चीनलाई देखाउँदै प्रधानमन्त्रीले भने- हाम्रो देश हामी आफैँ बनाउन लाग्नुपर्छ

कास्की– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीहरुले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रूप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा … Read more

वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम

सिरहा– जिल्लास्थित डिभिजन वन कार्यालयले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम दिन सुरु गरेको छ । लहानमा आयोजित तीन दिने ‘कानुनी कार्यविधि’ तालिमको आज जिल्ला अदालत सिराहाका न्यायाधीश माधवप्रसाद मैनालीले उद्घाटन गरेका हुन् । न्यायाधीश मैनालीले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन तालिमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। ‘कतिपय कानुन वन ऐनमा व्यवस्था नभएको हुन … Read more

कांग्रेस नेता कोइराला र बेलायतका कानून उपमन्त्रीबीच भेट

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतका संसदीय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनसँग भेटवार्ता गरेका छन् । बेलायत भ्रमणमा रहेका कोइरालाले संसद् भवन (हाउस अफ कमन्स) मा डकिनसँग भेटघाट गरेको डा कोइरालाको निजी सचिवालयले जनाएको छ । भेटमा कोइराला र डकिनबिच नेपालको मानव अधिकारको अवस्था, सङ्क्रमणकालीन न्याय जस्ता विषयमा कुराकानी भएको थियो।

मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा करोडौँको क्षति

काठमाडौँ, माघ ३- सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रबिसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट रु दुई करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट बाह्रबिसेमा पाँच वटा घर जलेर नष्ट भएका हुन् । आगो नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा निभाइएको थियो । गाउँपालिकाका अध्यक्ष भिम सिङ्थाका अनुसार पाँच घर जलेर नष्ट हुनुका साथै घरमा रहेका … Read more

१४औँ साग आयोजनाको तयारी

काठमाडौँ, माघ ३ गते । पाकिस्तानले १४औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको तयारी गरेको छ । पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले साग ओायजनाका लागि फेब्रुअरी २५ र २६ मा बैठक बोलाउनुभएको छ । बैठक पाकिस्तानको लाहोरमा हुनेछ । सइद दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) पनि अध्यक्ष हुनुहुन्छ । यससँगै अन्योलमा रहेको साग आयोजना … Read more

९८ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा : मन्त्री यादव

काठमाडौं, माघ ३ गते ।  खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गर्नुभएको छ । बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभूत खानेपानी पुर्‍याइसक्ने घोषणा समेत गर्नुभयो … Read more

घरभित्रै छिरेर सैफ अली खानलाई हानियो छुरा, गम्भीर अवस्थामा उपचार हुँदै

मुम्बई- बलिउडका चर्चित कलाकार सैफ अली खानलाई उनको घरमै पसेर चक्कु हानिएको छ । यो घटना मुम्बईको खारस्थित गुरु शरण अपार्टमेन्टको १२ औँ तलमा बिहीबार बिहान डेढ बजे भएको हो । यस आक्रमणमा कलाकार खानको कुम, हात र शिरसहित ६ स्थानमा चक्कुको गहिरो चोट लागेको छ । सैफलाई राति २ बजे लीलावती अस्पतालमा लगिएको थियो।लीलावती … Read more

बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ: प्रचण्ड

मुग्लिन (चितवन),माघ ३- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले सोच्नुपर्ने बताउनुभएको छ । माडी नगरपालिका–१ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा सहभागी हुन आउनुभएका उहाँले सोही वडामा सञ्चालित ‘बोटे सामुदायिक होमस्टे’मा स्थानीयले स्वागत गरेपछि समुदायको संरक्षण एवं विकासलाई राज्यले बिर्सन हुँदैन भन्नुभयो । उहाँले भन्नुभयो, “तपाईहरु … Read more

कर विवादमा महानगरले भन्यो- बागमतीका मन्त्रीले कुरै नबुझी गैरजिम्मेवार अभिव्यक्ति दिए

काठमाडौं– काठमाडौं महानगरपालिकाले बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले राजस्व बाँडफाँडबारे दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार भनेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै लामिछानेले महानगरपालिकाले राजस्व बाँडफाँडको रकम प्रदेश सरकारलाई नपठाएको विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र विषय नबुझी आएको जनाएको हो। ‘माघ २ गते बुधबार काठमाडौंमा बागमती प्रदेश सरकारले गरेको स्थानीय तहका महिला जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि … Read more

वरिष्ठ अधिवक्तामाथि भएको आक्रमणको निन्दा

काठमाडौं– डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै यो कानुनी शासन र लोकतान्त्रिक पद्धति विपरीत भएको जनाएको छ । डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी र महासचिव अधिवक्ता ज्ञानेन्द्रप्रसाद अधिकारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुद्दामा पीडितको तर्फबाट बहस पैरवी गरी अदालतबाट बाहिरिने क्रममा … Read more