म्याद थपको समय घटाउने विभागको निर्णयमा उच्च अदालतको ‘ब्रेक’

काठमाडौँ । आन्तरिक राजश्व विभागले आयव्यय विवरण बुझाउने अवधि घटाउने गरी गरेको निर्णय कार्यान्वयनमा उच्च अदालत पाटनले रोक लगाएको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलको एकल इजलासले यस्तो निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । विभागले गत असोजमा सूचना जारी गर्दै सबै प्रकारमा व्यावसायिक संस्थाको आय व्यय विवरण … Read more

दक्षिण कोरियाली राष्ट्रपतिमाथि यात्रा प्रतिबन्ध

दक्षिण कोरियाली राष्ट्रपतिमाथि सोमबार यात्रा प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै यात्रा प्रतिबन्ध लगाएको जनाएको हो । संसदीय सुनुवाइमा एक सांसदले मङ्गलबार सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लागेका युनलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो भनी गरिएको प्रश्नमा … Read more

अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने बताएका छन्। राष्ट्रपति चुनाव जितेपछि पहिलो पटक एनबिसी टेलिभिजनसँग अन्तर्वार्ताका क्रममा ट्रम्पले जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताएका हुन्। ट्रम्मले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्नेछन्। आफूले राष्ट्रपतिको पद सम्हाल्नेबित्तिकै आप्रवासी र नागरिकताको सम्बन्धमा भएका व्यवस्थाहरूको पुनरवलोकन गर्ने उनले बताएको बिबिसीले एनबिसीलाई … Read more

रवि लामिछानेमाथि राज्यले अमानवीय व्यवहार गर्‍यो : पुष्पकमल दाहाल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले निरङ्कुश व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत दाहालले अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित व्यक्तिमाथि अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको भन्दै यसलाई रोक्न उनले आग्रह गरेका हुन्। ‘अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति … Read more

घटेन घरेलु हिंसा : जबरजस्ती करणीमा उजुरीको चाङ

काठमाडौं, मङ्सिर २४ गते ।  नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८०-८१ मा महिला तथा बालिकामाथि हुने हिंसाको २० हजार ७९२ घटना दर्ता भएका छन् । पछिल्लो पाँच वर्षमा महिला तथा बालिकामाथि हुने विभिन्न प्रकृतिका हिंसामध्ये सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् । देशभर महिला तथा बालिकाविरुद्ध हुने हिंसाको घटना आर्थिक वर्ष २०७६-७७ मा १५ हजार ७५६, २०७७-७८ … Read more

आधा किलो सुनसहित काभ्रेबाट २ जना पक्राउ

काठमाडौं । काभ्रेमा आधा किलो भन्दाबढी सुनसहित २ जना पक्राउ परेका छन्। बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी … Read more

ओलीले फेरि भने– १८ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह  नगरपालिका– ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको सोमबार आरम्भ गरेका छन् । साविक महारानीझोडा गाविसमा ४ हजार घरघुरीका करिब ८ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयवासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाई समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो । … Read more

अङ्कुसेले तानेर १४ लाखको सुन चोरी ,आरोपीको क्लु अहिलेसम्म पक्राउ परेनन्

भक्तपुरको लोकन्थलीमा चोरले अङ्कुसेले तानेर करिब १४ लाखको सुन चोरेर भागे । कार्तिक १५ मा भएको सो घट्नामा संलग्न आरोपीको क्लु अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । मध्यपुर थिमी नगरपालिका–२ लोकन्थलीस्थित बिगमार्ट नजिकै होमबहादुर काउछाको डेरामा लक्ष्मीपूजा गर्दा पूजा कोठामा राखेको करिब ९ तोला सुन चोरी भएको थियो । भोजबहादुर बस्नेतको साढे २ तले … Read more

काठमाडौँमा दुई जना पुरुष मृत फेला

काठमाडौँका छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन्। काठमाडौँ महानगरपालिका-१४, बल्खुमा डेरा गरी बस्ने महोत्तरी भँगाह नगरपालिका-४ का ६५ वर्षीय लालबहादुर श्रेष्ठ मृत फेला परेका छन्। उनी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। यस्तै, काठमाडौँ महानगरपालिका-२४ नरदेवीमा पनि अर्का पुरुष मृत फेला परेका छन्। उनको हाल नाम, थर, … Read more

वातावरण संरक्षणमा आम महिलाको भूमिका सराहनीय छ : राज्यमन्त्री विक

काठमाडौं – वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वन र वातावरण संरक्षणमा आम महिलाको भूमिका सराहनीय रहेको बताएकी छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले लौङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा सोमबार आयोजित कार्यक्रममा उनले प्राकृतिक स्रोत, वन तथा वातावरणसँग महिलाहरूको प्रत्यक्ष सम्बन्ध रहेकाले यसलाई सँगै लिएर संरक्षणका काम गरिनुपर्नेमा उनले जोड दिइन्। ‘वन र वनपैदावारको … Read more