टर्कीको एक होटलमा भीषण आगलागी हुँदा ७६ जनाको मृत्यु

टर्की, माघ ९- उत्तरपश्चिमी बोलु प्रान्तमा रहेको टर्किएको कार्तलकाया स्की रिसोर्टमा भएको विनाशकारी आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ। घटनासँग सम्बन्धित नौ जनालाई हिरासतमा लिइएको गृहमन्त्री अली येर्लिकायाले बताए। घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दा येर्लिकायाले घटनास्थलमा खोज र उद्धार कार्य पूरा भएको पुष्टि गरे। मंगलबार बिहान लागेको आगो १२ तले काठको होटलमा द्रुत गतिमा फैलिएको … Read more

अदालतमा उपस्थित हुन बुटवल जाँदै रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि आज त्यसतर्फ जान लागेका छन्।लामिछाने त्रिभुवन विमानस्थल भएर बुटवल पुग्ने छन्। लामिछाने भोलि आफैँ अदालत उपस्थित हुने रास्वपाले बताएको छ। लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।लगत्तै उनीविरुद्ध … Read more

बाँकेको राप्ती नदीमा गोही गणना सुरु

जानकी (बाँके), माघ ८- बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु गरिएको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीमा छाडिएका घडियाल गोहीको सर्वेक्षण तथा निरीक्षणका साथै गणना सुरु गरिएको हो । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पँगेनीका अनुसार राप्ती नदीमा यसअघि पटक–पटक छाडिएका घडियाल गोहीको पनि गणना कार्य हुँदै आएको … Read more

हत्या गरिएको अवस्थामा युवकको शव भेटियो

जलेश्वर (महोत्तरी), माघ ८- यहाँको सोनमा गाउँपालिका–२ का २९ वर्षीय नरेन्द्र यादवको गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा आज शव भेटिएको छ । तत्कालीन सोनमा गाविसका पूर्वअध्यक्ष गोखुलप्रसाद यादवका छोरा नरेन्द्रको सम्सी गाउँपालिका–१ स्थित गहुँ खेतमा गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो । प्रहरी … Read more

चितवन राष्ट्रिय निकुञ्ज हुँदै यात्रा गर्दा सावधानी अपनाउन आग्रह

चितवन, माघ ८- चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोगगर्दा सवाधानी अपनाउन आग्रह गरेको छ । विगत केही दिनदेखि यस क्षेत्रमा जङ्गली हात्ती ध्रुबे देखिएकाले साँझ ५ वजेपछि यात्रा गर्दा समूहमा मात्रै गर्न निकुञ्जले अनुरोध गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार साँझ परेपछि दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्नेलाई … Read more

जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती

महोत्तरी, माघ ८- माघको पहिलो साता सकिनैलाग्दा बल्ल दुई दिनयता घाम देखिन थाले पनि महोत्तरीका अति विपन्न दलित बस्ती अझै चिसोको कहरबाट निस्कन सकेका छैनन् । दुई दिनयता मध्याह्नतिर घाम देखिए पनि त्यसअघिको शीतलहरले दलित बस्ती अझै जाडोको केही सहारा पाइन्छ कि भन्ने आशमै छन् । पछिल्लोपटक माघे सङ्क्रान्तिसँगै बढेको लगातारको बाक्लो हुस्सु र त्योसँगै … Read more

अब घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी गर्छौं : प्रधानमन्त्री ओली

८ माघ, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘अब हामी एकै दिन कम्पनी दर्ता, भ्याट दर्तादेखि … Read more

अर्धनग्न अवस्थामा युवकको शव फेला

महोत्तरी, माघ ८ गते । महोत्तरीको सोनमा गाउँपालिका वडानं. २ मा अर्धनग्न अवस्थामा एक युवकको शव फेला परेको छ । शवको अवस्था हेर्दा हत्या गरिएको हुन सक्ने आशङ्का रहेको स्थानीयवासीहरुले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले सोनमा गाउँपालिका वडानं. २ मा फेला परेको शव स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवको २९ वर्षीय छोरा ज्ञानु भनिने … Read more

पाथीभरामा केबुलकार निर्माण सुरु

८ माघ, काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने ‘पाथीभरा देवी मुकुम्लुङ दर्शन केबुलकार’ परियोजना निर्माण मंगलबारदेखि सुरु भएको छ ।हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबुलकार निर्माण कार्य सुरु भएको जानकारी दिए । जिल्लाका सबै राजनीतिक दल, सांसद्, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको सहयोग र … Read more

नदिजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा छड्के अनुगमन

धनगढी, माघ ८ गते ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र अवस्थामा सुधार ल्याउन निर्वतमान तथा पूर्व मुख्यमन्त्री र सभामुखसँग छलफल गर्नुभएको छ । मङ्गलबार धनगढीमा भएको भेटघाटमा प्रदेश सभा कसरी निरन्तर सञ्चालन गर्ने, सुदूरपश्चिमको विकास र समृद्धीमा के, कसरी काम गर्न सकिन्छ भन्नेमा छलफल गरिएको मुख्यमन्त्री शाहले बताउनुभयो । छलफलमा निर्वतमान मुख्यमन्त्री दीर्घबहादुर … Read more