बुद्धिमानी महिलाका पाँच लक्षण

काठमाडौं– उच्च बौद्धिक अन्तर्मुखीहरूमा प्रायः विशिष्ट गुणहरू हुन्छन्, जसले तिनीहरूलाई अरूभन्दा फरक बनाउँछ । मनोविज्ञानका अनुसार उनीहरूको व्यवहार र प्राथमिकताहरूले उनीहरूको गहिरो सोच र आत्मनिर्भरता झल्काउँछ। यसैलाई ध्यानमा राख्दै यहाँ हामी तपाईँलाई बौद्धिक महिलाका ५ विशेष विशेषताहरूका बारेमा जानकारी दिनेछौँ, त्यसपछि तपाइले पनि थाहा पाउनु हुनेछ कि महिलाको बौद्धिकता कसरी थाहा पाउने ? अब जान्नुहोस्, … Read more

राष्ट्रिय परिचयपत्र विवादको मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउँदै

काठमाडौं– राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने तयारी गरेको छ ।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले निर्णय सुनाउने छ । यसअघि पुस २६ गते बहस सकिएको मुद्दामा फैसला सुनाउनका लागि पुस २९ गते पहिलो पेसी तोकिएकोमा अन्तिममा सूचीबाट हटेकोमा आजका लागि निर्णय सुनाउने (निसु) तोकिएको थियो । … Read more

सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी

बेलबारी (मोरङ), माघ ६- जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिनुभएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहनु भएको छ । वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आउनुभएका उहाँले सिजनमा दैनिक रु एक हजार छ सयसम्म आम्दानी हुने गरेको बताउनुभयो । भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका … Read more

सिसी र चक्की भिटामिनको भ्रम

काठमाडौँ, माघ ६- ‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न ।’ यो वाक्य अस्पताल, हेल्थपोष्ट र क्लिनिकमा काम गर्ने डाक्टर वा स्वास्थ्य कार्यकर्ताले प्रायः सुन्नुपर्छ । हातमा ठूला राम्रा टनिकका सिसी लिएर घरपरिवारका बालबालिका वा बिरामीबाट भर्खर तङ्ग्रिन लागेका व्यक्तिलाई खुवाउने प्रचलन अहिले गाउँ सहर सबै ठाउँमा बढ्दो छ । पहिले … Read more

म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ

म्याग्दी, माघ ६- भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ । नामिलाका बासिन्दालाई चिमखोलामा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो । बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध … Read more

मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा जङ्गली हात्तीले उपद्रो मच्चाउन छाडेन

सुन्दरहरैँचा (मोरङ), माघ ६- सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालययका अनुसार गतबिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उहाँको घटनास्थलमै मृत्यु भएको हो । माउ हात्ती छावा (बच्चा) सहित आएको गाउँमा आएको थियो । सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईँले … Read more

दुश्मन हेरेको हेरै…

गण्डकी, माघ ६- अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मङ्गलबार एकार्काका गीत फेसबुकमा साझा गरे । पहिले सपुतले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै…’ गीतलाई फेसुबकमा राख्नुभयो र ठट्यौली शैलीमा लेख्नुभयो, ‘दाई बाटो नछोड्ने ?’, त्यतिञ्जेल थापाको उक्त गीत युट्युब ट्रेन्डिङको शीर्षस्थानमा थियो । सपुतको फेसबुक पोस्ट आएको केहीछिनमा थापाले … Read more

बैकुण्ठधाम निर्माणका लागि २७ कठ्ठा जग्गा खरिद

नेपालगन्ज, माघ ६ गते ।  बाँकेको डुडुवा गाउँपालिका ५ राप्ती नदी तटमा बैकुण्ठधाम निर्माण गर्नका लागि आयोजक वैकुण्ठधाम सिधनियाघाटले करिब २७ कठ्ठा जग्गा खरिद गरेको छ । राप्तीको तटसँग जोडिएको स्थानीय व्यक्तिहरुको करिब २७ कठ्ठा जग्गा खरिद गरि बैकुण्ठधामको नाममा नामसारी गरिएको वैकुण्ठधाम निर्माण समितिका संयोजक डा.शुरेस कुमार कनोडियाले बताउनुभयो । उहाँका अनुसार १ बिगाहा … Read more

चराको बासस्थान लोप हुँदै

जानकी (बाँके), माघ ६- राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ । मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । “प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीबाटै जलचराको गणना सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “यो नदीमा प्रायः यहाँका … Read more

मौलिक लोक संस्कृतिको प्रवर्द्धनका लागि धादिङमा लोक सांस्कृतिक महोत्सव

मलेखु (धादिङ), माघ ६- मौलिक लोक संस्कृतिको प्रवर्द्धन गर्न यही माघ १० देखि २० गतेसम्म धादिङमा पहिलोपटक लोक सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । जिल्लाको परम्परागत मौलिक लोक संस्कृतिको प्रवर्द्धन, सांस्कृतिक पहिचानको प्रवर्द्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । कलाकारहरूको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवर्द्धन … Read more