कांग्रेस सभापति देउवाको निवास अगाडि बम राख्ने व्यक्ति पक्राउ

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकै रहेको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले बताए। जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले … Read more

पूर्वप्रधानमन्त्री खनाल चीन भ्रमणमा

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आज चीन प्रस्थान गरेका छन् । नेता खनालको साथमा पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि चीन भ्रमणमा गएका छन् । मित्र राष्ट्र चीनको निमन्त्रणामा अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्स–२०२४ को आठौँ श्रृंखलामा सहभागी हुन साताव्यापी भ्रमणको क्रममा नेता खनालले डिसेम्बर १ मा बेइजिङमा … Read more

ब्लेडले घाँटी रेटी धनुषामा प्रेमिकाको हत्या

जनकपुरधाम । धनुषामा बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले ब्लेडले घाँटी रेटेर प्रेमिकाको हत्या गरेका छन्। धनुषाको जनकनन्दिनी गाउँपालिका-५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको प्रेमी जनकनन्दिनी गाउँपालिका–३ का २२ वर्षीय रामललित खत्वे मण्डलले हत्या गरेका हुन्।गत मंसिर ८ गते रेखाको शव जनकनन्दिनी गाउँपालिका ४ खजुरी स्थित आमा खोलामा प्लास्टिकको बोरामा बेरेर फालिएको अवस्थामा … Read more

कर बढाउने घोषणापछि ट्रम्पलाई भेट्न अमेरिका पुगे ट्रुडो

फ्लोरिडा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न फ्लोरिडा पुगेका छन् । यो बैठक यस्तो समयमा हुन लागेको हो, जब केही दिनअघि ट्रम्पले क्यानडामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए। ट्रुडो शुक्रबार साँझ फ्लोरिडाको पाम बिच इन्टरनेसनल एयरपोर्टमा अवतरण भएको क्यानाडाली मिडियाले जनाएको छ । जहाँबाट उनी ट्रम्पलाई उनको घर … Read more

स्क्विड गेम विश्वभर लोकप्रिय भयो तर निर्माताले किन पैसा कमाउन सकेनन् ?

जीन म्याकेन्जी जब मैले सुपरहिट कोरियन थ्रिलर शृङ्खला स्क्विड गेमका निर्देशकलाई पहिलो शृङ्खला बनाउँदा उनको छ वटा दाँत भाँचेको रिपोर्टको बारेमा सोधे, उनले तुरुन्तै भने, ‘हुन सक्छ आठ वा नौवटा।’ अनि गलल हाँसे । ह्वाङ डोङ-ह्युक आफ्नो डिस्टोपियन नेटफ्लिक्स थ्रिलरको दोस्रो शृङ्खलाको सुटिङ पूरा गरेपछि सेटमा मसँग कुरा गरिरहेका थिए ।ऋणको बोझले दबिएका सयौँ व्यक्तिको … Read more

चिनियाँ ठेकेदार कम्पनीले सुरु गर्‍यो नारायणगढ बुटवल सडकखण्डको काम

१५ मंसिर, चितवन । बर्खा सुरु भएसँगै रोकिएको नारायणगढ बुटबल सडकखण्डको काम चिनियाँ ठेकदारले सुरु गरेको छ । ठेकेदार कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन’ले एक हप्ता अगाडि केही कामदारलाई पुल, रिटेन्सनवाल लगायतका सामान्य काम गर्न लगाएको छ । ११३ किलोमिटर लामो यो सडकखण्डलाई चाडै काम सक्न भन्दै दुई खण्डमा विभाजन गरेर अलग अलग ठेक्का लगाइएको थियो … Read more

हिज्बुल्लाहले भन्यो, इजरायल चाहन्छ भने हामी पनि युद्ध गर्न तयार छौँ

काठमाडौँ-  लेबनानमा इरान समर्थित सशस्त्र समूह हिज्बुल्लाहका प्रमुख नइम कासिमले इजरायलसँगको युद्धविरामबारे पहिलोपटक सार्वजनिक वक्तव्य दिएका छन्।उनले यस सम्झौतालाई हिज्बुल्लाहको ‘महान् जित’ भनेका छन्। साथै उनले लेबनानी जनताको धैर्यको प्रशंसा गरेको बीबीसीले जनाएको छ। गत मंगलबारमा इजरायल र हिज्बुल्लाहबीच युद्धविराम सम्झौता भएको थियो। बुधबारदेखि लागू भएको युद्धविराम उल्लंघनको आरोप पनि दुवै पक्षले लगाएका छन्।युद्धविराम सम्झौता अमेरिका … Read more

दिवंगत पितृका नाममा पशुपति क्षेत्रमा शतबीज छरियो

काठमाडौं । पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा शतबीज छरिएको छ। प्रत्येक दिन मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिनमा पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिएको हो। पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकैका क्षेत्रमा आज बिहानैदेखि दिवङ्गत पितृका नाममा शतबीज छर्ने भक्तजनको … Read more

लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था

ठूलीभेरी (डोल्पा), मंसिर १५- यहाँको त्रिपुरासुन्दरी नगरपालिका– १० स्थित लिकु स्वास्थ चौकीलाई पोषणमैत्री स्वास्थ संस्था घोषणा गरिएको छ । स्वास्थ्य सेवा कार्यालय डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा र विश्व खाद्य कार्यक्रम ‘एमडीआई नेपाल’ले विभिन्न सूचकको आधारमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो । आफ्नो क्षेत्र भित्र पर्ने ६ महिना देखि ५९ महिना भित्रका बालबालिकालाई वर्षमा … Read more

दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’

ढोरपाटन (बागलुङ), मंसिर १५- बागलुङको बरेङ गाउँपालिकामा घरमा सुत्केरी घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य भएको छ । गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर स्थापना गरेपछि दुई वर्षदेखि बरेङ ‘शून्य होमडेलिभरी’ बनेको हो । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले पाँचवटै वडाका स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना गरेपछि गर्भवती सुत्केरी हुनका लागि स्वास्थ्य संस्थामै आउने गरेका छन् । महिलामा … Read more