदस्थ कर्मचारी र कूटनीतिज्ञ सहभागी थिए । त्यसक्रममा लामो लिखित मन्तव्य दिने क्रममा राजदूत छन सोङले राजनीतिक टिप्पणी त गरेनन् … Read more

जापानी विद्यालयको बसमाथि आक्रमण गर्ने पुरुषलाई चीनमा फाँसी

बेइजिङ । जापानी विद्यालयबाहिर विद्यालयको बसमा आक्रमण गर्ने एक चिनियाँ पुरुषलाई फाँसी दिइएको छ । जापान सरकारले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । चीनको एक अदालतले ५२ वर्षका झोउ जियाशेङलाई जुन २४ को घटनाका लागि उक्त सजाय दिएका हुन् । जागिर गुमाएको अनि कर्जामा चुर्लुम्म डुबेकोले बाँच्ने इच्छा मरेपछि ती पुरुषले चीनको शुझोउ प्रान्तमा … Read more

मधेशमा विवादित ‘भाषा विधेयक’ फिर्ता हुने

जनकपुरधाम – मधेस सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ फिर्ता लिन लागेको छ । शुक्रबार दिउँसो १ बजेको लागि बोलाइएको बैठकमा भाषासम्बन्धी विधेयक फिर्ता लिने कार्यसूची रहेको प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए । बुधबार शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले प्रदेशको कामकाजको भाषा सम्बन्धमा प्रदेश सभामा पेस गरेको विधेयक छलफल अगावै विवादित बनेपछि … Read more

गोदावरी क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न जुटे स्थानीयवासी (तस्बिरहरू)

काठमाडौँ । ललितपुरको गोदावरी क्षेत्रमा लागेको डढेलो निभाउन स्थानीय र सरकारी निकायका प्रतिनिधिहरू परिचालित भएका छन् । हिजो साँझदेखि सुरु भएको डढेलो निभाउनका लागि शुक्रवार बिहान नेपाल आर्मीसहित सशस्त्र प्रहरी र स्थानीय जुटेका हुन् । उनीहरूले आगो नियन्त्रणमा लिए पनि दिउँसो फेरि सुरु भएको थियो । सालका रूख भएको विष्ट छाप सामुदायिक वनमा बिहीबारदेखि आगो … Read more