एनआरएनए जर्मनीद्वारा निःशुल्क नेपाली भाषा कक्षा सञ्चालन
गैरआवासीय नेपाली संघ एनआरएनए जर्मनीले निःशुल्क नेपाली भाषा कक्षा सञ्चालनको सुरूआत गरेको छ। हरेक आइतबार दुई वटा कक्षा सञ्चालन भइरहेको छ। एनआरएनए जर्मनीको भाषा तथा बालबालिका संयोजक सुनिता राईले हरेक आइतबार जुममार्फत् दुई वटा कक्षा सञ्चालन गर्दै आएकी हुन्। जसमा ४५ जनाभन्दा बढी बालबालिका सहभागी छन्। राई जर्मनीको ह्याम्बर्गमा जर्मनी स्कुलमा विगत ८ वर्षदेखि कार्यरत छन्। विदेशमा … Read more