सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै हिजो सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य … Read more

प्रचण्डको प्रश्न : भ्रष्टाचारविरुद्ध जसरी जानुपर्ने हो त्यसरी गइरहेका छौं त ?

१९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए । ‘जहाँ भ्रष्टाचार भएको, समाजले मानेको छ । गम्भीर ढंगले सदनमा प्रश्नहरू उठेका छन् … Read more

एमसीसीले छ अर्ब ८० करोड अतिरिक्त सहायता उपलब्ध गराउने

वासिंटन। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ। अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब बराबरको एमसीसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले आज जनाएको छ। “मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सञ्चालक … Read more

दम्पतीको नाक काट्ने नेकपा बहुमतका जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौं, पुस १९- दाङ घोराहीका एक दम्पतीको नाक काटिदिएको आरोपमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन्। घोराही उमहानगरपालिका–१५, बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतलाई गत मंसिर ६ गते घोराही–१५, ओमशान्ति टोलस्थित सडकमा हिँडिरहेको बेला नाकमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो। उक्त घटनापछि … Read more

भरतपुरको रामघाटमा अनियन्त्रित बलेरोको ठक्करबाट एक महिलाको मृत्यु

चितवन, पुस १९- भरतपुर महानगरपालिका–४ रामघाटमा अनियन्त्रित बलेरोको ठक्करबाट स्थानीय एक महिलाको मृत्यु भएको छ । महिलालाई ठक्कर दिएर अघि बढेको बलेरोले उनको घरमा समेत क्षति पुर्‍याएको छ । बिहीवार बेलुका ६ः२० बजेको समयमा नारायणगढबाट शिवघाटतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ च १२४४ नम्बरको बलेरो अनियन्त्रित भई नजिकै उभिरहेकी स्थानीय ४५ वर्षीय नुरजहान खातुनलाई ठक्कर दिएको … Read more

चितवन साहित्य परिषदबाट समालोचक रमेश प्रभात पुरस्कृत

चितवन, पुस १९- १४१ औँ लेखनाथ जयन्तीका अवसरमा चितवन साहित्य परिषदका समालोचक रमेश प्रभात पुरस्कृत भएका छन् । चितवन साहित्य परिषद्ले समालोचक रमेश प्रभातको समालोचना कृति ‘अलिकति फरक कुरा’लाई चिसाप कृष्ण–कृष्णा साहित्य पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो। भरतपुर महानगरपालिका वडा नम्बर–१५ मङ्गलपुर निवासी साहित्यकार रमेश प्रभातले २०४० को दशकदेखि हाइकू, गजल, मुक्तक, कविता तथा … Read more

संविधान संशोधनलाई कांग्रेस–एमालेले सत्ता प्राप्तिको बहाना बनायो : माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संविधान संशोधनलाई नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता प्राप्तिको बहाना बनाएको आरोप लगाएको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधान संशोधनलाई दुई ठुला दलले सत्ता प्राप्तिको बहना बनाएको आरोप लगाएका हुन् । ‘संविधान संशोधनलाई बहाना बनाएर कांग्रेस र एमालेलाई सत्ता चाहिएको छ । … Read more

मुस्ताङ घुम्ने विदेशी पर्यटक बढे, हिमाल र हिमाली जीवनशैली आकर्षण

म्याग्दी । मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ। सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ५० दशमलब २० प्रतिशत अथवा ४५ हजार तीन सय ६३ ले बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ। मुस्ताङ घुम्ने पर्यटकको संख्या … Read more

सुशासनको सुनिश्चिता सरकारको प्राथमिकताः गृहमन्त्री लेखक

काठमाडौं, पुस १८ गते ।  गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले भन्नुभयो, “सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताका रुपमा लिएको छ, सुशासनको सुनिश्चिता … Read more

स्थानीय तहका कर्मचारीको समस्या समाधान गरिनेछ : मुख्यमन्त्री सिंह

महेन्द्रनगर– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ कार्यान्वयनको चरणमा रहेकाले स्थानीय तहका कर्मचारीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री सिंहद्वारा आज जारी विज्ञप्तिमा स्थानीय तहमा कार्यरत कर्मचारीका समस्याबारे आफू अवगत रहेको बताउँदै कर्मचारीका समस्या समाधानका लागि आवश्यक प्रयास भइरहेकाले कुनै किसिमका प्रदर्शन वा कार्यक्रम … Read more