याे साता प्रतितोला २६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । यो साता सुनको मूल्य ह्वात्तै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले गत साताको तुलनामा यो साताको शुक्रबार सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँ बढेर कारोबार सुरु भएको जानकारी दिएको हो । गत साता शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै तेजाबी … Read more

स्राेत नखुलेको भारतीय रुपैयाँ र चरेशसहित तीन जना पक्राउ

काठमाडौं सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले २ लाख ५ हजार ६ सय भारतीय रुपैयाँसहित भारत घर बताउने अन्दाजी ३६ वर्षीय सत्येन्द्र कुमारलाई नियन्त्रणमा लिएको छ । बिआर २८ एडी ९२५८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनको साथमा भारतीय नोट फेला परेको हो । त्यस्तै असार १८ गते सोही गुल्मले करीव १० … Read more

उपत्यकाका नदीमा बहाव बढेपछि करिडोरमा प्रहरी गस्ती

काठमाडौँ, अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।” … Read more

पहिरोले अवरुद्ध हेटौँडा–काठमाडौँ– दक्षिणकाली सडक खुल्यो

हेटौंडा । अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा यातायात खुलेको छ । वर्षासँगै खसेको पहिरो हटाएपछि पछि सडकमा यातायात पुनःसञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पहिरो खस्दा गएरातीदेखि सो सडक अवरुद्ध भएको थियो । शुक्रबारदेखिको अविरल … Read more

नारायणी नदीमा आएको बाढीले देवघाटमा नाघ्यो चेतावनी तह

चितवन । नारायणी नदीमा आएको बाढीले देवघाटमा चेतावनी तह नाघेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देवघाट जलसतह मापन केन्द्रमा नारायणीले चेतावनीको तह नाघेको हो । यहाँ जलसतह ७.३४ मिटर पुगेको छ । ७.३ मिटरदेखि ९ मिटरसम्मको जलसतहलाई चेतावनीको तह मानिन्छ । ९ मिटर भन्दा माथि पुगे खतराको तह मानिन्छ ।  नारायणी नदीको … Read more

पाकिस्तानमा सडक दुर्घटनामा एक परिवारका ७ जनाको मृत्यु

उत्तरपश्चिम पाकिस्तानमा भ्यान खाल्डोमा खस्दा ७ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको हरिपुर जिल्लामा एउटा भ्यान खोलामा खस्दा एकै परिवारका सात जनाको मृत्यु भएको हो। यात्रुवाहक भ्यान तिब्र गतिका कारण क्रममा खाल्डोमा खसेर दुर्घटना भएको उद्धार सेवाले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै उद्धारकर्मीहरू घटनास्थलमा पुगेर घाइतेहरूलाई अस्पताल … Read more

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

काठमाडौँ ।   अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् । सिद्धार्थ राजमार्ग अवरुद्ध  वालिङ ९स्याङ्जा० स् अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर … Read more

भोटेकोशीको ढलानमा पुरिएका दुई मजदुर मृत भेटिए

चौतारा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ। गएराति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिएा हुन्।आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहेका छन्। उनीहरुको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी … Read more

हनुमन्तेको बाढीले डुबान, उच्च सतर्कता अपनाउन आग्रह

विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ ।भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ … Read more

जुम्लामा कल्भर्ट भत्काउने क्रममा एक कामदारको मृत्यु, तीन जना घाइते

सुर्खेत, जुम्लाको पातारासी गाउँपालिकामा कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ । पातारासी गाउँपालिका-१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु हुँदा तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका जुम्लाका सुचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दले पुल भत्किँदा च्यापिएर पातारासी गाउँपालिका-१ का ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएकोजानकारी … Read more