नदिजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा छड्के अनुगमन

प्युठान, माघ ८ गते । जिल्लामा नदिजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलिले छड्के अनुगमन गरेको छ । जिल्लाको झिमरुक गाउँपालिकाअन्तर्गत रहेका विभिन्न निर्माणाधीन सडक, पुल, सामुदायिक अस्पताल तथा नदिजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्र घाटको अनुगमन गरिएको हो । झिमरुक गाउँपालिका ३ र ८ नम्बर वडामा पर्ने झिमरुक नदिअन्तर्गत खमारिघाट क्षेत्र १ र … Read more

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबिच सहकार्यको प्रतिबद्धता

काठमाडौं, माघ ८ गते ।  प्रमुख प्रतिपक्षसहितका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले सङ्घीय संसद्को आउँदो हिउँदे अधिवेशनलाई कानुन निर्माणका हिसाबले अधिकतम उपलब्धिमूलक तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्को हिउँदे अधिवेशन आह्वान भएको सन्दर्भमा दलका प्रमुख सचेतकहरुले देश र जनताको हितमा अवश्यक पर्ने कानुन निर्माणलाई परिणाममुखी तुल्याइने बताए । सङ्घीय संसद्को अधिवेशन … Read more

सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्रीलाई लेखा समितिले बोलायो

८ माघ, काठमाडौं । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाएको छ । मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय भएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । सभापति पोखरेलका अनुसार मन्त्री भण्डारी र सचिवलाई छलफलका लागि … Read more

आगन्तुकको रोजाइमा बागलुङको स्थानीय उत्पादन

गलकोट (बागलुङ),माघ ८- बागलुङलाई गन्तव्य बनाएर अवलोकन भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि बागलुङको स्थानीय उत्पादनले बजार पाउन थालेको छ । उनीहरूले कोसेलीका रुपमा बागलुङमा उत्पादन भएको भांगोदेखि गुन्द्रुकसम्म लैजान थालेका छन् । बागलुङका कुनाकाप्चामा उत्पादन भएको जैविक कृषि उपजको बजारीकरणमा उद्योग वाणिज्य सङ्घले सघाउन थालेपछि आगन्तुकको कोसेलीका रुपमा स्थानीय उत्पादन पर्न थालेको छ । … Read more

क्यानको कारबाहीमा परे सन्दीप, एक खेलमा प्रतिबन्ध

काठमाडौं नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ।आचारसंहिता उल्लङ्घनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो। क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ।सन्दीपले जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। बागमती प्रदेशको कप्तानी गरिरहेका सन्दीपले अम्पायरहरूले गलत निर्णय गरेको आरोप लगाउँदै सार्वजनिक रूपमा असन्तुष्टि पोखेका थिए। … Read more

कांग्रेस नेता शशांकलाई सँगै राखेर प्रचण्डले भने– ओली सरकारको आयु धेरै छैन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारको आयु धेरै नभएको दोहोर्‍याएका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ओली सरकारको भविष्यवाणी गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका प्रचण्डले कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला, नेता डा. चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर यो सरकार धेरै दिन नटिक्ने … Read more

मकवानपुर–काठमाडौँ जोड्ने दुई सडक पुनःसञ्चालन

मकवानपुर, माघ ८- सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौँ जिल्ला जोड्ने दुई सडक पुनःसञ्चालनमा आएको छ । थानकोट-चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।प्रनाउ अर्यालका अनुसार, ती दुबै सडक स्तोन्नतिका लागि गत पौष ७ गते … Read more

आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, माघ ८- अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। यसअघि आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो । उक्त म्याद सोमबार सकिएपछि प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो । सोमबार … Read more

लोप हुँदै मौलिक घर

ललितपुर, माघ ८- ललितपुर महानगरपालिका–२१ खोकना ऐतिहासिक नेवा बस्तीका रुपमा चिनिन्छ । शुद्ध तोरीको तेल पाइने र नेपालको पहिलो बिजुली बत्ती बल्ने गाउँका रुपमा खोकना परिचित छ । ऐतिहासिक सम्पदा रुद्रायणी मन्दिरका कारण पनि खोकना परिचित छ । विसं २०४६ यता राजनीतिक परिवर्तनसँगै बस्तीमा नयाँपन आएको स्थानीय बताउँछन् । ललितपुर–२१ खोकनामा जम्मा एक हजार ४० … Read more

सिंहदरबारबाट हर्क साम्पाङको गुनासो : प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिवहरूले फोन उठाइदिएनन्

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरुका स्वकीय सचिवसहितका सम्बन्धित अधिकारीले फोन नउठाइदिँदा समस्या भएको बताएका छन् । उनले फोन नउठेकै कारण समस्या भएको उनको भनाइ छ । धरानमा खानेपानीको व्यवस्थाका लागि बजेट सुनिश्चितताको मागसहित रित्तो गाग्रीसहित मंगलबार सिंहदरबार पुगेका साम्पाङले भने, ‘स्वकीय सचिवले फोन उठाइदिए र भेट्न टाइम मिलाइदिए हुन्थ्यो । … Read more