आधा किलो सुनसहित काभ्रेबाट २ जना पक्राउ

काठमाडौं । काभ्रेमा आधा किलो भन्दाबढी सुनसहित २ जना पक्राउ परेका छन्। बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी … Read more

ओलीले फेरि भने– १८ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह  नगरपालिका– ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको सोमबार आरम्भ गरेका छन् । साविक महारानीझोडा गाविसमा ४ हजार घरघुरीका करिब ८ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाई समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो । … Read more

अङ्कुसेले तानेर १४ लाखको सुन चोरी ,आरोपीको क्लु अहिलेसम्म पक्राउ परेनन्

भक्तपुरको लोकन्थलीमा चोरले अङ्कुसेले तानेर करिब १४ लाखको सुन चोरेर भागे । कार्तिक १५ मा भएको सो घट्नामा संलग्न आरोपीको क्लु अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । मध्यपुर थिमी नगरपालिका–२ लोकन्थलीस्थित बिगमार्ट नजिकै होमबहादुर काउछाको डेरामा लक्ष्मीपूजा गर्दा पूजा कोठामा राखेको करिब ९ तोला सुन चोरी भएको थियो । भोजबहादुर बस्नेतको साढे २ तले … Read more

काठमाडौँमा दुई जना पुरुष मृत फेला

काठमाडौँका छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन्। काठमाडौँ महानगरपालिका-१४, बल्खुमा डेरा गरी बस्ने महोत्तरी भँगाह नगरपालिका-४ का ६५ वर्षीय लालबहादुर श्रेष्ठ मृत फेला परेका छन्। उनी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। यस्तै, काठमाडौँ महानगरपालिका-२४ नरदेवीमा पनि अर्का पुरुष मृत फेला परेका छन्। उनको हाल नाम, थर, … Read more

वातावरण संरक्षणमा आम महिलाको भूमिका सराहनीय छ : राज्यमन्त्री विक

काठमाडौं – वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वन र वातावरण संरक्षणमा आम महिलाको भूमिका सराहनीय रहेको बताएकी छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले लौङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सोमबार आयोजित कार्यक्रममा उनले प्राकृतिक स्रोत, वन तथा वातावरणसँग महिलाहरूको प्रत्यक्ष सम्बन्ध रहेकाले यसलाई सँगै लिएर संरक्षणका काम गरिनुपर्नेमा उनले जोड दिइन्। ‘वन र वनपैदावारको … Read more

सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन र आर्थिक समृद्धिः गृहमन्त्री लेखक

कर्णाली, मंसिर २४- गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताउनुभएको छ ।गृह मन्त्रालयद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भ्रष्टाचार तथा अपराध नियन्त्रण र विधिको शासन कायम गर्न लाग्नुपर्ने र ती कुरामा कुनैपनि सम्झौता नहुने जिकिर गर्नुभयो … Read more

रवि लामिछानेलाई पर्सा लैजान पोखरा एअरपोर्ट पुर्‍याइयो

काठमाडौं,मंसिर २४- सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ ।सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्ने प्रयोजनका लागि पर्सा लैजान उनलाई प्रहरीले विमानस्थल लगेको हो । गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई कास्कीको पोखराबाट पर्सा लगिसकिएको छ । लामिछानेलाई काठमाडौं ल्याएर सिमरा हुँदै … Read more

रविलाई काठमाडौं ल्याइयो, आजै जहाजबाट पर्सा लगिने

काठमाडौं- सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरण बयानका लागि सोमबार पोखराबाट काठमाडौं हुँदै लग्न लागिएको हो । लामिछानेलाई पोखरा विमानस्थलबाट जहाजमा काठमाडौं ल्याइएको छ । काठमाडौंबाट अब … Read more

नोबेल पुरस्कार समितिका सदस्य र नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीबीच संवाद

ओस्लो, २४ मङ्सिर । नोबेल समितिले सन् २०२३ को शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीसँग उनी पुरस्कृत भएपछि पहिलो पटक प्रत्यक्ष कुराकानी गरेको छ । समितिले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो कलको क्लिपअनुसार मोहम्मदीले आफु पुरस्कृत भएको जानकारी प्राप्त गरेपछि इभिन जेलको महिला वार्डमा रहेका कैदीले ‘वुमन लाइफ फ्रिडम’ को नारा लगाएर पुरस्कार समितिप्रति कृतज्ञता व्यक्त … Read more

भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शन

  काठमाडौँ, मंसिर २४- भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारितभएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील विभिन्न सामाजिक सङ्घ संस्थालेसमेत विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस … Read more