रास्वपाले बोलायो आकस्मिक बैठक

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आकस्मिक बैठक बोलाइएको छ । दिउँसो ३ बजे बस्ने गरी जुम मीटिंग बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समिति, संसदीय दल, प्रदेश, जिल्ला र र्यापिड एक्सन टीमको संयुक्त बैठक बोलाएको छ ।

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा (मकवानपुर) पहिरोमा पुरिएको आशङ्का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका छ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताउनुभयो । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका थिए । यसैबीच, … Read more

पानी नरोकिएपछि नारायणगढ-मुग्लिन-नागढुङ्गा सडकखण्डमा भोलिसम्म सवारी सञ्चालनमा रोक लगाइयो

चितवन नारायणगढ-मुग्लिन-नागढुङगा सडकखण्डमा भोलिसम्मका लागि सवारी आवागमनमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिहिबारदेखि अविरल परेको वर्षाका कारण पहिरोको जोखिम कायम रहेको भन्दै यस सडकखण्डमा सवारी साधान आवागमनमा रोक लगाएको हो । प्रशासकिय अधिकृत अन्तिम सिंजालीले आज एक सुचना जारी गर्दै यस सडकखण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको जानकारी दिनुभएको छ । … Read more

जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

नवलपरासी । पानीको सतह बढेपछि नवलपरासीस्थित नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठका अनुसार त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ ढोका खोलिएको हो । अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा करिब चार लाख क्युसेक पानीको बहाव रहेको छ … Read more

खुर्कोट पुल बगाउँदा मन्थली विमानस्थलमा पनि पस्यो बाढी

काठमाडौं भिषण वर्षाका कारण सुनकोशीमा आएको बाढीले खुर्कोटको पुल बगाएको छ । यो पुल खुर्कोटबाट रामेछाप, दोलखा, ओखलढुंगा जोड्ने सडकमा निर्मित थियो । जसका कारण आवागमन प्रभावित हुने छ । त्यहाँ नजिकै रहेको झोलुंगे पुल पहिला बगाएको र त्यसपछि खुर्कोट बगाएको हो । त्यस्तै, रामेछापको हातेचौर र मन्थली विमानस्थलमा पनि तामाकोशीको बाढी पसेको उनले बताए … Read more

पूर्वमुख्यमन्त्री राईले दिए प्रकाश तामाङलाई ३ आना जग्गा

विराटनगर- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले प्रकाश तामाङलाई जग्गा उपलब्ध गराएका छन्। पूर्व मुख्यमन्त्री राईले शुक्रबार भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी ३ आना जग्गा उपलब्ध गराएका हुन्। परिवारको सम्पर्कबाट करिब ३५ वर्ष बाहिर रहेका तामाङ गत महिना घर फर्किएपछि चर्चामा आएका हुन्।  नागरिकतासमेत बनाउन नपाएका तामाङले आफ्नै पुर्ख्यौली थलोमा कृषि पेशामा आवद्ध हुने इच्छा व्यक्त गर्दै … Read more

अविरल वर्षाः ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौँ अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता … Read more

काठमाडौं उपत्यकामा बाढी : २३ को मृत्यु, ९१८ को उद्धार

काठमाडौँ — अविरल वर्षका कारण बिहीबार रातिदेखि आएको बाढी, पहिरो र डुबानका कारण २३ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शनिबार १२ बजेसम्म २३ जनाको मृत्यु भएको छ । ११ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अरू केही बेपत्ता छन् । प्रहरीका अनुसार काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ५ … Read more

भारी वर्षाका कारण काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु

काठमाडौँ — शुक्रबार बिहानदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको छ ।काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडाैं प्रहरीका एसएसपी बसन्त रजाैरेले अरु केही हराईरहेकाे र खाेजी कार्य जारी रहेकाे बताए । भक्तपुरमा तीन जनाको मृत्यु भएको एसपी … Read more

चितवनका १ सय ५० भन्दा बढी घर डुबानमा (यस्तो छ जिल्लामा बाढी पहिरोको क्षती)

चितवन बिहिबार देखि आएको अविरल वर्षका कारण चितवनका १ सय भन्दा बढी घरमा बाढी पसेको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, नारायणी नदी र माडीको रिउ खोलामा आएको बढीका कारण विभिन्न संघ संस्था सहित १ सय ५० भन्दा बढी सर्वसाधारका घरमा बाढी पसेको हो।आज बिहान साढे ८ बजे आएको नारायणीको बढी भरतपुर महानगरपालिका-१६का गुम्बाचौर, रामघाट, … Read more