कुवामा डुबेर एक जनाको मृत्यु

तुलसीपुर– कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आइतबार बिहान कुवामा डुबेर मृत्यु भएको हो ।आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । चौधरीकी भाउजू आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई … Read more

पार्टीविरुद्ध समाचार प्रसारण गर्यो भन्दै रास्वपाका कार्यकर्ताले पत्रकारमाथि गरे हातपात

काठमाडौँ, कात्तिक ४- पोखरामा रविको समर्थनमा उत्रिएका रास्वपाका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि आन्दोलनरत पार्टीका कार्यकर्ताले गरेको हातपात र तोडफोड गरेको उल्लेख छ । निषेधाज्ञा तोड्दै निकालिएको जुलुसको … Read more

हनी ट्रयाप प्रकरणका योजनाकारसँग एसपीको आधा घण्टा वार्ता

४ कात्तिक, काठमाडौं युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा अहिले चार जना ललितपुरमा प्रहरी हिरासतमा छन् । ९ असोजमा पक्राउ परेका प्रहरी प्रभाग भैंसेपाटीका सहायक हवल्दार महेन्द्र हमाल, सुनसरी इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापामाथि आपराधिक लाभ र संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । सहायक हवल्दार हमालमाथि युवतीको प्रयोग … Read more

रवि लामिछानेको पक्राउ ठिक छ, पूर्वाग्रह होइनः जनमोर्चा

काठमाडौं,कात्तिक ४- राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विषय ठिक रहेको जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरी विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले अनुसन्धान हुनु सही र स्वाभाविक भएको बताएका हुन् । अरू विपक्षी दलहरूले पक्राउको विरोध गर्दै गर्दा विपक्षी जनमोर्चाले भने स्वागत गर्दै … Read more

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

काठमाडौँ, कात्तिक ४  गते    व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताउनुभएको हो । … Read more

सभापति लामिछानेलाई अदालत उपस्थित गराइयो

गण्डकी, कात्तिक ४- सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । शुक्रबार पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका उहाँविरुद्ध अनुसन्धान गर्न म्यादको अनुमतिका लागि अदालतमा उपस्थिति गराइएको हो । सभापति लामिछानेलाई अदालत लैजाने क्रममा रास्वपाका सासंद, नेता तथा … Read more

‘छक्का पञ्जा-५’ को व्यापार ‘ज्वाइँ साब’ भन्दा पाँच गुणा बढी

काठमाडौं – फूलपाती अर्थात्‌ असोज २४ बाट प्रदर्शनमा आएका तीन फिल्म ‘छक्का पञ्जा ५‘, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छन् । दुई फिल्मले सुरुवाती सात दिनको कमाइ सार्वजनिक गरेका थिए । ज्वाइँ साबले भने कमाइ सार्वजनिक गरेको थिएन । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको ‘छक्का पञ्जा-५’ ले सुरुवाती सात … Read more

पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी, विरोध प्रदर्शन नगर्न निर्देशन

पोखरा,असोज ४- पोखरामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आइतबार बिहान ११ः४५ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा अर्को सूचना प्रकाशित नभइन्जेलसम्म जारी रहने प्रशासनले जनाएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र ५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन गरिएको छ । “५ जनाभन्दा बढी व्यक्ति … Read more

राहत र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छ: प्रधानमन्त्री

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनःस्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सिन्धुली जिल्ला कमिटीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षतिका सम्बन्धमा आज प्रधानमन्त्री निवास, बालुवाटारमा दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले पछिल्ला मन्त्रिपरिषद्का बैठक र राष्ट्रिय … Read more

पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी रहेको जनाएको छ। सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा आज जारी निषेधाज्ञासम्बन्धी सूचनामा सहिदचोकको पूर्वपट्टि वाइचोक, … Read more