झ्याप्लेखोलाको पहिरोः गोरखाबाट काठमाडौँ छुटेको बस भेटियो

गोरखा गोरखाको लापुबेंसीबाट छुटेर गत शुक्रबार रातीदेखि सम्पर्कविहीन यात्रुबाहक बस पृथ्वीराजमार्ग अन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ ।धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले जानकारी दिए । ‘गाडीको नम्बर नै फेला पर्‍यो,’ उनले भने । बसको डण्डीमा चालकको मोबाइल नम्बर … Read more

बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला

काठमाडौं काठमाडौंको बाग्मती नदीको पुलमा खड्किएको अवस्थामा एक जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित क्रियापुत्रीको घरपछाडि बाग्मती नदीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव भेटिएको हो । सशस्त्र प्रहरीको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शव आइतबार बिहान बालमन्दिर खटिएको टोलीले शव निकालेको हो । अहिलेसम्म उनको पहिचान नखुलेको डिएसपीले बताए।

काभ्रेको रोशीमा फसेकाको उद्धारार्थ हेटिकप्टर परिचालन

काभ्रेपलाञ्चोक। बिहीबारदेखिको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ। यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली सेनाको हेलिकप्टर पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर बिहान पौने १० बजे त्यसतर्फ गएको छ। शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको प्रयास गरिएको भए पनि … Read more

एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक

काठमाडौँ,  असोज १३ गते ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाउनुभएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव  भीष्म अधिकारीले बताउनुभयो । बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुने जानकारी उहाँले दिनुभयो । बैठकमा जलजन्य विपद्का कारण देशका … Read more

झ्याप्ले खोलाबाट थप ११ शव निकालियो, गोरखाबाट आउँदा हराएको बसका यात्रु हुन सक्ने

काठमाडौं। नागढुंगा नजिकै झ्याप्ले खोलाबाट पुरिएका थप ११ जनाको शव निकालिएको छ। यी शव हिजो भेटिएका माइक्रोबस बाट निकालिएका शवभन्दा फरक र थप हुन् । शव ९ पुरुष र २ जना महिलाको भएको बताइएको छ। यी शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा हराइरहेको बसका यात्रुहरूको हुन सक्ने आशंका गरिएको छ तर यो पुष्टि हुन सकेको छैन। … Read more

उदयपुरमा खोलाले बगाउँदा युवतीको मृत्यु

उदयपुर (गाईघाट) जिल्लाको रौतामाई गाउँपालिका-१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले बगाउँदा शनिबार मृत्यु भएको हो । हिसिला साँझ अबेरसम्म खेतबाट घर नफर्केपछि निजका परिवार आफन्तले खोजीका क्रममा खोला किनारमा उनको … Read more

झ्याप्लेखोला पहिरोः ३ ठूला बसपछि भेटियो माइक्रोबस

धादिङ धादिङको धुनिबेसी नगरपालिका-९, झयाप्लेखोलामा गएको पहिरोमा तीनवटा ठूला बस निकाल्ने क्रममा अर्को एउटा माइक्रोबस पनि पुरिएको अवस्थामा भेटिएको छ।त्यही पहिरोमा पुरिएका तीनवटा बस निकाल्ने क्रममा माइक्रोबस पनि फेला परेको धुनिबेँसी नगरपालिका ९ नम्बर वडाका वडासदस्य विक्रम रानाले जानकारी दिए। रानाका अनुसार घटनास्थलबाट हालसम्म ७ जनाको शव निकालिएको छ। ती शव गोरखाबाट काठमाडौँतर्फ गइरहेको बस … Read more

माओवादी केन्द्रका अध्यक्षद्वारा युद्धस्तरमा पुनःनिर्माणका काम थाल्न अनुरोध

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी, घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूको पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । अध्यक्ष दाहालले आज एक विज्ञप्ति जारी गरी विपद्मा परी एक सय जनाभन्दा बढीको ज्यान गइसकेको, ठूलो … Read more

सरस्वती युवा क्लब भरतपुर १५ को अध्यक्षमा शुभास सिलवाल चयन

१३ असोज, चितवन– श्री सरस्वती युवा क्लब भरतपुर १५ को अध्यक्षमा शुभास सिलवाल चयन भएका छन । क्लवको १९ औं अधिवेशनले सिलवाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अध्यक्षमा निर्विरोध निर्वाचित सिलवाल सामाजिक सेवामा सकृय रहँदै आएका छन । उनि विभिन्न हिमाल आरोहण गरेर पनि चर्चामा रहँदै आएका सहकर्मीहरुले बताए । बिदुर केसी निर्वाचन अधिकृत … Read more

अविरल वर्षाः देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

काठमाडौँ अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक विभागले आज दिउँसो १२ बजेसम्म सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन्भने काठमाडौँ उपत्यका … Read more