इटहरीमा बम भनिएको शंकास्पद वस्तु प्रेसर कुकर

काठमाडौं । इटहरी उपमहानगरपालिका अगाडि मंगलबार बिहान भेटिएको शंकास्पद वस्तु प्रेसर कुकर रहेको पुष्टि भएको छ। बिहानै बम राखिएको हल्ला फैलिएपछि नेपाली सेनाको कालीशक्ति गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा प्रेसर कुकर फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कुकरभित्र राष्ट्रिय सुरक्षा दल (एनडिएस) केन्द्रीय अध्यक्ष नसिम लेखिएको पर्चा भेटिएको छ। पर्चाका … Read more

चितवनमा गैँडाको आक्रमणमा परी दुई घाइते

चितवन,पुस १६- पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको … Read more

कांग्रेसको उद्योग तथा व्यापार विभागमा थपिए १० जना सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनीत गरेका छन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को ९ बमोजिम सदस्य मनोनीत गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ सो विभागमा प्रमुख छन् ।यी हुन् मनोनयन भएका सदस्यहरू खगेश्वर बोहरा, कञ्चनपुर मीनबहादुर भण्डारी, जुम्ला … Read more

श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताएका छन्। संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्धारा काठमाडौमा मंगलबार आयोजित छैठौं श्रम संसदलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्। मुलुकको विकास भनेको केवल आर्थिक … Read more

जयबहादुरको लोभ लाग्दो उद्यम, गोलभेँडा बेचेरै सात लाख बचत

घोराही । दाङको घोराही उपमहानगरपालिका-१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ। उनलाई बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ। विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन्। भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उनी बताउँछन्। ‘यस वर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन’, उनले भने, ‘यही … Read more

‘आक्रामक’ बन्न मिलेका कांग्रेस एमाले ‘रक्षात्मक’, संविधान संशोधनको संभावना कम

काठमाडौं। असार १५ का दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकहाँ ‘दही चिउरा’ खान गएपछि सघन छलफल गरेर १७ गते मध्यराति लिखित सहमतिपछि तय भएका कांग्रेस एमालेका एजेण्डा अन्ततः ‘दही चिउरे’ एजेण्डामै सीमित हुने देखिएको छ। दुई दलबीच संविधान संशोधनलाई मुख्य एजेण्डा बनाउने सहमति भएको भनिए पनि संविधान संशोधनतर्फ दुवै … Read more

सरकार चलाउन मात्रै गठबन्धन होइन : महासचिव पोखरेल

बाँके, पुस १६ गते । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच नियमित सरकार सञ्चालनका लागि मात्रै गठबन्धन नबनेको बताउनुभएको छ । नेकपा (एमाले) नेपालगञ्ज उप–महानगरपालिका कमिटीको आयोजनामा आईतबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाली लोकतन्त्रमा बलियोमाथि कमजोरले शासन गर्ने गलत अभ्यासलाई नियन्त्रण गर्दै विकास र समृद्धितर्फ देशलाई अघि … Read more

फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ । विद्युत् अभावमा फास्ट ट्र्याकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको छ । … Read more

सालका रूख काट्न अनुमति : नाम किसानको, लाभ व्यापारीलाई

१६ पुस, काठमाडौं । भावना श्रेष्ठले २२ पुस, २०७९ मा अर्घाखाँचीको सिद्धारा–३ मा ५ रोपनी भिरालो पाखो किनिन् । काभ्रेकी स्थायी बासिन्दा उनले कुनै खेतीपाती नहुने त्यो ठाउँमा जग्गा किन्नु अनौठो काम थियो । त्यही महिना काठमाडौंका स्थायी बासिन्दा विवेक श्रेष्ठले पनि सिद्धाराका विभिन्न ठाउँमा टुक्रे जग्गाहरू किने । उनले एकपटक किनेको जग्गा मात्रै करिब … Read more

सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक नेपाल भित्रिए

काठमाडाैं। सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। आज बिहानसम्मको तथ्यांकअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको जानकारी दिए। सन् … Read more