नारायणगढ-मुग्लिन सडकमा आज रातभर गाडी चलाउन नपाइने

चितवन नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन नपाइने भएको छ ।बिहिबार रातिदेखि परिरहेको बर्षाले रातीको समयमा पहिरोक‍ो जोखिम आंकलन गरि जिल्ला सुरक्षा समितिले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मा गाडी चलाउ नदिने भएको हो ।चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए । विपद् प्राधिकरणका … Read more

पूर्वरक्षामन्त्री इशिबा जापानकाे प्रधानमन्त्री बन्ने

जापानका पूर्वरक्षामन्त्री शिगेरु इशिबा प्रधानमन्त्री बन्नु हुने भएको छ । सत्तारूढ ‘लिबरल डेमोक्रेटिक पार्टी’ (एलडीपी) को नेता चुनिएसँगै पूर्व रक्षामन्त्री इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने समाचार एजेन्सी रोयटर्सले जनाएको छ । आज भएको दलको नेताको चुनावमा ६७ वर्षीय इशिबाले दुई सय १५ र उहाँका महिला प्रतिस्पर्धी साने ताकाइचीले एक सय ९४ मत प्राप्त गर्नुभएको छ … Read more

अविरल वर्षाका कारण नदीको सतह बढ्दो, सतर्कता अपनाउन महानगरको आग्रह

काठमाडौं काठमाडौं महानगरपालिकाले अविरल वर्षाका बीच आवश्यक सतर्कता अपनाउन र विपद् सामनाका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ ।उपत्यकामा बिहीबार रातिदेखि लगातार भइरहेको वर्षा र वर्षाका कारण हुन सक्ने सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । महानगरपालिकाले शुक्रबार दिउँसो सूचना जारी गर्दै भनेको छ, ‘नियमित झरी र समय समयमा भारी वर्षा भई … Read more

नौबीसेको सुरुङमार्गनजिकै लेदोसहितको पहिरो, राजधानी छिर्ने सडक ठप्प

काठमाडौं,  नागढुंगा-नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी प्रवेश गर्ने सडक पूरै ठप्प भएको छ। शुक्रबार दिउँसो लेदोसहितको पहिरो खसेपछि नौबीसेतर्फको सुरूङमार्गको प्रवेशद्वारनजिकै सडक पूरै बन्द भएको हो । पहिरो खसेपछि करिब एक घण्टादेखि राजमार्ग बन्द छ । जसकारकाण राजधानी पस्ने र बाहिरिने सयौँ सवारीसाधनको जाम लागेको छ । अझैसम्म पहिरो … Read more

पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा चितवन राष्ट्रिय निकुञ्ज

चितवन वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार निकुञ्जको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रका रुटअन्तर्गतका संरचना मर्मत सुरु गरिएको छ । उहाँले भन्नुभयो, “पश्चिम … Read more

पर्यटन क्षेत्रले अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको छ: कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार ४५औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्‍याइरहेको योगदानको प्रशंसा गरे । तर, उनले सन्तोषजनक अवस्था भने नरहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने … Read more

देश विकासलाई गति दिन संविधान संशोधन आवश्यकः मन्त्री दाहाल

मोरङ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन्। विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकको विकास निर्माण दु्रत गतिले अगाडि बढाउनका लागि निर्वाचन प्रणालीका बाधा अड्चन हटाउन संविधान संशोधन गर्न लागिएको प्रष्ट पारे। उनले निर्वाचन प्रणाली सुधार गर्ने सन्दर्भमा महिला, विभिन्न जातजातिको प्रतिनिधित्व स्थानीय रुपमा निर्वाचित गरेर … Read more

पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा मनाइयो पर्यटन दिवस

लुम्बिनी विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आज पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा ९खेन्पो छिमे०ले पर्यटकलाई खादा र नेपाली ढाकाटोपी लगाइ स्वागत गर्नुभएको हो । जापानी नागरिक युकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई स्वागत गरिएको हो । … Read more

देशका यी नदीहरुको जल सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीहरुको बहाव बढ्ने हुनाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाले मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गर्दै आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने भएकाले नदीहरुको जल सतह बढ्न सक्ने जानकारी दिएको … Read more

बजेट अभावमा परम्परागत बाली प्रवर्द्धन कार्यक्रम रोकियो

काभ्रेपलाञ्चोक परम्परागत रूपमा स्थानीय समुदायले खेती गर्दै आएको परम्परागत (रैथाने) बाली प्रवर्द्धन–संरक्षण अभियान बजेट अभावका कारण रोकिएको छ । उक्त कार्यक्रमलाई तीव्रता दिइएको काभ्रेमा बजेट अभावमा दुई वर्षदेखि रोकिएको हो । आर्थिक वर्ष २०७८/ ७९ सम्म बागमती प्रदेश सरकारले उक्त कार्यक्रमलाई बजेट विनियोजन गर्दा जिल्लास्थित कृषि कार्यालयमार्फत रैथाने बाली प्रवर्द्धन एवं संरक्षण प्राथमिकताका साथ गर्दै … Read more