सुरु भयो इन्द्रजात्रा

काठमाडौं– उपत्यकामा मनाइने ऐतिहासिक इन्द्रजात्रा पर्व आइतबारदेखि सुरु भएको छ । बसन्तपुर दरबार अगाडि लिंगो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको हो । वर्षा र सहकालका देवताका रुपमा इन्द्रको पूजा गरिने इन्द्रजात्रा काठमाडौं उपत्यकाका साथै काभ्रे दोलखालगायत जिल्लामा पनि मनाइन्छ । नेवारी समुदायले ८ दिनसम्म मनाउने इन्द्रजात्रामा कुमारी, भैरब र गणेशको रथयात्राका साथै विभिन्न देवीदेवताको पूजाआजा गर्नुका साथै … Read more

यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४८ … Read more

ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रिक्टरस्केलको भूकम्प भएको हो । यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो … Read more

सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ ।आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो । यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए । दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक रहेको र ट्रकका चालक र सहचालकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ । … Read more

हाजिरी जवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न

भदौ २९ ,काठमाडौँ। बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर महानगर समितिले महानगरस्तरीय हाजिरी जवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। महानगरको प्रभात माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा हाजिरी जवाफतर्फ १८ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा ब्राइट फ्युचर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। रुद्रायणी मावि दोस्रो भएको थियो भने प्रगति शिक्षा … Read more

एमालेलाई कसरी कमजोर पार्ने भनेर प्रतिक्रियावादीहरु लागेका छन्ः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरेका छन्।नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसंगठन समन्वय संयन्त्रको व्यवस्थापनमा आयोजित ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशालाको आज बुढानीलकण्ठमा उद्घाटन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले … Read more

स्व. न्यौपानेलाई काँग्रेस चितवनले दियो जिउँदो शहिदको उपमा

चितवन: स्व. चन्द्रकान्त न्यौपानेलाई नेपाली काँग्रेस चितवनले जिउँदो शहिदको संज्ञा दिएको छ । उहाँले पार्टीमा पु¥याएको योगदानका कारण उहाँको निधन भए पनि सबैको मनमा जीवित रहन सक्नुभएको काँग्रेस चितवनका नेताहरुले बताएका हुन । स्व. न्यौपानेको १२ औं स्मृति सभामा बोल्ने काँग्रेसका केन्द्रीय सदस्य देखी जिल्लाका पूर्ब सभापतिहरुले उहाँले पार्टी र समाजमा पु¥याएको योगदानको चर्चा गर्दै … Read more

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते

ढोरपाटन – बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार  पुनः निर्माणका क्रममा एक्कासि घर भत्किँदा काम गरी रहेका घर धनी विकसहित अन्य ११ जना मजदुर … Read more

ललितपुरको कुपण्डोलमा भासियो सडक (तस्बिरहरू)

ललितपुर । ललितपुरको कुपण्डोलमा शनिबार प्रमुख सडक भासिएको छ । भासिएको सडकबाट ठुलो पानी बगिरहेको थियो । के कारणले सडक भासिएको भन्ने खुलेको छैन । वर्षा नभएको बेला सडक भासिनुले मेलम्चीको पाइप फुटेर सडक भासिएको हुन सक्ने आशंका गरिएको छ । सडकमा बगेको पानीले यातायातसमेत प्रभावित भएको छ । पानीको बहावका कारण केही बाइकहरुसमेत लड्न पुगेका थिए … Read more

माइतीघरमा निकालियो अर्धनग्न जुलुस, तस्बिरहरू

काठमाडौँ । दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै शनिबार माइतीघरमा अर्धनग्न जुलुस निकालिएको छ । वर्तमान सरकारमा समेत प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले आज अर्धनग्न जुलुस निकालेका हुन् । करिब एक दर्जन प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म पुगेर प्रदर्शन गरेका छन् । उनीहरूले दलितलाई समान अवसर नभएको भन्दै विभिन्न नारा समेत … Read more