खुल्यो पहिरोले अवरूद्ध बनेको अरनिको राजमार्ग
पहिरोले अवरूद्ध बनेको अरनिको राजमार्ग खुलेको छ। गएराति साढे ९ बजे काभ्रे पाँचखाल नगरपालिका-८ ५० किलो स्थित सडकमा पहिरो खसेको थियो। पहिरो खसेर अन्दाजी १२० मिटर देखि १५० मिटर सडक अवरूद्ध बनेको थियो। मंगलबार दिउँसो सवा २ बजे पहिरो पन्छ्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। अहिले सडक दुबै तर्फ सञ्चालनमा आएको छ।