निरन्तरको वर्षाले भरतपुर विमानस्थलका उडान प्रभावित

चितवन,प्रतिकूल मौसमका कारण भरतपुर विमानस्थलका उडान प्रभावित भएका छन् । मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाका कारण मौसम प्रतिकूल हुँदा विमानस्थलका उडान प्रभावित भएको हो ।विमानस्थलका अनुसार उडान प्रभावित भएसँगै हवाइ यात्रुहरु समस्यामा परेका छन् । निरन्तरको वर्षाका कारण भरतपुरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा गरी … Read more

अविरल वर्षाका कारण कान्तिलोकपथ अवरुद्ध

पाटन (ललितपुर), । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ ।भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको छ । बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एकजना मोटरसाइकल चालक घाइते भएका छन् ।

एमालेमा अध्यक्ष ओली निकटलाई छानीछानी दोहोरो जिम्मेवारी

काठमाडौं। मिसन ८४ को लक्ष्य लिएको नेकपा एमालेले तत्कालै सरकारको नेतृत्व गर्ने अवसर पाएपछि यतिबेला मिसन ८४ अलपत्र परेको छ। गत निर्वाचनमा दोस्रो दलमा सीमित भएपछि नेकपा एमालेले आगामी निर्वाचनमा सरकारको नेतृत्व गर्ने गरी मिसन ८४ अभियान संचालन गरेको थियो। तर त्यस अघि नै सरकारको नेतृत्व गर्ने अवसर पाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू … Read more

२०८१ साल साउन २२ गते मंगलवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनेछ । कष्टकर यात्राका साथै … Read more

नेपालमा केही भएन भन्ने भाष्य द्रूतमार्गले खण्डन गरेको छ: प्रधानमन्त्री ओली

बकैया (मकवानपुर),प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्वपूर्ण कार्य भएको बताउनुभएको छ । राष्ट्रिय गौरवको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट ट्रयाक_स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल सुरुङ युगसगैँ नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त गर्नुभयो ।प्रधानमन्त्री ओलीले भन्नुभयो, “विगतमा … Read more

विदेशमा बसेर फेसबुक ह्याक गरी ब्ल्याकमेल गर्ने नेपाल फर्केपछि पक्राउ

काठमाडौँ । विदेशमा बसेर महिलाको फेसबुक ह्याक गरी ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर १ स्थायी घर भएका ३५ वर्षीय सन्दीप थापा मगर रहेका छन् ।वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेका मगरले पीडित महिलाको फेसबुक ह्याक गरी उक्त म्यासेन्जरमा पीडित र पीडितको श्रीमान् बिच भएका … Read more

बंगलादेशको राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरीले कोशी प्रदेशका क्षेत्रमा बढायो सतर्कता

बंगलादेशको राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरी बल नेपालले कोशी प्रदेशका सीमा क्षेत्रमा सतर्कता बढाएको छ।सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्। उनी भारततर्फ गएको दाबीसहित खबर आएका छन‍्।उनले देश छाडेसँगै त्यहाँ अन्तरिम सरकार बनाउने तयारी चलिरहेको छ।यसैबीच सशस्त्र प्रहरी बलले बंगलादेशसँग नजिक रहेका सीमा क्षेत्रमा सुरूक्षा सतर्कता बढाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता … Read more

बंगलादेशमा राजनीतिक संकट : अन्तिरम सरकार बनाउने तयारी

काठमाडौँ – बंगलादेशका सेना प्रमुख वकार–उज–जमानले राष्ट्रलाई सम्बोधन गर्ने भएका छन्।विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री शेख हसिना देश छोडेर भारत भागेपछि सेना प्रमुख जमानले राष्ट्रलाई सम्बोधन गर्न लागेका हुन्। उनले अहिले राष्ट्रलाई सम्बोधन गरिरहेका छन्।जमानले अन्तिरम सरकार गठन हुने बताउँदै सेनामाथि विश्वास गर्न आग्रह गरेका छन्। सम्बाेधनका क्रममा उनले प्रदर्शनका क्रममा भएका सबै हत्याका घटनाहरूकाे छानिबन हुने बताए।सेना … Read more

सुदूरपश्चिममा एमालेका तीन मन्त्री, एक राज्यमन्त्री

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आजै मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । त्यसका लागि सत्ता साझेदार दलबाट मन्त्रीमा सहभागी गराउन नाम मागेका छन् । शाह नेतृत्वको सरकारमा नेकपा एमालेबाट तीन मन्त्री सहभागी हुने भएका छन् । एमालेले आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाएको छ । … Read more

भोलिदेखि पुनः मनसुन सक्रिय हुँदै, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज मनसुन विशेष तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली … Read more