भारतीय गायक अरमान मलिकले गरे बिहे

भारत, पुस १८- भारतीय गायक अरमान मलिकले विवाह गरेका छन्। उनले प्रेमिका आशना श्राफसँग विवाह गरेका हुन्। उनीहरूले बिहीबार इन्स्टाग्राममार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्। अरमान मलिक संगीतकार दबो मलिकका छोरा हुन्। उनका दाइ अमाल मलिक पनि संगीत क्षेत्रमा आवद्ध छन्। अरमान र अमालले एकसाथ थुप्रै गीत गाएका छन्।

पहिलो नेपाली महिला राजदूत शाहको निधन

काठमाडौँ, पुस १८- पहिलो नेपाली महिला राजदूत बिन्दा स्वारी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी शाहको आफ्नै निवास कालीमाटी, काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सन् १९८८ मा तत्कालीन राजा विरेन्द्र वीरविक्रम शाहले उनलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए । राजदूतका रुपमा नियुक्ति पाउने उनी नै पहिलो … Read more

सुशासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छः गृहमन्त्री लेखक

काठमाडौँ, पुस १८- गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान कन्द्रित गरेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिकाले आजदेखि कार्यान्वयनमा ल्याएको जिपिएस/जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जडान तथा सडक चोकको नामकरणको आज यहाँ शुभारम्भ गर्नुहुँदै उहाँले सुशासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ भन्नुभयो । गृहमन्त्री लेखकले … Read more

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ,पुस १८- नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु माझिटार भन्ने स्थानमा रहेको थियो ।

पौष २५ गते देखी माघ १० गते सम्म चितवन महोत्सव -२०८१ हुँदै

भरतपुर । चितवनमा यहि पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदि किनारमा १५ औं चितवन महोत्सव २०८१ हुने भएको छ । चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिएर हुँदै आएको चितवन महोत्सव नारायणी नदी किनारमा हुने आयोजक उद्योग वाणिज्य संघ चितवनले बिहीबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । प्रत्येक २/२ वर्षमा … Read more

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक समितिबाट पारित

काठमाडौँ । भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विधेयक सर्वसम्मतिबाट पारित गरेको हो । समितिका सभापति रामहरि खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए । लगत्तै उक्त विधेयक सर्वसम्मतिबाट पारित गरिएको हो ।

शेरादरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यमा सहयोग गछौं : अध्यक्ष प्रचण्ड

काठमाडौं, पुस १८ गते ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुुहुँदै उहाँले ललिता निवासको जस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले शेरा … Read more

मुक्कुमलुङ दर्शन गर्न पुगेका तीनजना पक्राउ, ताप्लेजुङमा तनाव

सुनसरी–  ताप्लेजुङको सेमुक्ति कोक्मा/मुक्कुमलुङ संरक्षणमा लागेको आरोपमा तीन युवाहरूलाई बुधबार राति ताप्लेजुङ बजारबाट प्रहरीले पक्राउ गरेपछि थप तनाव बढेको छ । मुक्कुमलुङ संयुक्त संघर्ष समिति सल्लाहकारसमेत रहेकी ‘नो केवलकार अभियन्ता’ सरु सिङ्गककाअनुसार मुक्कमुलुङ दर्शन गर्न इलामबाट आएका जनम इधिङ्गो लिम्बू, सञ्जोग नुगो र सुसिल नुगोलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको … Read more

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटको समयमा धक्का महसुस गरिएको हो । भूकम्पको तीव्रता कति थियो भन्ने स्पष्ट भइसकेको छैन । धक्का भने सामान्य अवस्थामै स्पष्ट महसुस गर्न सकिने खालको थियो ।