गुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण

गण्डकी, माघ ७- कास्कीको मादी गाउँपालिका-२ मा रहेको पर्यटकीयस्थल कर्पुडाँडादेखि लमजुङको क्व्होलासोथार जोड्ने पदमार्गको निर्माण अघि बढाइएको छ । एक हजार दुुई वर्षअघि गुरुङ समुदायको बसोबास रहेको  उक्त समुदायका व्यक्तिहरू त्यहाँबाट बसाई सरेको इतिहास रहेको उल्लेख गर्दै क्व्होलासोथारलाई केन्द्रित गरी पदमार्ग निर्माण सुरु गरिएको हो । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्गका … Read more

ट्रम्पको शपथ आज : यसरी हुन्छ अमेरिकी राष्ट्रपतिको शपथ र पद हस्तान्तरण

काठमाडौं । डोनाल्ड ट्रम्पले आज अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन् । गएको नोभेम्बर पहिलो साता नै निर्वाचित भएका ट्रम्पले निर्वाचित भएको २ महिनाभन्दा धेरै समयपछि अब मात्र राष्ट्रपतिको रूपमा काम सुरू गर्न लागेका हुन् । अमेरिकाको संविधानमा नै राष्ट्रपतिको निर्वाचनको मिति र शपथ ग्रहणको मिति किटान गरिएको छ । सोही व्यवस्था अनुसार हरेक ४ वर्षमा … Read more

रद्द भएको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का पुनः आह्वान

काँक्रेविहार (सुर्खेत)। डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण हुने जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न पुनः ठेक्का आह्वान गरिएको छ। जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले रू १६ अर्बमा पुनः ठेक्का आह्वान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए। गत जेठ २० गते कम्पनीले सिभिल र हाइड्रोमेकानिकलतर्फको ठेक्का आह्वान गरेको थियो। आयोजनामा हाई हिमालयन हाइड्रो र एजिई … Read more

चिसो बढेपछि सिरक डस्नाको कारोबार बढ्यो

नेपालगन्ज, माघ ७ गते । गत केही दिनयता चलेको शीतलहर र हुस्सुले गर्दा जाडोमा वृद्धि हुँदै गएपछि नेपालगन्जमा न्यानो लुगा, हिटर, कम्बल र सिरक डस्नाको बिक्रि ह्वात्तै बढेको छ । चिसो बढेपछि गत एकसाता यता न्यानो लुगा, हिटर, कम्बल र सिरक डस्नाको विक्रि बढेको व्यवसायीहरुले बताएका छन् । व्यवसायीका अनुसार नेपालगन्जको त्रिभुवन चोक, सदरलाइन, न्यूरोड, … Read more

दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण

लुम्बिनी– नेपाल प्रहरीअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालक तथा कर्मचारीको स्वास्थ्य अवस्था परीक्षण गराउने अभियान थालेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले यस वर्ष लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा दुई सय सात जना चालक तथा कर्मचारीको स्वास्थ्य परीक्षण गरेको जनाएको छ । सो कार्यालयले दुर्घटना न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउने भन्दै सवारी … Read more

बाँकेमा ३२ हजार क्विन्टल धान खरिद

बाँके– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यसवर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो । गत कात्तिक २० गतेबाट किसानका धान खरिद गर्न लागेको नेपालगञ्ज कार्यालयले पुस १९ गतेसम्म दुई महिनाको समय अवधिमा ३२ हजार २६ दशमलब ०८ … Read more

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। सरकारले संसद्‌को हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ। यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन सुरु गर्ने योजनामा सरकार छ।

नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने

काठमाडौं , माघ ७- मलेसियामा जारी आइसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मलेसियाको बांगीमा स्कटल्याण्डविरुद्ध नेपालकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकि हुन् । पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

काठमाडौँ, माघ ७- ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’बाट सम्मानित हुनुभएको छ । द इन्टरनेसनल अवार्ड फोरम युएसएद्वारा भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा उपाध्यक्ष गोलेलाई उक्त सम्मान प्रदान गरिएको हो । स्थानीय सरकारको प्रमुख जिम्मेवारीमा रहँदा महिला, बालबालिका र ज्येष्ठ नागरिकका समस्या समाधानका लागि नीति योजना, कार्यक्रम र बजेट … Read more

सशस्त्र प्रहरी दिवसमा पर्सामा रक्तदान

वीरगञ्ज (पर्सा), माघ ७- सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पर्सामा रक्तदान कार्यक्रम गरेको छ । सीमा सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले जाडोयाममा पर्सामा रगतको अभावलाई परिपूर्ति गर्नका लागि आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत सङ्कलन भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर … Read more