नेपाल र सर्बियाबीच भिसा छुटसम्बन्धी एमओयूमा हस्ताक्षर

काठमाडौं। नेपाल र सर्बियाबीच कूटनीतिक र आधिकारिक राहदानी धारकहरूका लागि भिसा छुटसम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्यूयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा र सर्बियाका विदेशमन्त्री मार्को जुरिकबीच एमओयूमा हस्ताक्षर भएको हो । हस्ताक्षरपछि परराष्ट्रमन्त्री राणाले दुवै देशबीच निरन्तर संलग्नताको सहकार्यको अपेक्षा राख्दै एमओयूका लागि सर्बियालाई धन्यवाद दिएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेल आज चितवन आउँदै

चितवन:  राष्ट्रपति रामचन्द्र पौडेल आज चितवन आउँदै छन् । राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आयोजना गरेको विशेष कार्यक्रमलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल बिहान ११ बजे भरतपुर आइपुग्ने र त्यस लगत्तै क्यान्सर अस्पतालको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी … Read more

विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवाबीचको विभेद अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री ओली

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। उनले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताए। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले माउन्ट सिनाइ अस्पताल र एम्प्याथ नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विज्ञान र … Read more

२०८१ साल असोज १० गते बिहिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तसँग रमाइलो भेटघाट हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला … Read more

राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेश

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन्। सो क्रममा राष्ट्रपति पौडेलले दलित समूदायको समग्र स्थीतिको अध्ययन गरि उनीहरुको अधिकारका लागि आयोगले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे। उनले आयोगले दिएका सुझावहरुलाई सरकारले प्राथमिकताका … Read more

भरतपुर महानगरले भत्कायो नारायणगढस्थित लायन्स भवन

चितवन:  पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको नारायणगढस्थित लायन्स भवन भत्काइएको छ । भरतपुर महानगरपालिकाले डोजर प्रयोग गरी लायन्स क्लबको पाँच तले भवन आज भत्काएको हो । अतिक्रमित संरचना हटाउन दिइएको समयभित्र पनि नहटाइएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो । भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि … Read more

सरकारको कार्यशैलीप्रति किन असन्तुष्ट छन् शेखर कोइराला?

काठमाडौं। ६-६ महिनामा सरकार परिवर्तन हुने, राजनीतिक अस्थिरता र पाँच वर्षसम्मका लागि जनतासमक्ष गरेको प्रतिवद्धता पूरा नहुने अवस्था भएको भन्दै दुई ठूला दल नेपाली कांग्रेस–एमाले मिलेर सरकार बनाउनुपर्नेमा जोड दिँदै आएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला यतिबेला सरकारको कार्यशैलीलाई लिएर असन्तुष्ट छन्। कांग्रेस-एमाले मिलेर सरकार बनउनुपर्ने सुरुदेखि नै वकालत गर्दै आएका कोइराला यी दुई … Read more

रवीन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्डको सचिवालयको आपत्ति

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रवीन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ। अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन्। ‘हिजो विहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा … Read more

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि खेलाडी छनोट

काठमाडौं। घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ४० खेलाडी छनोट भएका छन्। आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आज खेलाडी छनोट गरेका हुन्। उहाँले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीबाहेक राजधानीमा जारी एन्फा महिला लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन … Read more

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौं। यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए। उनका अनुसार अघिल्लो वर्ष १३ लाखको संख्यामा सर्वसाधारणहरू उपत्यकाबाट बाहिरिएका थिए। प्रवक्ता … Read more