पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लिन स्वीप

काठमाडौं–  अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा क्लिन स्वीप गरेको छ ।सोमबार सिरिजको तेस्रो खेल अस्ट्रेलियाले ७ विकेटले जितेसँगै सिरिज क्लिन स्वीप गरेको हो । यस खेलमा पाकिस्तानले दिएको ११८ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले १८.१ ओभरमा अल आउट हुँदै ११७ रन बनाएको थियो । अस्ट्रेलियाले यसअघि सिरिजको पहिलो खेल २९ रनले र दोस्रो … Read more

चुनावकै दिन मतपेटिका ढुवानी गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले १६ मंसिरमा स्थानीय तह उपनिर्वाचनमा मतदान सकिएपछि त्यसै दिन मतपेटिका ढुवानी व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । सोमबार निर्वाचन आयुक्त सगुनशमशेर जबरा संयोजकत्वमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदान भएकै दिन मतपेटिकाहरू सुरक्षित रुपमा मतगणनास्थलसम्म ढुवानी र सुरक्षा गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत् जिल्ला सुरक्षा समितिलाई निर्देशन … Read more

मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण

उत्तरप्रदेश (अयोध्या), मङ्सिर ३- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गर्नुभएको छ ।विश्व हिन्दू परिषद् नेपाल धनुषाद्वारा आज अयोध्याधाममा आयोजित समाराहेमा मुख्यमन्त्री सिंहले राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा मुख्यमन्त्री सिंहले नेपाल र भारतबीच परापूर्वकालदेखि आर्थिक सामाजिक, धार्मिक र रोटी—बेटीकोसम्बन्ध रहेकाले … Read more

बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा

म्याग्दी, मंसिर ३- म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ । गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय दुई सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य आठ वटा ठेक्का प्रक्रीयामा रहेका नगरपालिकाले जनाएको छ । सडक, खानेपानी, सिचाई, … Read more

मलेखु–मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा

चितवन, मङ्सिर ३- पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । तीन वर्ष भित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । अहिलेसम्म १८ प्रतिशत मात्र … Read more

एन्टिबायोटिकको दुरुपयोग रोक्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, मंसिर ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधीको असरलाई न्यूनीकरण गर्न (फैलावट रोक्ने) आफ्नो तहबाट सक्दो पहल गर्न सबैसँग आग्रह गर्नुभएको छ । विश्व प्रतिजैविक सचेतना सप्ताह २०२४ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । साथै प्रधानमन्त्री ओलीले प्रतिजैविक प्रतिरोधको बारेमा आफू र आफ्नो … Read more

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा

काठमाडौं। हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र? पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन्। धार्मिक मान्यताअनुसार पाथीभरा भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन्। मागेको कुरा पुग्ने जनविश्वास पनि छ। ताप्लेजुङ जिल्लास्थित पाथीभरा पर्वतको शीखरमा अवस्थित प्रसिद्ध तीर्थस्थल हो, पाथीभरा। यहाँ धार्मिक पर्यटकको मात्र घुइँचो लाग्ने गरेको छैन्, … Read more

चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु

चितवन: चितवनमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा ग्यास बुलेट ठक्कर दिदाँ अन्दाजी ५५/६० वर्षीया पैदल यात्री महिलाको घटनास्थलमै मृत्यु भएको हो । जिल्लन प्रहरी कार्यालय चितवनका अनुसार आज (सोमबार) दिउँसो १२ः२५ बजे भारतबाट बनेपा जाँदै गरेको एनएल ०१ एन २०८० नम्बरको भारतीय ग्यास बुलेटले महिलालाई ठक्कर … Read more

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक विदा

काठमाडौँ । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमवार शोक विदा दिने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। बैठकले पूर्व सभामुख ढुंगानाको निधनमा श्रद्धाञ्जली व्यक्त … Read more

पूर्वसभामुख ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय

काठमाडौँ। सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने र उनको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । “पूर्वसभामुख ढुङ्गानाको सम्मानमा … Read more