संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं। गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन दिएका छन् । मन्त्रीपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको विषय गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप गृहमन्त्री लेखकले प्रहरी प्रधान कार्यालयलाई तत्कालन … Read more

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ, रवि निगरानीमा

काठमाडौं। सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् । गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन … Read more

यस्तो छ आइतबार बिदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ८७ पैसा र बिक्री दर एक सय … Read more

प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेट

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको हो।

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार शनिबार आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका … Read more

२०८१ साल असोज ६ गते आइतवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कृत्यमा या शुभ कार्यमा सरिक पनि भइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राजनैतिक र सामाजिक कार्यमा दोष लाग्न सक्छ । कसैले झुट पनि बोल्नसक्छन्, … Read more

युनाईटेड टेक्निकल कलेजमा “दिगो निर्माण प्रबिधि र व्यवस्थापनः चुनौती र अवसर बिषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

चितवन: भरतपुर-११ चितवनमा अवस्थित युनाईटेड टेक्निकल कलेजमा भोली असोज ६ गते “दिगो निर्माण प्रबिधि र व्यवस्थापनः चुनौती र अवसर” बिषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको छ। उक्त सम्मेलनमा दिगो निर्माण प्रबिधि र व्यवस्थापनमा काम गर्नुभएका निर्माण क्षेत्रका बिशेषज्ञ, विद्वान् र विभिन्न बिश्वबिधालयका सोधकर्ताहरुको सहभागिता रहने छ । ज्याक्सन बिश्वबिधालय, अमेरिका सहित पोखरा र पुर्वान्चल बिश्वबिधालयबाट आउनुभएका … Read more

डाक्टर साथीको शुभारम्भ : अब अस्पतालको सेवा घर घरमा

चितवन । घरघरमै चिकित्सकीय सेवा दिने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित दुरसञ्चार रोडमा डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेजको सेवा शुभारम्भ गरिएको छ । उक्त संस्थाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल र उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओली लगायतले उद्धघाटन गर्नुभएको हो । उद्धघाटनपछि बोल्दै … Read more

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व

वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व संकलन गरेको छ । भन्सार विभागले भदौसम्म रु ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ। भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत … Read more

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलालाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छन्। क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भनिन् “महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान छन् र यससम्बन्धी मान्यताहरु पनि विकास भएका छन्, तर पनि महिलालाई नेतृत्वमा पुग्न … Read more