साफा यु-२० : नेपालले भुटानसँग सेमिफाइनल खेल्ने

काठमाडौँ । साफा यु२० च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा भुटानको सामना गर्ने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न समूह बी को खेलमा भारतले माल्दिभ्सलाई भारतले ०-१ गोलले पराजित गरेसँग नेपालले भुटान प्रतिस्पधी पाएको हो। नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने भुटान समूह बी बाट उपविजेता बनेको हो। समूह ए को उपविजेता बंगलादेशले सेमिफाइनलमा समूह … Read more

संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छः राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताएका छन्।जयतु संस्कृतम् संस्थाले शीतल निवासमा आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्व विश्वव्यापी हुँदै गएको पुष्टि हुने बताए।उनले संस्कृत अमृत भाषा भएको उल्लेख गर्दै यसभित्र अमर … Read more

चितवनमा गुडिरहेको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टियो, १९ जना घाइते

भरतपुर,चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ । आज (शुक्रबार) दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको … Read more

मर्स्याङ्दी नदीमा बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी

दमौली- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो ।पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो । बसमा भारतीय पर्यटकहरु सवार थिए । प्रहरीका अनुसार दुर्घटनास्थलबाट … Read more

सिंहदरबारभित्रै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी आन्दोलित

काठमाडौँ, सरकारी सवारी साधन चलाउने ड्राइभरको जीवन बिमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु आन्दोलिन भएका छन् ।शुक्रबार सिंहदरबारमा सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त सङ्घर्ष समितिले जीवन बिमाको माग गर्दै आन्दोलन गरेको हो ।उनीहरुले सरकारले आफ्ना मागहरु पूरा नगरे आन्दोलनलाई अझै बढाउँदै जाने बताएका छन् । सङ्घर्ष समितिका उपाध्यक्ष … Read more

मर्स्याङ्दीमा खसेको बसका सबै यात्रु भारतीय, २ दिनअघि आइपुगेका थिए पोखरा

तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बसमा सवार सबै यात्रु भारतीय भएको खुलेको छ। कास्की प्रहरी प्रमुख मोहन थापाका अनुसार, उनीहरू भारतको गोरखपुरबाट नेपाल आएका थिए। गत भदौ ५ गते (दुई दिनअघि) उनीहरू गोरखपुरबाट पोखरा आएका थिए। उनीहरू पोखरास्थित मझेरी रिसोर्टमा बसेका थिए। बुधबार र बिहीबार उक्त रिसोर्टमा बसेर … Read more

मर्स्याङ्दीमा नदीमा खस्यो यात्रुबहाक बस

काठमाडौं । मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ। पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्डस्थित तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट बस खसेको हो ।तनहुँ प्रहरीका डीएसपी दीपककुमार रायले जानकारी दिएअनुसार शुक्रबार बिहान साढे ११ बजे भारतीय नम्बर प्लेटको यात्रुबहाक बस खसेको हो । तनहुँ प्रहरीका अनुसार हाल घटनास्थलमा प्रहरी टोली पुगेको छ। डोरी लगाएर उद्धार गर्न थालिएको उनले जनाए । … Read more

गुल्मीमा ८६ प्रतिशत राजस्व संकलन

गुल्मी, करदाता सेवा कार्यालय गुल्मीले गत आर्थिक वर्ष २०८०–८१ मा लक्ष्यको ८६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कारदाता सेवा कार्यालयले ४६ करोड ४४ लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३९ करोड ८५ लाख ३३ हजार रुपियाँ मात्र राजस्व संकलन गरेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख कर अधिकृत सुरज बस्यालले जानकारी दिनुभयो । कर अधिकृत … Read more

बाढीले कञ्चनपुरमा चारजनाको मृत्यु, करोडौंको क्षति

कञ्चनपुर। असार तेस्रो साताको बाढीबाट जिल्लामा एक अर्ब ५० करोडको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा उक्त रकम बराबरको क्षति भएको हो। “बाढी र डुबानबाट भएको क्षतिको मूल्यांकन गरेर यहाँका कार्यालयहरुलाई विवरण पठाउन भने बमोजिम हामीलाई क्षतिको विवरण प्राप्त भएको छ। जिल्लाभर एक अर्ब ५७ करोड १० … Read more

सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने

काठमाडौं। सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ। लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीमा नाम जोडिएको र गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए। लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि … Read more