जीतपुरमा खुल्यो दि बियर्ड सपको शाखा

बारा, असोज १२ गते । बाराको जीतपुरमा दि बियर्ड सपको शाखा संचालनमा आएको छ । नेपालकै चर्चित सनुलको रूपमा स्थापित दि बियर्ड सपले शुक्रबारबाट जीतपुरमा आफ्नो शाखा संचालनमा ल्याएको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिविन काटेर दि वियर्ड सपको जीतपुर शाखाको उद्घाटन गर्नुभएको हो । करिब २० लाखको लगानिमा … Read more

बारामा अति विपन्न दलित परिवारहरूलाई सुबिधा सम्पन्न घर हस्तान्तरण

बारा, असोज १२ गते । बारामा अति विपन्न दलित परिवारलाई सुबिधा समपन्न घर हस्तान्तरण गरिएको छ । जिल्लाको  जीतपुरसिमरा उपमहानगरपालिकावडा नम्बर ६ नागौलाका अति विपन्न दलितहरुले निःशुल्क आवास(घर) पाए हुन् । प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिले आफ्नो निजि लगानीमा जीतपुरसिमरा–६ मा अवास निर्माण गरि २० जनाअति विपन्न परिवारलाई हस्तान्तरण गरेको हो … Read more

तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल : आज अन्तिम सेमिफाईनल खेलमा पर्सा र काठमाडौं भिड्दै

बारा, असोज १२ गते । बाराको सिमरामा जारी तेश्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० अन्र्तगत आज अन्तिम सेमिफाईनल खेल हुदैछ । अन्तिम सेमिफाईनल खेल युनिटि भेट्रान क्लब पर्सा र फ्रिडम फाईटर क्लब काठमाण्डौबिच हुनेछ । सिमरा रंगशालामा हुने दुई टिमबिचको अन्तिम सेमिफाईनल खेल साझ ५ बजेपछि शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा ईन्द्रेणी … Read more

जीतपुरमा श्री दुर्गा पुजा धुमधामका साथ आयोजना हुन्छ: अध्यक्ष साह

बारा, असोज १२ गते । बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नंम्बर–७ जीतपुरमा श्री दुर्गा पुजा आयोजना हुने भएको छ । जीतपुरमा वर्षौ देखि दशैको अवसरमा आयोजना हुदै आएको दुर्गा पुजालाई यस वर्ष पनि निरन्तर्ता दिदै धुमधामका साथ आयोना गर्न लागिएको हो । आफ्नो सँस्कृति जोगाउन जीतपुरमा दुर्गा पुजा आयोजना गरिदै आएको श्री दुर्गा पुजा समिति जीतपुरका … Read more

४ किलो सुनसहित ३ जना पक्राउ

काठमाडौं, असोज ११- दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। चीनबाट अवैध रूपमा ल्याएको चार किलो सुनसहित ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (एआइजी) किरण राणाले जानकारी दिइन्। उनले भनिन्, ‘बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले ४ केजी सुनसहित ३ … Read more

अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल : चावहिल स्पोर्टसलाई स्तब्द पार्दै आयोजक फाईनलमा प्रवेश

बारा, असोज ११ गते । आयोजक सिमरा भेट्रान क्लब बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाईनलमा प्रवेशगरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा चावहिल स्पोर्टस क्लब काठमाण्डौलाई ३–२ गोल अन्तरलेपराजित गर्दै आयोजक प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । आयोजकको जितमा गोपि प्रसाद भट्टले २ र मित्रबहादुर बस्नेतले … Read more

बारामा धुमधामका साथ मनाईयो ४४औं विश्व पर्यटन दिवस

बारा, असोज १० गते । बारामा विभिन्न कार्यक्रमको आयोजना गरि ४४औं पर्यटन दिवस धुमधामका साथ मनाइएको छ । बारामा रहेका पर्यटकिय गन्तव्यकोप्रबर्धन गर्न विभिन्न कार्यक्रमको आयोजना गरिएको हो । नाटा मधेस प्रदेश, होटेल तथा पर्यटन व्यवसायी संग बारा, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको संयुक्त आयोजना रजीतपुरसिमरा उपमहानगरपालिका र पर्सा राष्ट्रिय निकुञ्जको सहयोगमा कार्यक्रमको आयोजना गरिएको … Read more

बाराको पचरौतामा गोली प्रहार गरी एक व्यक्तिको हत्या

बारा, असोज ०९- बारा जिल्लाको पचरौतामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । मंगलबार साँझ पचरौता नगरपालिकाको पकडिया टोलमा अपरिचित समूहको गोली प्रहारबाट एक व्यक्तिको मृत्यु भएको हो। बेलुका अन्दाजी ६ बजेको समयमा पकडिया टोलमा रहेको पोखरी छेउमा पहिचान खुल्न नसकेको एक व्यक्तिको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। स्थानीयहरुका अनुसार एक … Read more

नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

काठमाडौं, असोज ९- नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ … Read more

अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल: चितवन र चावहिल स्पोर्टस विजयी

बारा, असोज ९ गते । बाराको सिमरा रंगशालामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० मा चितवन भेट्रान फुटबल क्लब र चावहिलभेट्रान क्लबले विजयी शुरुवात गरेको छ । सोमबार सिमरा रंगशालामा भएको दोश्रो खेलमा चितवन र चावहिल भेट्रानले विजयी भएकोहो । पहिलो खेलमा विरगञ्ज युथ एकेडेमी पर्सालाई १–० गोल अन्तरले पराजित गर्र्दै चितवनले विजयी … Read more