नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, पुस २१- यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो । आज तीन सय २७ कम्पनीका ९३ लाख ८६ हजार सात सय २१ कित्ता शेयर ६१ … Read more

पाइपलाइनबाट पेट्रोल आयात तयारी : ढुवानी खर्च लिटरमा साढे २ रुपैयाँ बचत

२१ पुस, काठमाडौं। नेपालमा पहिलो पटक पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात तयारी भइरहेको छ । भारत मोतिहारीबाट नेपालको बारा अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न आवश्यक संरचना निर्माण सम्पन्न भई अहिले विभिन्न चरणमा परीक्षणको काम जारी रहेको छ । ‘पेट्रोल र मट्टीतेल आयात गर्न आवश्यक संरचना निर्माणको काम सकियो,’ नेपाल आयल निगमका कार्यकारी निर्देशक … Read more

क्षतिको मूल्याङ्कन र पुनःनिर्माण तीव्र रुपमा अगाडि बढ्छः गृहमन्त्री लेखक

काठमाडौँ,पुस २१- गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्र गतिमा अघि बढेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा गृहमन्त्री लेखकले विपद्बाट भएको क्षतिको मूल्याङ्कन र पुनःनिर्माण तीव्र रुपमा अगाडि बढ्ने बताउनुभएको हो । “डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपद्बाट भएको … Read more

जैविक मल उत्पादनमा जोड

कावासोती, पुस २१ गते ।  रासायनिक मलको बढ्दो प्रयोगले उर्वराशक्तिमा कमी आएकाले माटोलाई स्वस्थकर राख्न जैविक मलको आवश्यकता बढी रहने विज्ञहरूले बताउनुभएको छ । पछिल्लो समय माटोमा अम्लियपनको मात्रा बढ्दै जान थालेपछि उर्वराशक्तिमा ह्रास आउन थालेको छ । यसै अनुरुप जिल्लाको मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन गर्दै आएका छन् । जैविक मललाई … Read more

क्षतिको मूल्यांकन र पुनः निर्माण तीव्र रूपमा अगाडि बढ्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनः निर्माण तीव्र गतिमा अघि बढेको बताएका छन्  । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा गृहमन्त्री लेखकले विपद्बाट भएको क्षतिको मूल्यांकन र पुनः निर्माण तीव्र रूपमा अगाडि बढ्ने बताएका हुन्। ‘डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपद्बाट भएको क्षतिबारे … Read more

चिया पिउन छिमेकीको घरमा गएकी वृद्धाको ग्यास लिक आगलागी हुँदा मृत्यु

काठमाडौँ, पुस २१- पर्वतमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। पर्वतको कुश्मा नगरपालिका-१० पीपलटारी पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा ग्यास चुहिएर एक्कासि आगलागी हुँदा छिमेकी ७३ वर्षीया दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो। पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन्। घटनामा … Read more

मान्छे बेगरका घरहरु

लमजुङ, पुस २१- छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । “मान्छे बेगरको घर यस्तै त हुन्छ नि १ बेवारिसे झैँ”, छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका–१० बोराङकी ८७ वर्षिया रमादेवी न्यौपानेलाई उद्देक लाग्छ । उहाँको घर दायाँबायाँ, जहाँत्यहीँ फर्किंदा उस्तै जीर्ण र छिमेकी बेगर … Read more

हृदयाघातबाट पालिका कर्मचारीको निधन

मान्म (कालीकोट), पुस २१- हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका-३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ । आज बिहान कार्यालय जाने तरखरमा रहनुभएका उहाँको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो । सत्र वर्षअघि उहाँ राष्ट्रसेवामा प्रवेश गर्नुभएको थियो । उहाँकी श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ … Read more

यस्तो छ अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आइतबारदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स, एमाले र नेपाली काग्रेस गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, गठनबन्धन सरकारपछिका ६ महिनाबारे समीक्षा गरिएको छ।\ त्यसैगरी राजनीतिक अस्थिरता, अराजकता, … Read more

प्रधानन्यायाधीश र न्यायाधीशलाई प्रधानमन्त्री र मन्त्रीपछिको मर्यादाक्रममा राख्नू

२१ पुस, काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीशलाई प्रधानमन्त्री र संघीय मन्त्रीपछिको मर्यादाक्रममा समावेश गर्न उचित हुने भनी व्याख्या गरेको छ । मर्यादाक्रम सम्बन्धी एक विवाद निरुपणका क्रममा सर्वोच्च अदालतले न्यायाधीश समाजको एक प्रतिवेदन उद्धृत गर्दै मर्यादाक्रम तय गर्दा विवेक पुर्‍याउनु भनी सरकारको ध्यानाकर्षण गराएको हो । १९ चैत, २०७९ मा न्यायाधीश समाजले … Read more