प्रचण्डले भने – खबरदारी सभा कसैलाई बचाउनका लागि होइन

१० कात्तिक, काठमाडौं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नु सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको बताएका छन् । शनिबार काठमाडौंमा भएको खबरदारीसभामा उनले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको बताएका हुन् … Read more

आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ : नेता कोइराला

काठमाडौँ, कात्तिक १० गते  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले शनिबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम छ भन्नुभयो । … Read more

सरकारले गरिबी र भोकमरीबाट जनतालाई तड्पिन दिँदैन : प्रधानमन्त्री

काठमाडौँ, कात्तिक १०गते  प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेकपा (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गर्नुभएको छ । वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वाेत्तम प्रणाली भएकाले यस प्रणालीप्रति … Read more

सरकार फेर्न हतार छैन, ढुक्कसँग चलाए हुन्छ : प्रचण्ड

१० कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै उनले माओवादीले सरकार फेर्न हतार गर्‍यो भन्ने भ्रम छ भने फाल्न आग्रह गरे । ‘माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको छ भन्ने बुझ्नुभएको छ भने तपाईंहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस्’, … Read more

जंगलमा हराएका आन्तरिक पर्यटकको उद्धार

भोजपुर । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चारजना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले कार्तिक ९ गते उद्धार गरेको छ ।उद्धार गरिएकाहरु सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का ब्यक्तिहरु रहेका छन् । उनीहरु सोही ठाउँको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकी जंगलमा हराएका थिए ।सो बारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी … Read more

सहकारी ठगीको दोषीमा परेका कसैलाई छाडिँदैनः मन्त्री गुरुङ

लमजुङ,कात्तिक १०- सरकारले सहकारी ठगीसम्बन्धी छानविन गर्न संसदीय छानविन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताएको छ।रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि अनुसन्धान प्रभावित पार्न र न्यायालयमाथि दबाब दिन सडकमा बितण्डा मच्चाइरहेको बेला सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनुसन्धान नरोकिने प्रष्ट बताएका हुन्। मन्त्री गुरुङले जतिसुकै ठूलो दबाब आए … Read more

तिहारका लागि एक अर्ब बराबरको भाइमसला भित्रियो

वासिङ्टन, कात्तिक १० गते संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ ।“हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्व यो चक्र थप वृद्धि नगरी अन्त्य गर्न सकियोस्”, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सीन साभेटले पत्रकारहरूलाई भन्नुभयो । इजरायली सेनाले शनिबार … Read more

तिहारका लागि एक अर्ब बराबरको भाइमसला भित्रियो

काठमाडौँ तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तसम्ममा १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा प्रयोग हुने ड्राईफुट्स आयात भएको हो । जसमध्ये  १ करोड ४५ लाख ६ हजार रुपैयाँको १२ हजार ७७७ किलो पेस्ताआयता भएको छ भने २६ करोड १ … Read more

काठमाडौंमा माओवादीको खबरदारी जुलुस

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले शनिबार (आज) काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्रको बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा खबरदारी जुलुस सुरु भएको हो ।  सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्ग पुगेर खबरदारी सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । माओवादीले … Read more

बिजुली बक्यौता उठाउन ‘बच्चा अपहरण गरेर फिरौती मागेजस्तो’ गर्नुहुन्न

१० कात्तिक, काठमाडौं नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विवादमा बक्यौता नतिरेको आरोपमा उद्योगहरूको लाइन काटेको छ ।सञ्चालक समिति अध्यक्ष तथा विभागीय मन्त्रीलाई समेत जानकारी नदिई लाइन काटिएपछि अहिले सरकार र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच दुरी बढेको छ । सात वर्षदेखि जारी यो विवादको पछिल्ला विकास र सरकारका आगामी कदमबारे ऊर्जा, जलस्रोत तथा … Read more