चीनसँग मैले गरेको समझदारीलाई प्रधानमन्त्रीले अहिले फोटोकपी गरेर प्रचार गरिरहनुभएको छ : प्रचण्ड

काठमाडौं, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा आफूले अघि वर्ष गरेको समझदारीलाई अघि बढाएको भन्दै ओलीले कुनै नयाँ समझदारी नगरेको दाबी गरेका छन् । उनले भने,‘ मैले गतसाल गरेका सबै स हमति र समझदारीलाई उहाँले फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको … Read more

रविलाई पोखरा लैजाँदा ज्यादती गरेको मूल्य कांग्रेस-एमालेले चुकाउनुपर्नेछ: प्रचण्ड

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभामा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले रविमाथि मध्यरातमा प्रहरीबाट ज्यादती भएको दाबी गरे ।उनले भने, “अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य कांग्रेस र … Read more

एनपीएलः कर्णालीलाई पोखराले दियो १०४ रनको लक्ष्य, विलिएमले दिए ६ विकेट

काठमाडौँ, मंसिर २५- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । विलियम बोसिस्टोले घातक बलिङसामु पोखरा १६.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको हो ।बोसिस्टोले ४ ओभर बलिङ गर्दै मात्र २८ रन खर्चेर ६ विकेट लिए । जारी लिगमा … Read more

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौँ — टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्ने मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने गोरखा घर भएका ४९ वर्षीय खड्गबहादुर अधिकारी समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ, अमेरिकी डलर ७ सय र ४ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै सिन्धुपाल्चोक, … Read more

गुगलको नयाँ चिप, जसको गतिले पार्नेछ अचम्म

काठमाडौं । गुगलले एक नयाँ अत्याधुनिक चिप सार्वजनिक गरेको छ । उक्त चिपले विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटरलाई पनि दस सेप्टिलियन वर्ष (१०,०००,०००,०००,०००,०००,०००,०००,००० वर्ष) लाग्ने समस्या ५ मिनेटमै समाधान गर्ने दाबी छ ।पार्टिकल फिजिक्सका सिद्धान्त प्रयोग गरी यो चिपबाट नयाँ प्रकारको अत्यन्त शक्तिशाली कम्प्युटर बनाउने प्रयास भइरहेको छ । गुगलले यसको नाम राखेको छ – विलो … Read more

हुस्सुका कारण हवाइ उडान ठप्प

काठमाडौं । मौसममा आएको परिवर्तनसंगै हुस्सुका कारण पूर्वी क्षेत्रका अधिकांश विमानस्थलमा मंगलबार बिहान उडान ठप्प भएको छ। बाक्लो हुस्सुका कारण मध्याह्न करिब १२ बजेसम्म अधिकांश विमानस्थलमा उडान र अवतरण हुन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहान जनकपुर, सिमरा, भद्रपुर, विराटनगर, चन्द्रगढी, राजविराज लगायत विमानस्थलमा उडान, अवतरण हुन सकेन। विमानस्थल कार्यालयका अनुसार चन्द्रगढी, … Read more

सुदूरपश्चिमले २१ माग राख्दै माला आन्दोलन थालेको १८ वर्ष पुग्यो, पाँच माग मात्रै पूरा

१८ वर्षअघि सुदूरपश्चिमलाई छाउपडी र देउकीको क्षेत्र भनेर चिन्थे धेरैले । सोही समयममा कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा थिए गोपाल हमाल । जो अहिले धनगढी उपमहानगरका मेयर पनि छन् । हमालले सुदूरपश्चिम छाउपडी र देउकीको क्षेत्र नभई कला, सस्कृतिको धनी, सुन्दर र क्षमता भएकाहरूको क्षेत्र हो भनेर चिनाउनका लागि एउटा साझा थलोको आवश्यकता महसुस गरे … Read more

द्वन्द्वपीडितलाई गम्भीर धोका नहोस्

आज डिसेम्बर १०, विश्व मानवअधिकार दिवस हो । संयुक्त राष्ट्रसंघले सन् १९४८ मा आजकै दिन ‘विश्व मानवअधिकार घोषणा पत्र १९४८’ लामो प्रक्रियापछि पारित भएको दिन हो । यस वर्ष ‘हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै’ (आवर राइट्स, आवर फ्युचर, राइट नाउ) भन्ने विश्वव्यापी नारा सहित ७६औं विश्व मानवअधिकार दिवस संसारभर मनाइँदैछ । विश्वका हरेक व्यक्तिको … Read more

गढीमाई मेलाबाट फर्किएको गाडी यसकारण दुर्घटनामा परेको आशंका

रौतहटमा आठ जनाको ज्यान जानेगरी भएको दुर्घटना चालक निदाएकाले हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। मंगलबार मध्यराति १ बजेतिर चन्‍द्रपुर नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा खण्डमा बा १६ च ३१६२ नम्बरको गाडी दुर्घटनामा परेको थियो। बिहान प्रहरीको कन्ट्रोलमा फोन आएपछि इलाका प्रहरी कार्यालय चपुरबाट डिएसपी राजकुमार राई र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख एव‌ं प्रहरी निरीक्षक … Read more

प्रतिनिधिसभासँग राष्ट्रियसभा १३ गोलले पराजित

काठमाडौँ, मंसिर २५- सङ्घीय संसद् को १८औँं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ ।भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको खेलमा प्रतिनिधिसभाले शून्यकाविरुद्ध १३ गोलले राष्ट्रिय सभालाई पराजित गरेको हो । प्रतियोगितामा सबैभन्दा धेरै प्रतिनिधिसभा सदस्य मोहन आचार्यले पाँच गोल गर्नुभयो । त्यसैगरी तारा लामाले तीन, माधव सापकोटा र सुहाङ नेम्वाङले … Read more