सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ। आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धा मा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो। जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो। उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा … Read more

नेपालगञ्ज आइसिपीलाई प्रभावकारी बनाउन पहल गर्छुः अध्यक्ष प्रचण्ड

बाँके। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज एकीकृत जाँचचौकी (आइसिपी)लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका छन्। माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय आन्तरिक प्रशिक्षणका क्रममा नेपालगञ्जमा रहेका उनले साेमबार बिहान नेपालगञ्ज आइसिपीको स्थलगत अवलोकन गर्दै भने, “गौरव गर्न लायक संरचना निर्माण भएको छ, यसलाई प्रभावकारी बनाउन हामी सबै लाग्नु पर्दछ।” आइसिपी … Read more

एमालेबाट गण्डकीमा चार जना मन्त्री बन्दै

पोखरा। गण्डकी प्रदेशमा एमाले सरकारमा जाने तयारीमा रहेको छ। कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबण्डा नमिल्दा एमाले सरकारमा गएको थिएन। तर अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा जाने भएको हो। एमालेले गण्डकी सरकारमा ४ मन्त्री पठाउने भएको छ। एमालेले नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश … Read more

मैयादेवी कन्या कलेजले गर्यो दुई सय छात्रालाई सम्मान

चितवन । चितवनको भरतपुर–१० मा रहेको मैयादेवी कन्या क्याम्पसले दुई सय जना भन्दा बढी पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टंकनाथ पौडेलकाअनुसार कलेजमा अध्ययन गरी विभिन्न क्षेत्रमा सेवारत पूर्वविद्यार्थीहरुलाई आइतबार सम्मान गरिएको हो । मैयादेवी कन्या क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु स्थानीय जनप्रतिनिधिदेखि सङ्घीय सांसद, निजामती कर्मचारी, शिक्षण पेसा, कानुन व्यवसाय, पत्रकारिता एवम् … Read more

आज बावुको मुख हेर्ने दिन गोकर्णेश्वरमा पिण्डदान र सिदादान गर्नेको घुइँचो

काठमाडाैं। आज कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन। उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेकाे छ। यसैले आजको औंसीलाई गोकर्णे औंसीका नामले पनि चिनिन्छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ। ‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना … Read more

काठमाडौँको गोकर्णमा भक्तजनहरूको घुइँचो

काठमाडौँ , भदौ १७। काठमाडौँ को उत्तरपूर्वमा अवस्थित गोकर्णमा आज भक्तजनहरुको घुइचो लागेको छ। बुवाको मुख हेर्ने दिन भएकोले आज महत्वपुर्ण तीर्थस्थलको रुपमा श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ । उत्तरगया धामको नामबाट समेत परिचित गोकर्णमा तीर्थ श्राद्ध गर्नाले दिवंगत पितृले मोक्ष प्राप्त गर्छन् भन्ने जनविश्वास छ। तीर्थ श्राद्ध नगर्नेहरूले पनि गोकर्णमा गएर पितृ तर्पण दिने, … Read more

बालकुमारी पुलबाट हामफालेकी किशोरीको खोजीकार्य सुरू

ललितपुर , भदौ १७। आइतबार साँझ पौने ७ बजे ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित पुलबाट मनोहरा खोलामा हामफालेकी १९ वर्षीया अञ्जली शर्माको खोजी सोमबार बिहानबाट पुनः सुरू गरिएको हो। आइतबार अबेरसम्म खोजी गर्दा पनि उनी भेटिएकी थिइनन्। सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उनको खोजी गर्न २३ जनाको टोली परिचालन गरिएको छ। नम्बर २१ दक्षिणकाली गणबाट … Read more

आज संसदका चार समितिको बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ । आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै छ । आज अर्थ समिति, शिक्षा समितिको बैठक बस्दै छ । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायाँ व्यवस्था समितिको बैठक पनि बस्दै छ भने संयुक्त संसदको संसदीय सुनुवाई समितिको बैठक पनि बस्दै छ । आज बिहान ९ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो … Read more

भरतपुरको आँपटारीमा रुख ढल्दा नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध

भरतपुर:  चितवनको भरतपुर महानगरपालिका वडा नम्बर एक स्थित आँपटारीमा ठूलो रुख ढलेर नारायणगढ-मुग्लिङ सडकखण्डको सवारी आवागमन अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालका अनुसार केही बेर अघि राजमार्गमा रुख ढलेर सडक अवरुद्ध भएको हो। सडक खुलाउन अझै ३० मिनेट लाग्ने उनले जानकारी दिए।

कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ। यही भदौ ११ गते बस्ने भनिएको बैठक आज अपरान्ह २ बजेदेखि बस्ने भएको हो। सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गरेको प्रस्ताव बारे विवाद भएपछि आजको लागि बैठक बोलाइएको छ। यस अघि शनिबार बुढानिलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरुबीच भएको छलफलमा महामन्त्रीद्वयका … Read more