सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुस्मा कोइराला मेमोरियल अस्पताललाई जलन अस्पतालको रुपमा विकास गरिन लागेको जानकारी दिएका छन्। काठमाडौंको शङ्खरापुर नगरपालिकास्थित साँखुमा रहेको अस्पतालका संस्थापक देशीय निर्देयक हाइन स्टालको बिदाइ तथा नयाँ देशीय निर्देशक अल्बर्ट बेन्जिनको स्वागतमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले सरकारले पछिल्लो समय जलन उपचारलाई प्राथमिकता दिएर काम गरिरहेको बताए। उनले भने, … Read more

कर्मचारीतन्त्र भित्रको चित्र ‘९६ गड्डी’

काठमाडौँ, मङ्सिर १४ गते । “फूल हौँ, सुगन्ध हौँ, या स्वर्गकी परी हौँ । परीमा पनि सर्वोपरी, भन कुन देशकी चरी हौँ ।।” प्रकाश तिवारीद्वारा लिखित उपन्यास ‘९६ गड्डी’ भित्र पात्रहरूको भावनालाई कवितामार्फत प्रस्तुत गरिएको सृजनाको एक हरफ हो यो । उपन्यास ‘९६ गड्डी’ सदाचार, नैतिकता र आदर्शबाट विमुख हुँदै गएको नेपाली राजनीति र कर्मचारीतन्त्रभित्रको … Read more

पाकिस्तानमा इमरान खानकी पत्नी बुशरा बीबीसहित ३०० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमतीविरुद्ध पाकिस्तानमा मुद्दा दर्ता भएको छ । नोभेम्बर २४ मा भएको आन्दोलनका सम्बन्धमा उनीविरुद्ध यो मुद्दा दर्ता भएको हो ।इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा पीटीआई कार्यकर्ता र समर्थकहरूले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरू पाकिस्तानको इस्लामावादमा पनि प्रवेश गरेका थिए। बुशरा बीबी बाहेक पीटीआई नेता हाकिम खानसहित ३०० जनालाई … Read more

बिजौरीमा बस दुर्घटना, १८ जना घाइते

तुलसीपुर, मङ्सिर १४ गते । घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक ठकुरीका अनुसार बसमा ३७ जना यात्रु सवार थिए । प्रहरीका अनुसार बस करिब सवा … Read more

मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावत (पूर्णपाठ)

काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावत राखेको छ। मौद्रिक सूचकहरू सकारात्मक देखिँदा राष्ट्र बैंकले विद्यमान व्यवस्थाहरु यथावत राखेको हो। “मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई पाँच प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दरलाई तीन प्रतिशत र … Read more

एकैदिन प्रतितोला एक हजार ६०० रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, मंसिर १४- नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो। योसँगै आज सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

हेटौंडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर, १४ मङ्सिर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार बिहान सवा ६ बजेको समयमा हेटौंडा बजारबाट … Read more

गृह मन्त्रालयका १२ जना उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले मन्त्रालय मातहतका १२ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको बुधबार भएको निर्णयअनुसार मातहतका उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो । मन्त्रालयका अनुसार उपसचिव चिरञ्जीवी भण्डारीलाई भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ l यस्तै कारागार कार्यालय झुम्काका कारागार प्रशासक ध्रुवप्रसाद कोइरालालाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ … Read more

नेपाल अफ्रिका फिल्म फेस्टिवल हुने

काठमाडौं । राजधानीमा १३ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिवल–२०२५ हुने भएको छ। यसमा सहभागी हुन चाहने फिल्म, टेलीफिल्म र लघु फिल्म समावेश गर्न आयोजक पक्षले अनुरोध गरेको छ। माघको पहिलो साता काठमाडौंमा हुने फेस्टिवल कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहआयोजनामा हुन लागेको हो। फेस्टिवलमा अफ्रिकासँगै … Read more

स्वर्णलक्ष्मी सहकारी ठगीबारे रविको बयान जारी, जिबी र रविले रकम झिकेका कागजात फेला

काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिन सुरू गरेको छ। स्वर्णलक्ष्मी सहकारी संस्था कालिमाटीका बचतकर्ताको रकम ठगी गरेको आरोपमा लामिछानेसँग सरकारी वकिलले बयान थालेको हो। स्वर्णलक्ष्मी सहकारी ठगीबारे बयानका लागि लामिछानेलाई जिल्ला प्रहरी कास्कीबाट बिहीबार साँझ काठमाडौं ल्याइएको थियो। बिहीबार नै वकिल कार्यालयमा उपस्थित गराएपछि लामिछानेलाई जिल्ला … Read more