‘प्रसारणलाइनको क्षमता विस्तारमा सरकार लागिरहेको छ’

काठमाडौँ, भदौ ३०-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् उत्पादनसँगै प्रसारणलाइनको क्षमता विस्तारमा सरकार लागिरहेको बताउनुभएको छ ।सुदूरपश्चिम सरोकार मञ्चकोतर्फबाट प्रतिनिधिसभामा दार्चुला र बझाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा विभिन्न राजनीतिक दलले आज बुझाएको ज्ञापनपत्र बुझ्दै ऊर्जामन्त्री खड्काले विद्युत्को प्रसारणलाइनको क्षमता बढाउने गरी सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । “विद्युत् उत्पादनसँगै प्रसारणलाइनको समस्या देशभर छ”, … Read more

माओवादी सांसदले राष्ट्रिय सभा बैठकमै लगाइन् ‘जनयुद्ध’ जिन्दावादको नारा

काठमाडौं- तत्कालीन अवस्थामा नेकपा माओवादी नेतृत्वमा भएको १० वर्ष लामो सशस्त्र संघर्षलाई जनयुद्ध या हिंसा भन्ने विवाद चर्किरहेका बेला राष्ट्रिय सभाको बैठकमा नारा नै लागेको छ ।गत भदौ १३ गतेको प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सचिव एवम् सांसद योगेश भट्टराईले सशस्त्र युद्धलाई हिसा भनेका थिए ।योगेशको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन काम गर्दै माओवादी केन्द्रले … Read more

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि  रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेकी छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरी आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए । भेटमा दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ-आफ्ना … Read more

साउथ सुपरस्टार थलापति विजयको अन्तिम फिल्म घोषणा

काठमाडौं- साउथ सुपरस्टार थलापति विजयको करिअरको अन्तिम फिल्म थालापति ६९ को घोषणा गरिएको छ । शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।‘थलापति ६९’ शीर्षक राखिएको फिल्मलाई सन् २०२५ को अक्टोबर यानिकी २०८२ सालको असोजमा रिलिज गर्ने घोषणा गरिएको छ ।तमिल, तेलुगू र हिन्दी भाषामा बन्न लागेको यो फिल्मबाट विजयले तीन दशक … Read more

अमेरिकाबाट काठमाडौं उत्रिएका वृद्ध विमानस्थलबाटै बेपत्ता

काठमाडौं- एकजना वृद्ध अमेरिकाबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनेबित्तिकै हराएका छन् ।पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर- १ निवासी ७६ वर्षीय दण्डपाणि भुसाल शनिबार राति १० बजेर २५ बजेबाट त्रिभुवन विमानस्थलदेखि बेपत्ता भएका हुन् । भुसालका ज्वाईं मधु वस्तीका अनुसार विमानस्थलमा उत्रिएपछि ससुरासँग भिडिओ संवाद पनि भएको थियो । त्यसपछि भुसाल अचानक गायब भएका हुन् । जहाजबाट … Read more

देशभर साढे नौ हजार जनामा डेंगीको संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं– देशभर साढे नौ हजार जनामा डेंगी संक्रमण देखिएको छ ।  जनवरीयता १३ सेप्टेम्बरसम्म ९ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । यो अवधिमा संक्रमणबाट ६ जनाको मृृत्यु भएको छ । सेप्टेम्बरका १३ दिनमा (१ देखि १३ सम्म) मात्रै दुई हजार ६३३ जना संक्रमित थपिएका छन् … Read more

छायांकनमा निस्कियो ‘होस्टेल ३’, पारस र सिम्रनले दिए मुहूर्त सट

सफल फिल्म ‘होस्टेल’ फ्रेन्चाइजको तेस्रो श्रृंखलाको रुपमा निर्माण हुन लागेको ‘होस्टेल ३’को छायांकन सुरु भएको छ । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा मुहूर्त गर्दै भक्तपुरको बोडेबाट छायांकन थालिएको हो । मुहूर्त सटमा फिल्मका मुख्य अभिनेता पारस बम (कुल ब्वाय) र अभिनेत्री सिम्रन पन्तले छोटो संवाद बोलेका थिए । फिल्मलाई दुई चरणमा छायांकन गरिनेछ । पहिलो … Read more

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

हाइटी– दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते भएका छन् भने केहीको शरीरका अधिकांश भाग जलेको हाइटीको नागरिक सुरक्षा निकायका प्रमुख इमानुएल पियरेले एएफपीसँग बताए । पियरेका अनुसार उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको सङ्ख्या २४ पुगेको … Read more

सहकारी समितिमा प्रतिवेदनमाथि छलफल जारी

काठमाडौं– सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले प्रारम्भिक प्रतिवेदनमाथिको छलफल जारी राखेको छ ।शनिबारबाट प्रारम्भिक प्रतिवेदनमाथि छलफल सुरु भएको हो । प्रतिवेदनमाथि समग्र छलफल गरेर अन्तिम रूप दिने काम भइरहेको समितिको भनाइ छ।संसदीय समितिको सचिवालयले तयार पारेको प्रतिवेदनमा थपघट गरेर अन्तिम रूप दिने काम भइरहेको समितिको तर्क छ । समिति … Read more

कामना सेवा विकास बैंकले १२ प्रतिशत बोनस दिने

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले १२ प्रतिशत बोनस दिने भएको छ ।बैंकले गत आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट बैंकको चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर दिने भएको छ । त्यस्तै चुक्ता पुँजीको ५ प्रतिशत कर सहित ५ प्रतिशत नगद लाभांश दिने भएको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैंकले उक्त बोनस दिने … Read more